Monday, March 19th, 2007


नेपाल डायरी ११:३०

फेरी बन्द को समाचार त सुन्नु नै भो होला । अनिस्चितकालिन बन्द भनेका छन् ब्यापारीले । माओबादीले(खोइ केस्ले हो त्यो चै स्पस्ट छैन है) एकजना होटल ब्याबसायि लाइ अपहरण गरि भकुर्न सम्म भकुरेछन हिजो । २० लाख चन्दा मागेका रे । यिन ले चन्दा दिन अस्विकार गरेपछि हिजो भने माओबादीले अपहरण गरि बुद्धनगरमा लगेर थुनेछन र निर्मम यातना दिएछन् । ब्यापारी हरुको भनाइ हो यो ।

ब्यापारी लाइ के थियो र, यहि निहुमा आज देखि देसब्यापिरुपमा आन्दोलन सुरु गरेकाछन । उद्योग,कलकारखाना, ब्यापार ब्याबसाय, शिक्षण संस्था, यातायात सबै अनिस्चितकालिन बन्द गर्ने निर्णय गर्दै बिरोध र्‍याली निकाले ब्यापारी ले ।

प्रधानमन्त्रीलाइ बिरोध स्वरुप ज्ञापन पत्र पनि बुझाउन गए ब्यापारीहरु । तर प्रधानमन्त्रीले भेट दिएनन । अब गृहमन्त्रीले राजिनामा नदिए, ब्यापारीको सुरक्षा नगरे सबै कारोबार बन्द गर्ने रे ।
गजब छ यो देश !! चण्डि राज ढकाल र बिनोद चौधरी जस्ता देसमारा र बैंकमारा हरु जुद्ध् सालिक मा बसेर गर्जे आज। ठुलै भिड थियो ब्यापारी र पत्रकार् को पनि । (हे. तस्बिर)

7.jpg

कसैको ज्यान खतरामा पर्नुहुदैन । अपहरण र कुटपिट कसैलाइ गर्नु हुदैन भन्नेमा हाम्रो पनि बिमति छैन । तर के एकजना गरिबमारा ब्यापारीको पछि लागेर देसै बन्द गर्नु उचित हो? के गल्ति माओबादिको मात्र छ? हरि श्रेस्ठ पनि दुधले नुहएका ब्याक्ती त पक्कै होइनन होला ।

एक मिनेट सारा तर्क/ बितर्क छाडेर आउनुहोस हरि श्रेस्ठ को हुन , हेरौ । (more…)

नेपाल डायरी ९:१५

होटल ब्याबसायी हरि श्रेष्ठ लाइ माओबादी ले अपहरण र कुटपिट गरेको आरोप मा आज देखि ब्यापारी हरुले अनिस्चित कालिन रुपमा उद्योग , ब्यबसाय, कलकारखना, शिक्षण सस्था , आयात निर्यात लगाएत सम्पुर्ण कारोबार देसब्यापी रुपमा बन्द गर्ने घोषणा गरेका छन् । आज राजधानी मा बिरोद र्‍याली को आयोजना गरी ब्यापारी हरुले उक्त घोषणा गरेका हुन ।
3.jpg
पिडित श्रेस्ठ को होटल आगाडी नारा लगाउदै (more…)

नेपाल डायरी १०:५५

सबै लाइ थाहा थियो त दरवार ले बिबरण बुझाउदैन भन्ने? फेरी किन नाटक ने? सरकार को आट र हिम्मत छ भने आफै छानबिन गरेर सबै सम्पति राष्टृकरण गरे भै हाल्यो त? की कुरा चै चर्का गर्ने , बोल्न पायो भन्दै मा चर्का चर्का स्वर मा कुर्लने । काम भने माखा मारेको होइन? नेपालि उखान छ नि” काम पाइनस बुहारी, पाडाको केजाती कना”
यस अगि पनि दरबार लाइ पत्र पठाएको होइन? संसदिय समिति ले , कति सम्पति छ , बिबरण बुझाउ भनेर । कहिले यो समिति , कहिले त्यो समिती भनेर किन दस दुनिया हसाउनु पर्‍यो ? दरबारले त्यस्ता पत्र त मन्त्री ज्यु, …… पुछेर फाल्ने गरेको छ । बरु सहरमा दरबार सम्पति बेच्ने खोज्दै छ भन्ने चर्चा छ । बरु को किन्न खोज्दै छ उसै संग सोध्दा बेस होला? कति किन्न लाग्या हो? के कति दाम हो? मुल्याङ्कन गर्न सजिलो होला कि?

रा स स को यो समाचार पढौ ।
(more…)

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers