हिजो मात्र कृष्ण बहादुर महाराले ठुल ठुलो स्वर मा पत्रकार सङ भनेछन् — हामीले राजा र पारष ले सडयन्त्र को ताना बाना बुनेको प्रमाण रहेको सी डी फेला पारेको छौ । तर के के न भेटियो भनेर ठुलो हल्ला खल्ला का साथ प्रचार प्रसार गरेपनि पारशको सडयन्त्र छ भनिएको सी डि मा खासै केहि भेटिएन। माओबादी सङ सम्बन्धित समचार का केहि कट्टिङ् हरु स्कयानिङ् गरेर राखेको मात्र पाइयो।
आज भोली माओबादी नेता हरुलाइ के भएको हो कुन्नि जे मन मा आयो त्यही बोल्दिन्छन्, अझ प्रचण्ड को त के कुरा गर्ने , मलाइ त उन्को कुरा हावादारी लाग्न थालेको छ । कहिले राजाबादी हरुले अमेरिकन अधिकारी को हत्या गरेर त्यस्को दोष माओबादी लाइ लगाउने त कहिले राजाले गणतन्त्रबादी नेता हरुको हत्या गर्न ६० करोड पैसा छुट्याएका छन् भन्दै हिड्नु को कुनै तुक छ ? छापामार चै ३५ हजार तर हतियार् चै ३ हजार भन्दा कसैले पनी नपत्याए पछि प्रचण्ड ले एक पटक त हतियार खोला ले बगायो र आग्यो लाग्यो भनेर पनी ढाट्न नखोजेका होइनन तर हिजो चै उन्ले हजारौ हात हतियार शिबिर बाहीर नै रह्को र ति हतिवार काँहा थन्काउने समस्या रहेको बताएछन् । शिविर बाहिर पनि एकै दिन मा धेरै ठाउमा हान्न सक्ने हतियार र जनशक्ती रहेको छ भनेर ध्वास दिने प्रचण्ड लाइ राम्रो सङ थाहा हुनु पर्ने हो , हात हतियार दर्ता गरेर राखिसकेपछि बाहिर अन्य हात हतियार् फेला पर्यो भने जफत हुन्छ भनेर । । ।
उनले राष्ट्रसंघको नियमअनुसार कुन् र कस्ता हतियार दर्ता गर्न नमिल्ने हो भन्नेबारे भने केही खुलाएनन् । माओवादी लडाकुहरु भन्दा हात हतियार् को संख्या भने कम रहेको भन्दै यस अगाडि नै सबैतिर आसंका ब्यक्त भएपछि बुटवल को एक आम सभा मा प्रचण्ड ले हतियार खोला ले बगाएको र आगो लागेको भन्ने हास्यास्पद तर्क दियेका थिए ।
‘ब्यारेकमा (क्यानटोनमेन्ट) बसेका सेनाबाहेक बाहिर पनि एकैरात धेरै ठाउमा हान्न हतियार तयार गर्न सक्ने प्राविधिक जनशक्ति छ ‘ प्रचण्डले भनेछन । हैन कस्ता हतियार हुन ति , की आणबिक बम हुन? या त इराक मा भएजस्ता रासयानिक हात हतियार? अमेरिका ले पो इराक आणबिक र जैबिक हात हतियार छन् मा छन् भन्दै आएको थियो । कि प्रचण्ड ले पनि हामी सङ् आणबिक र जैबिक हात हतियार छन् भन्न खोजेका त हिनन होला? कि के हो कामरेड?
हिट्लरको मन्त्री “गोयबल्स ” को बारेमा त तपाइ लाइ थाहा नै होला । कुनै झुट कुरा पनि हजार चोटि भन्यो भने त्यो साचो हुन्छ भन्थे रे गोयबल्स ले ! आजकल नेपालका माओबादी हरु को बोल्ने सैली मा पनि गोयबल्स को छनक देखिन थालेको छ । माओबादीका साना तहका नेता मात्र होइन , उच्च तह्का नेता हरुको पनि कुरा सुन्दा मलाइ उदेक लागेर आउछ् । कतै माओबादी पनि त्यै फर्मुलाको उपयोग मा लागेको हुन कि ! नत्र तात्तो न छाराको कुरा गर्दै हिड्न जिम्मेवार नेता हरु लाइ सुहाउछ?
March 13, 2007 at 9:25 PM
What happened to these Leaders. They are speaking whatever they want now a days. I liked this post. Keep on posting new and good blogs. We have to enrich the Nepalese Blogs.
March 15, 2007 at 2:10 PM
why no more updates in this blog?
March 17, 2007 at 3:43 AM
[...] Nepal Diary wrote: हिजो मात्र कृष्ण बहादुर महाराले ठुल ठुलो स्वर मा पत्रकार सङ भनेछन् — हामीले राजा र पारष ले सडयन्त्र को ताना बाना बुनेको प्रमाण रहेको सी डी फेला पारेको छौ । तर के के न भेटियो भनेर ठुलो हल्ला खल्ला का साथ प्रचार प्रसार गरेपनि पारशको सडयन्त्र छ भनिएको सी डि मा खासै केहि भेटिएन। माओबादी सङ सम्बन्धित समचार का केहि कट्टिङ् हरु स्कयानिङ् गरेर राखेको मात्र पाइयो। Translation: Yesterday, Krishna Bahadur Mahara told the media in loud voice – we have found a CD that proves King and Paras are working out for a coup. But despite that, the CD contained nothing special. The CD contained just scanning of news about the Maoists. [...]