नेपाल डायरी ११:३०
फेरी बन्द को समाचार त सुन्नु नै भो होला । अनिस्चितकालिन बन्द भनेका छन् ब्यापारीले । माओबादीले(खोइ केस्ले हो त्यो चै स्पस्ट छैन है) एकजना होटल ब्याबसायि लाइ अपहरण गरि भकुर्न सम्म भकुरेछन हिजो । २० लाख चन्दा मागेका रे । यिन ले चन्दा दिन अस्विकार गरेपछि हिजो भने माओबादीले अपहरण गरि बुद्धनगरमा लगेर थुनेछन र निर्मम यातना दिएछन् । ब्यापारी हरुको भनाइ हो यो ।
ब्यापारी लाइ के थियो र, यहि निहुमा आज देखि देसब्यापिरुपमा आन्दोलन सुरु गरेकाछन । उद्योग,कलकारखाना, ब्यापार ब्याबसाय, शिक्षण संस्था, यातायात सबै अनिस्चितकालिन बन्द गर्ने निर्णय गर्दै बिरोध र्याली निकाले ब्यापारी ले ।
प्रधानमन्त्रीलाइ बिरोध स्वरुप ज्ञापन पत्र पनि बुझाउन गए ब्यापारीहरु । तर प्रधानमन्त्रीले भेट दिएनन । अब गृहमन्त्रीले राजिनामा नदिए, ब्यापारीको सुरक्षा नगरे सबै कारोबार बन्द गर्ने रे ।
गजब छ यो देश !! चण्डि राज ढकाल र बिनोद चौधरी जस्ता देसमारा र बैंकमारा हरु जुद्ध् सालिक मा बसेर गर्जे आज। ठुलै भिड थियो ब्यापारी र पत्रकार् को पनि । (हे. तस्बिर)

कसैको ज्यान खतरामा पर्नुहुदैन । अपहरण र कुटपिट कसैलाइ गर्नु हुदैन भन्नेमा हाम्रो पनि बिमति छैन । तर के एकजना गरिबमारा ब्यापारीको पछि लागेर देसै बन्द गर्नु उचित हो? के गल्ति माओबादिको मात्र छ? हरि श्रेस्ठ पनि दुधले नुहएका ब्याक्ती त पक्कै होइनन होला ।
एक मिनेट सारा तर्क/ बितर्क छाडेर आउनुहोस हरि श्रेस्ठ को हुन , हेरौ ।
दरबारमार्ग स्थित होटल उडल्यान्डका संचालक हुन हरि श्रेष्ठ । गरिब मारेर पैसा कमाउन र होटलमा सामान सप्लाइ गर्नेको पैसा नतिर्ने मा एक नम्बरमा नाम आउछ यिनको । धादिङका तरकारी सप्लाइ गर्ने किसान हुन वा काभ्रेका , वा न्युरोड अथवा पुतिलीसडक का होटल सप्लायर , यिनले कति ब्यापारी डुबाए लेखाजोखा नै छैन । सप्लायरको मात्र होइन , कर्मचारिको तलब दिन भने पचि उनको टाउको दुखेर आउछ । म भने आज तपाइलाइ एउटा पुरानो कथा सुनाउछु ।
करिब एक दशक भन्दा अगाडीको भएपनि अहिले सान्दर्भिक भएको ले यहा उल्लेख गरिएको हो ।
एक जना बैद्य थरका ब्याक्तीको ए सी र रेफ्रीजेरेटरको पसल थियो , भोटेबहालमा (पछि पसल छोडेर पत्रकारिता गरेका यि ब्याक्ती नेपाल का एकजना चर्चित् पत्रकार हुन । नाम चै उल्लेख नगरौ कि?) बैद्यको पसल बाट यि श्रेस्ठ ले ए सी का सामान मगाउने तर पैसा तिर्न भने पछि यिन लाइ ज्वरो आउने । ६, ७ महिना सम्म पनि श्रेस्ठ ले पैसा नतिरे पछि बैद्य लाइ चल्न सम्म झोक चल्यो । एक दिन होटल मा गएर पैसा मागे बैद्य ले । तर कन्जुस श्रेस्ठ ले किन पैसा दिन्थे । केहि बेर को चर्का चर्कि भए पछि पैसा नपाएको झोक मा बैद्य ले पेपर वेट उठाएर हाने श्रेस्ठ लाइ । उनलाइ लाग्न त लागेन र श्रेस्ठ ले बबाल खडा गरे । पुलिस बोलाए , रिपोर्ट लेखाए प्रशासन मा ।
कुरो पुग्यो तत्कालिन अंचलाधिस बिष्णु प्रताप शाह को मा ।उन्ले दुबै पक्ष लाइ अंचलाधिस कार्यालयमा बोलाए । तर श्रेष्ठ किन जान्थे , उन्को होटल को कुक लाइ पठाए । बिचरा कुक अञ्चलाधिस को सामुन्ने पर्ना साथ होस हवास उड्यो । रुदै बिन्ति गरे – सर मलाइ केहि थाहा छैन , म त साधारण करमाचारी हु ।
अञ्चलाधिस ले पुन: अर्को दिन श्रेष्ठ लाइ हाजिर हुन बोलाए । किन जान्थे श्रेस्ठ मरेकाट्टे गएनन । झोकि शाहले प्रहरी लाइ आदेश् दिए – पक्रेर ल्याओ । प्रहरीले पक्रेर त लग्यो तर श्रेष्ठ ले बयान दिनै मानेनन । परेन फसाद ।
शाहले थुन्ने धम्की दिएपछि श्रेस्ठ ले बयान त दिए तर यसरी —
कति पैसा तिर्नु छ?
छ होला १०, १५ हजार जति ( पैसा तिर्न भने ८० हजार जति बाकि थियो )
अनि समान लगेपछि पैसा तिर्नु पर्दैन त?
तिरौला बिस्तारै , पैसा भएपछि ( स्मरणिय छ , श्रेस्ठ को मा बाकी उठाउन जाने सबैलाइ यस्तै जबाफ दिन्छन, पैसा भएपछि दिउला न ! )
शाहले कड्केर भने – तपाइ सामान लाने अनि पैसा चै भएको बेला तिर्ने भनेर टार्ने?
श्रेस्ठ के कम – मैले सामान बुझेको होइन , कस्ले सामान बुझेको हो मलाइ थाहा छैन भन्ने पो जबाफ दिए ।
बिल भर्पाइ खोज्ने काम भयो – स्टोर का कर्मचारीले सामान बुझेका रहेछन् । श्रेस्ठ ले भने – ति कर्मचारी अहिले होटल छोडेर गैसके। मलाइ थाहा छैन । कति तिर्नु छ?
वावा कत्रो फुर्ती?
आजित भएका शाहले यो केश हेर्न जिम्मा तत्कालिन सहयक अञ्चलाधिश लाइ दिए( बस्नेत थरका सहायक अञ्चलाधिश थिए , नाम् चै अहिले बिर्से मैले ) बस्नेत अलि कडा स्वभाबका – श्रेस्ठ लाइ तुरुन्तै भने – पैसा तिर्ने भए तिर नत्र थुनिदिन्छु । खोर मा पर्ने धम्कि आएपछि भने श्रेस्ठ कालो निलो भए र पैसा तिर्ना राजि त भए तर १५ दिन को भाका मागे र भने – पैसा लिन होटलमा आउनु । तर बैद्यले अडान राखे – म होटलमा पैसा लिन जान्न् -पैसा ल्याएर प्रशासनमा बुझाउनु पर्छ र कागत च्यात्नु पर्छ ।
१५ दिन बित्यो तर श्रेष्ठ पैसा तिर्न आएनन । होटलमा बुझ्दा थाहा भयो , प्रशाशन बाट फर्केको पर्सी पल्टै श्रेष्ठ थाइल्याण्ड भागेछन ।
बारम्बार ताकेता गर्दा पनि श्रेष्ठ को अत्तोपत्तो थिएन । थाइल्याण्ड बाट त फर्केछन श्रेष्ठ तर होटलमा नगइ कसै लाइ थहा नदिइ त्रिपुरेश्वरको होटल ब्लु-बर्ड मा लुकेर बसेछन । एकदिन यिनै बैद्य पैसा उठाउन ब्लु-बर्ड होटल के पुगेका थिए – श्रेष्ठ फेला परिहाले । अब परेन फसाद श्रेष्ठ ले बिन्ति गरे – पुलिस नबोलाउनु , अहिल्यै पैसा दिन्छु ।
यो त एउटा सानो उदाहरण मात्र हो , अरु कति को पैसा ति यिनेले सित्तैमा पचाए ।
मलाइ चै के लाग्छ भने धेरै को पैसा यसरी नै बिभिन्न बहाना बनाएर तिरेका छैनन यिन्ले । पैसा उठाउन नसके पछि माओबादीको सरणमा गएका ब्याक्तीहरुको अनुरोधमा यिनलाइ अपहरण गरिएको हुन सक्छ । अहिले सम्म यो कुरा बाहिर नआए पनि यिन को अपहरण को पछि यहि तत्व कारक त छैन ?
अर्को कुरा नेपाल का मिडियाको हालत देखेर त मलाइ दिक्कै लागेर आउछ । “बुझो न सुझो ….. गौडी पुज्यो” भन्छन् नि त्यहि ताल छ । सत्य तथ्य बुझेर समाचार लेख्ने दिन नेपाल मा कहिले आउला खोइ? कि ब्यापारी को बिरोध मा लेख्दा मीडीया को अर्थस्रोत बन्द हुने डर ले हो? सहि कुरा लाइ सहि र गलत कुरा लाइ गलत अर्थात ” हल्दी र हलेदो ” सम्म छुट्ट्याउन नसक्ने भए नेपाल का मिडिया हरु?
March 19, 2007 at 11:34 PM
is this maobadi supporter site?
who ever he is. but now whtever those F**kin Maobadi is doing is wrong. they should get punished.
those maobadi should get hang till death.
PEACE
March 20, 2007 at 12:01 AM
[...] माअोवादीहरुले जबर्जस्ती, कुटपिट, धम्की जारी राखेका छन्। मेरै एक जना सञ्चारकर्मी साथीलाई त अस्ति माअोवादीले क्यासित थर्काएछन्। उसले अस्ति सुनाउँदै थियो। तर होटल उडल्यान्डका मालिक हरि श्रेष्ठमाथि भएको कुटपिटमा भने राजनीति गरेर नौटंकी गरियो भनी माअोवादीले दावी गरेको छ। सहकर्मी ब्लग नेपाल डायरीले लेखेको पत्याउने हो भने हरि श्रेष्ठ आफै पनि कम नौटंकीबाज रहेनछन्। यहाँ गएर हेर्नुस्। [...]
March 20, 2007 at 12:20 AM
Dear nepal diary!!!
r u trying to distract everybody by writing negative part of mr.shrestha? r u supporting bloody maoist by posting article? bloody hell!!!
March 20, 2007 at 12:26 AM
http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=43229 बाट साभार
rahulvai on sajha.com says
प्रस्तुत घट्ना संग परिचित छुइन र पनि म सँग भएको घट्नाले नजीक को सम्बन्ध राख्दछ । श्रेष्ठ महाको कन्जूस छ भनेर ।
घट्ना, २०५० -५१ तिर् को हो। उनको दरबार् मार्ग( पुलिस चौकि छेउको भित्र पट्टिको) घर मा तल्ला थप्ने नक्सा कोरि दिनु पर्यो भनेर मेरो अफिसमा कुनै कर्मचारि आए( होटलको)। अनि हुन्छ त भनेर मैले टाइम् दिएं र होटल् मा गएं। शायद् छोरो चाहि होला भेट् भयो र बुबा सङ कुरा गर्नुस् भनेर घर जाने सल्लाह् दिए र एक जना कर्मचारि सहित् नजीकै को घरमा लगे। नाप जाँच गरें, नियम कानून् ले मिल्छ मिल्दैन हेरें। त्यसपछि फोटो मा देखिएको बुढोले कति पैसा लाग्छ बाबु भनेर सोधे। त्यतिबेला को चलनचल्ति अनुसार् प्रति बर्ग फीट् ३ रुपैया लाग्छ, अन्दाजि जम्मा १२ हजार् जति लाग्छ भनेंबुढो त झन्दै बेहोस् ।
“मैले त २-३ हजार मा पो बन्छ भनेर बोलाको, ३ हजार दिन्छु हुन्छ ?”
भनेर भने । कहाँ को १२ हजार कहाँको ३ हजार्, मैले हुंदैन, त्यती मा गर्न सक्इन्न भन्दा, बुढोले भइगो त तपाईं जानुस् भनेर फर्काए ।
२-३ घण्टा उनीसङ को समयले मलाई लाग्याथ्यो, यो भन्दा कन्जूस् साहुजी छैन होला । चलन चल्तिको रेट भन्दा १ चौथाइ काम् गराउन खोज्ने।
जे होस् अहिले माथिको कथा पढ्दा त्यो काम् न गरिदिएको नै ठिक् रहेछ, नत्र मेरो त्यो थोरै पैसा पनि दिदैन् थ्य् होला। धन्न बचेछु, आफ्नो परिश्रम् खेर जान बाट्।
नोट्: यस्को अर्थ यो होइन कि कन्जूस, कर्मचारि मारा हो भन्दैमा त्यसरि चुट्नु चाँही मिल्दैन हो । माओवादी बाँदर्हरुले गर्या हो भने त्यो भन्दा नीच कार्य अरु हुन सक्दैन ।
Source:-http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=43229
March 20, 2007 at 12:39 AM
The last statement actually touches my heart. when our media reporter will be more civilised meaning report something finding factual not only listening what is in air. Media in developed countries plays greater role to improve things however in our country reporters are those not all who has even don’t know or have taken any courses or so are working as reporter.
If someone report factual thing public start saying is he or she a maoist follower or so. what is this? Is it a crime to report factual thing?
I appreciate this bloger for his analysis and good point highlighting in this article.
some people who with disguise act like maoists to defame them. That could be the issue in this event. Reactionary forces are looking forward to find a whole where they can use for defaming maoists consequently spoil the peace deal. look at girija he is the worst leader in our history.
As long as Girija is in post we never have peace and development.
Girija has no power to make decision in right time. Besides, he is not capable leader. He only listen any kind of problem when people come in the street made some demage of public property only then he starts think of the problem solution. what a ridiculous behaviour he has got which is very harmfull for our nation.
jai nepal and corruption free nepal.
March 20, 2007 at 1:15 AM
thanks friend. through this we have chance to know reality. good job. yes you are right , most of nepali journalist, basically big media owener have some kind of relation with such corrupted people and they never publish reality and as a journalist they have to go reality and root cause of any problem . and need background info as i know about media. so but just making headline without research so cheap popularity.
thanks again, hope u are in nepal and u will investigation more and you will write more towards reality.
but as a human, these people who involved to bit him that is also not good manner.
ss
March 20, 2007 at 1:32 AM
Hey, Umesh jee tapaile thik kura uthaunu bhayo ra ekdam ramro lagyo yetaikai ma one kura rakhu hai yesle ta 1990 to 93 ma 3 jana kam garne worker pani mareko thiyo swimming pool ma tara sabai salary ko lagi ho tyasaile tyahi bela dekhi nai paisa ko lagi worker pani marne manchhe ke garne nepal ma paisa bhayepachi je pani hune tara ahile thik parechhan sayad dherai tyastime ko hotel worker haru lai ramrari thaha chha kasari tyo hari shrestha le hotel ko business gareko chha bhanera tara FNCCI jun kura bhuje ra pani banda gardai chha tara kati tyasta business man haru chha patta lagai karbahi garnu parne ho.
kripaya tapai ko samparka ma chha bhane kohi woodland ko 91 to 93 ko general worker lai soddhada hunchha.
thanks
March 20, 2007 at 2:01 AM
Thanks Nepal Diary,
Harilal Shrestha seems to deserve what he got. At least his victims will be very happy.
Garib Mara lai testai garaunu parchha.
March 20, 2007 at 3:09 AM
It is not important who is Hari is? If he was so called Garib Mara, then published what he did. Right now it is the voilence that Maoist has been commiting.
This is not important item which tries to proof that what Maoist has done is right. You are completely wrong to publish this article rt now.
March 20, 2007 at 3:34 AM
and as for GIRIJA………. i have never liked that guy as a leader.
But at this moment, i am glad that the PM is Girija. If it was not for his iron will,Nepal would had already been ruled by the maoist.
March 20, 2007 at 4:19 AM
Tapae ko Banner Muni Hami J dekchau tehi lakchau ko side ma Moaist Jindabaad leknus That will support your slogan perfectly.
Shrestha ji le gareko ko tyo kaam haru kunnae newspaper article ma cha bhane cut-paste garnus natara tapae and your blogg is a FRAUD.
You are not writing what you are seeing. You are just a blind supporter of those killers.
March 20, 2007 at 4:52 AM
If lawa does not work then people wants to take the law and order in their own hands. The case of the Hari Sherestha also looks the same.जो नहुनु थीयो त्यो भयो/ जब देशको कानुनले काम गर्दैन तब जनताले कानुन आफ्नै हातमा लिन खोज्छन/ आपराधीक केसलाइ राजनीतीक करण त गरीयो नै नेपालमा जातपातको कुरा खुब चले छ फेरी राइ लिम्बुले नेबारलाइ अपरण गरी कुट्यो भनी नलेख है पुर्ण लिम्बु जस्ता बीद्वान मीत्र हरु अपरण गर्ने कुलबीर राइ बन्धु परे क्यारे/ हामीले सहीलाइ सही र गलतलाइ गलत भन्न कहीले सीक्ने खै? हरीको गल्ती थीयो भने नेपाल सरकरले कानुन बमोजीम गर्नु पर्थ्यो न की माहोबादीको लठैतको कारबही/
March 20, 2007 at 6:09 AM
marnu parcha yasta chor haru lai. ajha sakinccha bhane, maobadi hau ki ko hau, yi sabai BLACK listed chor haru lai marr, pit, dhad sek ani, TEL MA halera besari umal, ani, tha huncha DESH ko paisa khada ke hucnha bhanera, chor, syal haru lai.
March 20, 2007 at 6:45 AM
ओहो, कस्तो अचम्म,
मानिस हरु किन निरासाबादि भएका? कानुनि रुपमा अझै पनि न्याय पाउने छांट कांट नदेखेर होला हैन, जहां पायो त्यहि नै गोदने चलन बढेको।
- कहिले ‘केसर बहादुर’ सिंह त कहिले ‘हरि बहादुर श्रेस्ठ’।
- मकवनपुरमा त ‘पत्रकार’ लाइ नै ‘एमाले’ का केताहरु बात धम्कि दिईएको कुरा।
-लवतिहरु लाई गोदेको कुरा।
हैन, जो पार्टिका नेता हरु सरकारमा बसेका छन तिनिहरुकै कार्य कर्तहरु मान्छे गोद्दै हिन्द्छन भने, आरु ले त देखा सिखि गर्ने नै भने नि।
यसले त,पत्रीकाहरु पनि सतहमा नै कुदेर लेख्ने भए पछि त झन अपराध गर्ने ब्यक्ति त ‘चोखिने’ भएन र भन्या?
**२०४७-२०५२ तिरको कुराहो, त्यो होटेल मा त एक् जन कर्मछरि पनि मारिएको थियो नि!
त्यो मारिने कर्मचारि चाहिं स्याङ्जा तिर घर भएको जस्तो लागेको छ। त्यो, हत्या को बरेमा त पत्रीका मा पनि खुब सन्सनि फैलिएको थियो।
बास्तबिकता चाहि कसले मारेको रहेछ??
March 20, 2007 at 7:33 AM
Who the hell Maoist is? Do they have all rights to do what they want?
Is there government exist in Nepal these days? Maoist can do whatever they want even they are not is government why they need to go to the government? If they are in government what the situation of law and order in the country?
bishnu
New Jersey
March 20, 2007 at 9:30 AM
Maiost are symbol of radical change. They brought at least changes in Nepalese attitude. Once the government forgets its responsibility, the people starts to punish those who do against the ethics/basic norms. They should be punished, if the government is not punishing, let’s punish them, put them on fire and BURN them.
FIRE AND BURN, let’s fire and burn these corrupt businessmen, leaders, autocrats. THEN pure REPUBLIC will come, NEW NEPAL will be built!
March 20, 2007 at 10:28 AM
I agree that Mr Shrestha has done wrong thing that he has not paid other’s due in time…but the YCL maoist in Kathmandu are as same as Khmer Rouge army in Cambodia during Polpot regime..
If there is political revenge being taken by Industrialist..then thats wrong thing..as we all can see the black spot one Mr Shrestha’s face how badly he was beaten by our revolutionary Maoist…as they think they are the only important people in Nepal..
Mr Gyaane is watching this drama and must be enjoying a lots that there is a lots of chances for him to coup the nation….
March 20, 2007 at 11:21 AM
एक्नम्बरको गरिब मारा, साहुमारा हरिलाल् होटलवालालाई कुन् पिडितहरुले घोक्राएछन् / अनि बैन्क् ठगुवाहरु समेत् मिलेर पुरै देश बन्द /
अरुलाई अन्यायमा पार्नेको यस्तो हबिगत हुनु पर्छ / हे सामन्तिका छोराहरु हो, सत्य स्माचार् लेख्ने नेपाल् डायरिलाई निरुत्साहित् पार्ने काम नगर / खुकुरिको घाउ अचानोलाई मात्र थाहा हुन्छ / अरुको पसिना लुट्नु र खुन् खानु एकै हो /
March 20, 2007 at 8:03 PM
The post is very very good. If maoists have done this thing, it would be better for them to expose the corrupt tactics and make publish of such things rather than beating up anything.
Beating Up corrupted people in Nepal is a response of popular sentiment coz government is unable to maintain peace and security and judiciary is messed up in a corruption.
We should start more investigative journalism and find out the corrupt practices of people.
March 21, 2007 at 5:25 AM
[...] नेपाल डायरी खोज नेपाल डायरी ११:३० फेरी बन्द को समाचार त […] [...]
March 21, 2007 at 1:31 PM
I am not a supporter of Maoist. But have you heard a saying “it is possible to wake a sleeping person but it is impossible to wake up a person who is acting to be fallen asleep”? I say this is possible, if you pour a jug of boiling water on him/her. I would have even more become happy if they( the persons who beat him)had made him permanently cripple.