March 2007


नेपाल डायरी @8:30

हिजो बेलुका बलुवाटार मा बैठक सकी बहिर निस्केर नेताहरुले मन्त्रालय भगबण्डामा कुरा मिलेको बताए पछि धेरैलाइ लगेको थियो ४ महिना देखि को जुङ्गा को लंडाइ सकिएको छ। तर आज दिनभरी आठ पर्टीका नेता हरु आन्तरीम सरकार त गठन गर्नु कता हो कता लाजै लाग्ने गरी नौटङ्गी गर्नै ब्यस्त रहे। बिहानै ९ बजे नै आठपार्टीका शिर्ष नेताहरु बिच बैठक बसि मन्त्रीहरुको नाममा अन्तिम टुङो लगाइ ११ बजे बस्ने अन्तरिम संसदले घोसणा गर्ने बताइए पनी न त आठपार्टीको बैठकमा मन्त्रीहरुको टुङो लाग्यो न त अन्तरिम संसद को बैठक बस्न सक्यो।

(more…)

अपडेट, नेपाल डायरी @ 6:10

एमाले र काग्रेश बिच प्रधानमन्त्री पछि बरिष्ठ क्रम मा को रहने भन्ने बिबाद बढेपछि ५ बजे शुरु भएको ८ दलको बैठक पुन भोलि बिहान ८ बजे सम्मको लागि स्थगीत भएको छ। एमाले ले साहाना प्रधान लाइ प्रधान मन्त्री पछि बरिष्ठ मन्त्री बनाउनु पर्ने र काग्रेशले रामचन्द्र पौडेल लाइ दोश्रो रोलक्रममा रख्नु पर्ने अडान राखे पछि आज पनी अन्तरीम सरकार नबन्ने भएको छ।
अपडेट
एमाले ले शिक्षा मन्त्री मा शिफारीस गरेका भिम रावल ले उक्त मन्त्रालय सम्हाल्न अस्विकार गरेपछि एमाले ले शिक्षा मन्त्री मा मोहन सिंह राठौर लाइ सिफारीश गरेको छ। अहिले ५ बजे आठ दलका शिर्ष नेता हरुको बैठक बलुवटारमा शुरु भएको छ।

अपडेट

आज बिहान १० बजे आठ दलका शिर्ष नेता हरु बिच मन्त्रीहरुको अन्तीम नामावली तयार पार्न बलुवाटार मा बैठक बस्ने भनिए पनी जनमोर्चाले मन्त्रीमण्डल भगबण्डमा आफ्नो असहमती जनाएपछि बैठक २ बजे सम्मका लागि स्थगीत भएको मा हाल सम्म पनि बस्न सकेको छैन।जनमोर्चा नेपाल ले हिजो भएको भगबन्डा आफुहरुको सहमती बेगर भएको बताउँदै भागबण्डा प्रती असहमती जनाएपछि आठ दलको बैठक बस्न नसकेको हो।बिहान ११ बजे बस्ने भनीएको संसदको बैठक पनि मन्त्रीमनण्डल लो अन्तिम नमवलि तयार नभएको ले अहिले सम्म शुरु भएको छैन। उता एमाले ले परराष्ट्र मन्त्रीको लागि सिफरिश गरेको साहाना प्रधान को नाम मा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले असहमती जनाउनु भएको खवर आएको छ। एमाले ले प्रधानमन्त्री पछि बरीष्ठ क्रममा प्रधानको नाम सिफरीश गरेको मा प्रधानमन्त्री ले आफु पछि काग्रेस कै मन्त्री राख्न चाहेपछि बिबाद बढेको हो। एमाले ले भने प्रधान को नाम अस्विकार गरीए सरकार मा नजाने धम्कि दिएको छ।

नेपाल डायरी @ 11:00

माओबादी सहितको आठ दल सम्मिलित अन्तरीम सरकार निर्माण गर्ने सहमति भएको ४ महिना पछि अन्तन:आज शनिवार अन्तरीम सरकार बन्ने भएको छ। बिगत केहि महिना देखि अन्तरिम सरकार गठन गर्ने कुरालाइ लिएर नेपालि राजनितिमा भैरहेको “जुंगा को लडाइ ” हिजो बसेको आठ दलका शिर्ष नेता हरु बिचमा मन्त्री पदको “भागवण्डा” मिलेपछि अन्तरीम सरकार बन्नेभएको हो। आज ११ बजे बोलाइएको अन्तरीम संसद को बैठकमा प्रधान मन्त्री गिरिजा प्रसाद कोइराला ले राजिनामा दिएपछि अन्तरीम संसदले पुन:उनलाइ प्रधानमन्त्री मा सर्वसम्मत प्रस्ताब गरेपछि प्रधान मन्त्री गिरिजा प्रसाद कोइराला ले २६ सदस्य अन्तरीम सरकार घोसणा गर्नुहुने छ र आजनै मन्त्रीमण्डलका सदस्यहरुले शपथ गर्ने बताइएको छ।

(more…)

नेपाल डायरी @ 8:30

मधेशि जनअधिकार फोरम को समर्थन गर्दै भारतिय नागरीक हरुको एक समुहले नेपाल भारत सीमा मा नाकाबन्धि गरेको समचर प्राप्त भएको छ। बिराटनगर सङ सिमा जोडिएको जोगबनी नाकमा भारतिय नागरीक हरुको सिमा जागरण मन्चले हिजो नेपाल भारत बिचका सम्पुर्ण आयत निर्यात ठप्प पारी नाकाबन्धि गरेको थियो। उनीहरु ले फोरमका सबै किसिमका आन्दोलन प्रती ऐक्यबद्ध्यता जनाउँदै नेपाल सरकार माथि फोरम लाइ प्रतिबन्ध नलगाउन दबाब दिए रे। उक्त कार्यक्रममा त्यस संगठनका नेता हरुले,उनीहरुले यसअघि देखि नै फोरम लाइ सहयोग गर्दै आएको र भबिष्यमा समेत सहयोग गर्ने बतएका थिए। फोरम का यसअघिका हरेक घटनामा अफुहरुले सहयोग गरेको बताएपछि गौर घटनामा समेत भारतीय हरुको संलग्नताको पुष्टि गर्दैन र?

(more…)

नेपाल डायरी @ 8:00

रायामाझि आयोगको सिफारिस को आधारमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्व प्रधानसेनापती प्यारजङ थापा लाइ भ्रष्टचार को आरोप मा बयान दिन पत्र काटेको छ। अख्तियार ले थापालाइ शाहि शसनकाल का बेला २ करोड भ्रष्टचार गरेको आरोपमा बयान दिन बोलाएको हो। आयोग ले पत्रमा थापा लाइ बाटाको म्याद बाहेक ७ दीन भित्र बयानको लागि उपस्थित हुन भनेको छ। जनाअन्दोलन २ को सफलता पश्चात बनेको सरकारले जनआन्दोलन दबाउन भुमिका खेलेका दोषिहरुलाइ कारवाहिको सिफारिष गर्न बनाएको रायामाझि अयोग ले आन्दोलन दबाउन खर्च गर्न तत्कलिन सेनापति थापा ले एकै दिन मा १२५ वटा चेक काटेको तथा २ करोड खर्च गरेको ले करवाही सिफरीस गरेको जनाइएको थियो। यध्यपि सरकारले सो प्रतिबेदन सर्वजनीक गरेको छैन।

(more…)

नेपाल डायरी डट कम @ 6:15

बिभिन्न मानवअधिकारवादी संस्था हरुले गौर घटनाको स्थलगत अध्ययान गरी मधेसी जनअधिकार फोरम का कर्यकर्ता द्वारा एकपक्षिय रुपमा तथा अत्यन्त पाश्वीक ढङ्गले २९ माओबादीको नरसंहार गरेको बताइ रहेको बेला मधेसी जनअधिकार फोरम ले भने माओबादीले सो घटना घटाएको बताएको छ। आज मधेसी जनअधिकार फोरम को अध्यक्ष उपेन्द्र यादब ले एक बिज्ञप्ति प्रकशीत गर्दै सो घटना माओबादीको योजना अनुसार भएको बताएका छन। बिज्ञप्तीमा फोरमले घटना को जिम्मेवारी प्रचण्ड तथा गृहमन्त्री कृष्ण सिटौला ले लिनुपर्ने तथा संयुक्त राष्ट्र संघ सम्मिलीत उच्चस्तरीय आयोग बनाएर घटनाको छनबिन गर्न समेत माग गरेको छ। (more…)

नेपाल डायरी @ १०:१५

मधेशी जनअधिकार फोरम का नाममा रौतहटको गौर मा २९ जनाको नरसंहार गराएको केहि दिन नबित्दै हिन्दु अतीबादीहरुले हिजो पर्सा र मोरङ मा बम बिष्फोट गराएका छन। नेपाल डीफेन्स आर्मीको नाममा हिन्दु अतीबादीहरु नेपाल लाइ पुन: हिन्दु राज्यको घोसणा गर्नुपर्ने भन्दै नेकपा एमालेको पर्सा जिल्ला पार्टी कर्यालयमा हिजो बम बिष्फोट गराएका छन। त्यस्तै सोही समुहले हिजै बिराटनगर स्थित कान्तिपुर पब्लिकेसनको क्षेत्रीय कर्यालय र सुनसरीको टंकीसुनवारी स्थित म्याक डोएल्स कम्पनी मा पनी बम बिष्फोट गराएका छन। (more…)

नेपाल डायरी डट कम @ 10:05

संसदको वैठकले गौर घटनाका सम्वन्धमा माओबादी द्वारा पेश गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ सर्बसम्मतीले पारित गरि सो घटनालाई घोर निन्दा र भर्त्सना गर्दै उच्चस्तरीय राजनितिक छानविन आयोगलाई पुनर्गठनका लागि सरकारलाई कडा निर्देशन दिइएको छ ।यस अगि सरकारले बनाएको समितिलाइ माओबादी हरु ले मान्यता नदिने भने पछि सरकार ले बनाएको समिति लंगडो भएको थियो । माओवादीका नेता कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा घटनामा मृत्यु भएकाहरुलाई उचित क्षतिपुर्ती दिन, घाइतेहरुलाइ सरकारको तर्फवाट उपचार गराउने ब्यबस्था गर्न तथा घटनाका दोशि हरुलाइ कडा कारवाहिका लागि निर्देशन दिइएको छ । नेपालको सिमाक्षेत्रमा वढदो अपराधलाई ध्यान दिंदै आबश्यक सुरक्षा संयन्त्र अपनाउन तथा नेपाली सार्वभौमसत्ताको रक्षको लागि आबयक कदम चाल्न पनि सो बैठक ले सर्कारलाइ निर्देशन दिइएको छ । माओवादी प्रतिकार समितिका नाममा विगतको शाहि सरकार ले बितरण गरेका हतियार गौर घटनामा प्रयोग भएको वताउँदै ती हतियार तत्काल जफत गर्न सरकारलाई निर्देशन दिइएको छ । यस अगि माओबादी ले गौर घटनामा प्रतिकार समिति को नाम मा तत्कालिन शाहि सरकार ले बाडेका हतियार प्रयोग भएको भन्दै सरकार समक्ष उक्त हतियार जफत गर्न दबाव दिदै आएको थियो ।

(more…)

नेपाल डायरी डट कम @ 3:00

अपडेट :-पक्राउ पर्नेहरुमा राम जनम दास, रघुनाथ महतो, बब्लु राउत, ओयनाथ राउत, लालबाबु पासवान र बिनोद राउत छन । प्रहरी ले उनिहरु बाट केहि हतियार समेत बरामद गरेको जनाएको छ । उनिहरुलाइ सदरमुकाम गौर र सिरसिया गाबिस बाट पक्राउ गरीएको हो ।
अपडेट :- यसै बिच प्रहरी ले रौतहट घटना का ६ जना दोसि हरुलाइ अहिले भर्खर पक्राउ गरेको जानकारी दिएको छ ।

गौरमा बुधबार भएको घटनामा संलग्न भागेर सिमापारी भारत् गएका हरुलाइ पक्राउ गर्न भारतीय सुरक्षा अधिकारीले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय गौर् मा हिजो भएको बैथक् मा भारतको सीतामाढी जिल्लाका डीएम सुमन कुमार, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक किरण गौतम तथा गौरका प्रमुख जिल्ला अधिकारी माधव ओझालगायतको संयुक्त बैठक पछि उक्त कुरा बताएको हो ।

तर मलाइ भने भारतीय प्रहरिले दोशि प्रक्रन सहयोग गर्लान भन्ने कुरामा भने संकै लाग्छ । आज सम्म भारत ले राम्रो कुरामा कहिले पो नेपाल लाइ सहयोग गरेको छ र? अर्को कुरा आफ्नै आखा अगाडी यत्रो नरसंहार (हे.भिडियो) हुदा मुक दर्सक पस्ने प्रहरेले अहिले भारतिय समक्ष गोहि को आसु बगाउनुको के अर्थ हुन्छ? अझै पनि कतिपय अपराधि हरु आफ्नै घरमा लुकेर बसेका र नेपाल मा रहेका भन्ने समाचार आइरहदा पनि प्रहरि किन तिनिहरुलाइ पक्राउ गर्न सक्दैन । की नेपालको प्रहरी प्रसासन अन्य कुनै सक्ति केन्द्र बाट संचालित छ ?
********************************************** (more…)

नेपाल डायरी डट कम @ 11:45


| View Show | Create Your Own

फोटो:- एजेन्सी

नेपाल डायरी डट कम @ 12.25

शिक्षण अस्पताल महाराजगंज र खुलामन्च मा आयोजित शोक शभाका दृश्य हरु समेटिएको यो भिडियो हेर्दा जो कोहि को पनि मन मस्तिस्क मा आक्रोश् को ज्वारभाटा उठ्न सक्छ । हामी प्रस्तुत दृश्य हरु हेरेर उत्तेजित नहुन र संयम कायम राख्न यहाहरुमा अनुरोध गर्दछौ ।

शोक शभा मा माओबादी का नेता तथा कार्यकर्ता हरु अत्यान्त भाबुक देखिन्थे । उनिहरु ले उनिहुरु कै शब्द मा यो जघन्य हत्याकाण्ड लाइ “युद्ध को चुनौति भन्दै आफ्नो धैर्य को बाध टुट्न लागेको र हत्यारा फोरम का नेता हरुलाइ गिरफ्तार नगरे र फोरम लाइ प्रतिबन्ध नलगाए आफ्नो धैर्य को बाद टुटन सक्ने ” बताए । (more…)

नेपाल डायरी डट कम @ 8:30

आज बिहान महाराजगंज को सिक्षण अस्पतालमा खिचिएको दृस्य हरु मैले स्लाइड बनाएर राखेको छु । गौर घटना मा मारीएका माओबादी कार्यकर्ता हुरुको सब खुलामंच लानु अगाडी का दृस्य हरु अस्पताल मा हेर्ने जो कोहि पनि हतास र भाब बिहल हुने दृस्य खिचिरहदा मेरो छैउमा रहेका धेरै मानिश हरुको आखा रसाएको देखिन्थ्यो। तपाइ ले दृस्यमा आगोले पोलेका अनुहार र केहि कलीला अनुहार पनि देख्नसक्नुहुनेछ । दृस्यहरु अत्यन्तै हृदयबिदारक भएकोले कृपया मन थामेर तलका दृस्य हरु हेर्नुहोला ।
उक्त घटना मा घाइते भएका एक जना माओबादी का कार्यकर्ता भन्दै थिए ” एल एम जि र एस एल आर बोकेका सयौ भारतियले वरिपरि बाट हामिलाइ घेरेसकेका थिए । दृस्य को सुरुमा देखिएका उनलाइ मैले सोधेको थिए, अब अरु मृत्यु को खबर त सुन्नु पर्दैन होला की भनेर । तर उनले अझै आफ्ना ३०, ४० जना साथि हरु हराइरहेको र ति सबैको मृत्यु भएको हुन सक्ने बताए । उनले अझ भने ” ति हमला कारि हरु हेर्दा सेना जस्ता देखिन्थे र हात हात मा इन्सास र बम हरुपनि बोकेका थिए ।घटना स्थल बाट भागेका हरुलाइ घर घर बाट निकालीएर तरबार ले काटेर र भाला ले घोपेर मारीएको छ । महिला कार्यकर्ता हरुलाइ बलत्कार गरेर , स्तन काटिर मारेको पनि उन्ले बताए ।

माओबादी को आज आयोजीत सब यात्रा र अस्पताल का अरु दृस्य हरुको भिडियो भने म केहि घण्टा पछि अपलोड गर्नेछु ।


| View Show | Create Your Own

मानब अधिकार बादी सस्था हिम राइट्स् ले आज हेटौडा एक पत्रकार सम्मेलन गरि रौतहटमा अझै धेरै ब्याक्ति को हत्या भएको हुन सक्ने जनाएको छ । रौतहट मा मारीएका महिला हरुलाइ बलत्कार गरीएको र स्तन काटीएको पाएको पनि हिम राइट्सले जनाएको छ , । त्यसै गरी प्रहरी प्रशासन् ले उक्त घटना हुदा मौन बसेर कुनै कारबाही नगरेको मा हिमराइट्स ले आपत्ती जनाएको छ ।हिमराइट्सले संचार माध्यम हरुमा दुबै तर्फ बाट गोलि चलेको र झडप भएको भनेर प्रचार प्रसार भएको मा आपत्ती जनाउदै उक्त घटना मा दुइतर्फी नभै फोरमको तर्फबाट एकतर्फ रुपमा गोली चलेको आफ्नो अध्ययन बाट देखिएकोपनि जनाएको छ ।
photo-511.jpg
रौतहटको गौर मा हत्या गरीएका माओबादी कार्यकर्ता को शव शिक्षण अस्पताल काठमाण्डौ मा
फोटो: नेपाल डायरी
उक्त घटना हुदा भारतिय नम्बर प्लेट का ८ वटा गाडी नजिकै रहेको ले यो घटना मा भारतिय अतिबादी हरुको हात रहेको पुस्टी भएको छ । याता उक्त कार्यक्रम् मा गएक मकवानपुर का २ दाजु भाइ नारायण दहाल् र प्रकास दहालको अबस्था अहिले सम्म अज्ञात रहेको छ ।
उता उक्त घटना पछि फोरम का उता उक्त घटना पछि फोरम का नेता हरु भारत तिर भागेका छन् भने उपेन्द्र यादव भागेर दिल्लि पुगेका छन् ,


| View Show | Create Your Own

नेपाल डायरी डट कम @ 10.30

92.jpg

फोटो :- इन्सेक
माओवादी निकट मधेशी मुक्ती मोर्चा र मधेशी जनअधिकार फोरमबीच ०६३ चैत ७ गते गौरमा भएको दोहोरो भिडन्तमा मृत्यु भएका माओवादी कार्यकर्ताहरूको गौर अस्पतालमा राखिएको शव ।

aakhi.jpg
बसन्तपुरको श्रद्धन्जली सभा आखी झ्याल बाट हेर्दै

नेपाल डायरी @ 12.30

91.jpg
फोटो:- इन्सेक

रौतहट जिल्लाको गौरमा मधेसी जनअधिकार फोरम र माओवादी भ्रातृ संगठन मधेसी मुक्ति मोर्चाबीच ०६३ चैत ७ गते भएको दोहोरो भिडन्तका क्रममा आफ्ना कार्यकर्ताहरु मारिएको विरोधमा विभिन्न शिविरमा रहेका माओवादी छापामारहरुले चैत ८ गते शिविर छाडी हतियारसहित प्रदर्शन गरेका छन् । यसैगरी अन्य ठाउँमा पनि माओवादीले विभिन्न विरोध कार्यक्रमहरु आयोजना गरी शोक सभा सम्पन्न गरेका छन् । त्यसै गरी मोरङ् जिल्लाको उत्तरी क्षेत्र टाँडी र याङ्शिला गाविसस्थित माओवादी सहायक शिविरका कम्तिमा १५ सय छापामारहरूले ०६३ चैत ८ गते हतियारसहित बाहिर निस्केर प्रदर्शन गरेका छन् । (more…)

Next Page »

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers