May 2009


नेपाली काङ्रेस भित्र सरकार मा जाने कि नजाने भन्ने बिशयमा तिब्र मतभेद भएको बाहिर आएको छ । केही केन्द्रीय नेता हरु सरकार मा जानु पर्ने तर्क गरी रहेका छ्न भने अर्को तर्फ केही नेताहरु सरकार बाहिर बसेर एमाले नेत्रित्व को सरकार लाई सहयोग गर्नु पर्ने तर्क गरी रहेका छन ।

मदेसी जन अधिकार फोरम का उपेन्द्र यादव वा बिजय गच्छदार कस्को नेत्रित्वमा सरकार मा जाने भन्ने बिषयमा चर्को मतभेद जारी छ । उपेन्द्र यादव ले मेदेश आन्दोलन मा आफ्नो महत्वपूर्ण भूमिका भएको ले आफ्नै नेत्रित्वमा सरकारमा जाने प्राधान मन्त्री लाई जानकारी गराएका छन भने बिजय गच्छदार आफु संसदिय दल को नेता भएको ले आफ्नै नेत्रित्वमा सरकार मा जाने दाबी गरिरहेका छन ।

कार्यक्षमताका आधारमा भन्दा पनि खनाल र ओली पक्ष का समर्थक लाई सरकारमा पठाएको भन्दै एमाले मा आन्तरिक बिबाद चुलीएको छ ।

आज का पत्रपत्रिका, रेडियो,टेलेभिजन का प्रमुख समाचार बिचार हुन माथिका हरफहरु । (more…)

नेपाल गणतन्त्र नेपाल भएको पनि एक बर्ष पुगेछ । गणतन्त्र सँगै शान्ती, स्थिरता र बिकास पनि आउँला भनेर जनताले गरेको अपेक्षा अझै पुरा हुन सकेका छैनन । मिलेर नयाँ संबिधान बनाउनु पर्ने, शान्ती प्रकृया लाई टुङोमा पुर्‍याउनु पर्ने र माओबादी लडाकु को समयोजन गर्नु पर्ने काम लाई सिङ्गै बाँकी राखेर सत्ताको फोहोरी खेल मा दल् हरु चुर्लुम्म डुबेका छ्न । गन्तन्त्र ल्याउन ज्यानको बाजी राखेर लडेका युवा हरु , आफन्त गुमाएका परिवार हरु को पिडा अझै सम्म कम् भएको छैन । गणतन्त्र दिवस ले सत्ताका लोभि पापी नेताहरुलाई सतबुद्धी देवोस । नेपाली आकासमा देखिएका अशान्ती का बादल हरु चाडै फाटेर जाउन । सबैलाई शुभकामना।

झटारो

कामरेड ले साउथ ईण्डियन जुङा काट्नु भो, अनुहार फेसियल गर्नु भो, र अचानक कामरेड काजुकान्छा, कामरेड क्यासिनो रेस्टुरा, कामरेड दासाढुङा भण्डारी लाई डाक्नुभो ।
-क्याबात कामरेड,अब तपाईंको पालो सरकार चलाऊने। कामरेड काजुकान्छा ले पिठ्युमा धाप मार्दै भन्नु भो -नया प्रमलाई जुङाले सुहाउदैन ।

कामरेड भारत कुमार नेपाल हास्नुभो ‘बर्तमान परिपेक्षमा ज्योतिषी ओजराज उपाध्याय लोहनी को सल्लाह अनुसार’उचो स्वोरमा बोल्दै-मैले जुङा काटे
‘सार्है राम्रो’ काजुकान्छा कामरेड -बल्ल अब तपाईं र म उस्ता उस्तै भयौ ।

‘किन र कामरेड ? तपाइले पनि जुङा काटेको हो ?-कामरेड माकुने । (more…)

मन्त्री मन्डल बिस्तार हुन सकेन, सत्ता सझेदार दल भित्रै बिबाद
एमालेको नेत्रित्वमा २२ दल मिलेर सरकार बनाउने भने पनि आज भने १६ दल मात्र उपस्थित बैठक ले माओवादीलाई बाइपास गरेर सत्ता चलाऊने निर्णय गरेको छ । सत्ता सझेदार १६ दल को बैठक ले राष्ट्रपती रामबरण यादव ले कटवाल लाई पदमै बहाल रहन दिएको आदेस को समर्थन गर्ने र ततकालिन सरकार ले कटवाल लाई अबकास दिन गरेको निर्णय उल्टाउन सरकार लाई निर्देस गर्ने निर्णय गरेको छ । त्यसइगरी माओवादी द्वारा सदनमा दर्ता गर्ने संकल्प प्रस्ताब लाई संसदमा छलफल को लागि लान नदिने बरु सभामुखलाई प्रयोग गरेर हतार हतार जारी संसद अधिबेसन भोली वा पर्सी सम्ममा टुङाउने निर्णय गरेर जारी गतिरोध लाई मुठभेड मा परिणत गर्ने कोशीस गरेका छन ।
(more…)

ल है प्रधानमन्त्री कामरेड केही त गरौ .

प्रधानमन्त्री माधव कुमार नेपाल आज आफ्नो निवास कोटेस्वर बाट प्रधानमन्त्री निवास बालुवाटार सर्न साइत आज जुरेको छ ।। बालुवाटारअंा एउटा पूजा कोठा समेत बनाएर सर्न लागेका प्रधानमन्त्री माधव कुमार माकुने ले सर्नु अगाडि प्रचन्ड ले किनेको डेढ लाख पर्ने पलङ भने हटाउन लगाएका छन रे ! हिजो राष्ट्रका नाम्मा भासण गर्दा म माधव कुमार नेपाल पनि तपाईं हरु जस्तै सामान्य मान्छे हुँ भनेको देखाएका होलान हैन ? कि अर्को तीन लाख को पलङ तयार छ प्र म ज्यु ?

अनी पूजा कोठा तयार पार्न निर्देशन दीइ बक्सेको कुरा आएको छ ! फोटो क-कस्को राख्ने नि पूजा कोठामा ! बिदेसी प्रभु “सुद ” गिरिजा शंकर, शिवसकर माल्दाइ कै त होला नि हैन ?

ल ल केही त गरु है माकुने ज्यु ! कती दिन सरकार चल्ने हो थाहा छैन , सरकार को आयु लामो होस भनेर बिहान बिहान धुप-नैबेध चढाउदै गरौ ! प्रशाद चै सुजाता कुमारीस्थल मन्ढीकाटार, गिरिजादेबस्थल महाराजगंज, लैनचौर का शिवलिङेशोर राकेश माहादेव आदी तिर्थस्थल तिर पठाउन चै नभुल्नु होला है

प्रधानमन्त्री भए पछी को पहिलो करिब् १७ मिनेट लामो सम्बोधन मा प्रधानमन्त्री ले के भने ।

सम्बोधन्को पुरा अंस
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
हामीले शान्त, समृद्ध, लोकतान्त्रिक र न्यायपूर्ण नेपालको सपना देख्यौँ र त्यसको प्राप्तिका लागि सम्पूर्ण नेपाली एक भएर निरङ्कुशतन्त्र विरुद्ध संघर्षमा रगत बगायौँ। हामीहरूमध्ये अनगिन्तीले यस पवित्र उद्देश्यका लागि आफूलाई गर्‍यौ । हामीहरू आन्दोलनको मैदानमा घाइते भयौं। यस क्रममा हराएका हाम्रा कैयौं प्रियजनहरू कहाँ हुनुहुन्छ- हामी अझै पनि बेखबर छौं। लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रूपमा यहाँहरूलाई सम्बोधन गरिरहँदा मेरो मानसपटलमा ती आदरणीय योद्धाहरूको आदर्श प्रतिविम्वित भइरहेको छ। म आफ्नो अमूल्य जीवन उत्सरग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु। घाइते योद्धाहरूप्रति सम्मान व्यक्त गर्दछु वेपत्ता, विस्थापित र द्वन्द्वपीडित परिवारका अकल्पनीय पीडामा आफूलाई पनि सामेल गराउँछु।
(more…)

नबनियुक्त प्रधानमन्त्री ले राष्ट्रका नाम मा सम्बोधन गर्दै ।

म विषवृक्ष हैन न कल्पवृक्ष नै हुँ । बरु सबैलाई मिठो फल दिने वा छहारी दिने वृक्षसम्म बन्न चाहन्छु। माओवादीले आफुलाई राष्ट्रपति निर्वाचन मा धोका दिएको गुनासो । राष्ट्र सहमति पहिले प्राथमिकता भएको ले राष्ट्रिय सहम्ती कायम गर्न माओवादीलाई समेत सरकारमा सहभागी भई सहयोग गर्न आह्वान

आखिर सुद को आसिर्बाद ले काम गर्‍यो !

sud ra maakune

अन्तत पटक पटक प्रधानमन्त्री , राष्ट्रपती हुँदै , संबैधानिक समितिका सभापति बनेका माकुने याने माधव कुमार नेपाल ले आज प्रधानमन्त्री को सपथ लिए । संसद को सबभन्दा ठुलो दल माओबादिलाई बाहिर राखेर माओवादी कै शब्दमा ” अप्राक्रीतिक” गठबन्दन को सरकार खोइ कती दिन टिक्ला र ?

आखिर माधब कुमार को दौरा सुरुवाल को पनि खप्पर मा कोर्दै मेट्दै भए पनि प्रधनमन्ती हुन त लेखेकै रहेछ ।
तर बिचरा माधव के पि ओली को “बात” मानेर बिद्या भण्डारी लाई रक्षा पनाएका होलान , रुक्माङद कटवाल ले “बादल” थापा लाई त टेरेनन , दाशढुङा भन्डारिलाई के टेर्ला र ?

अ साच्ची ! हरुवा, हरुवा मिलेर पो सरकार बनाउन लाग्या रान त ! अब अरु मन्त्री पनि सबै सरुवा लाई बनाए राम्रो ! एक पल्ट सुद साहेब सँग पो सर्-सल्लाह गर्ने हो कि प्रधानमन्ती ज्यु ?
Nepal Politics (more…)

banjee jump
Hisila yami , minister of tourism on bunji jumping at Bhotekoshi/tatopani
foto AP

मदेशी जन्-अधिकार फोरम को बैठक,मा सरकारमा जाने बिषयमा भएको बिबादले उग्र रुप लिएको छ । उपेन्द्र यादव र जे पि गुप्ता आफ्नै नेत्रित्व मा सरकार जानु पर्ने आडान मा रहेका र ससदिय दल का नेता बिजय गच्छदार एमाले नेत्रित्व् को सरकारमा जानु पर्छ भन्ने आ आफ्नै आडानमा रहे पछी आज फोरम मा कुटाकुत को स्थिती आएको हो । माओवादीको ग्रीन सिग्नल पाएको फोरम आफ्नै नेत्रिव मा सरकार मा जानु पर्ने आवाज चर्को रुपमा उठेपछी आज गच्छदार ले भने छुट्तै पत्रकार सम्मेलन गरी केन्द्रिय समितिको निर्णय मान्न आफु वाध्य नभको जिकिर गरेका छन ।
(more…)

अपडेट-

मदेशी जनअधिकर फोरम ले एमालेको नेत्रित्वमा सरकारमा नजाने निर्णय गएको छ । माधव नेपाल को प्रधानमन्त्री बन्ने सपना पुरा होला त ? अनी गिरिजा बाबु, हिजो आँफै लाई थुन्ने राजाका बफादार सिपाही कमल थापा लाई ढोग्नु अली हजम भएन नि ?
*************************
ससद को सबभन्दा ठुलो दल माओवादी र फोरम मिलेको खण्डमा माधव कुमार को दौरा सुरुवाल ले प्रधानमन्त्रीको तक्मा लगाउन यस पटका पनि नपाउला जस्तो देखिएको छ । अरु यो तक्मा त उपेन्द्र यादवको धोती कुर्ता ले पो लगाउला जस्तो छ । जे भने पनी नयाँ सरकार को टुङो आज बेलुकी सम्म्मा लाग्ने जस्तो देखिएको छ ।
jana disha

संबिधान बनाउने जनमत पाएका हाम्रा सभासदहरु फेरी एक पटक सरकार बनाउने, सत्ता टिकाउने फोहोरी खेलमा लागेका छन । जनताले संबिधान बनाउने अभिभारा सुम्पिएर पठाएका भए पनि उनिहरु को प्र म बन्ने को सरकार मा जाने भन्ने तुच्छ खेल मा मस्त छन ।
संबिधान मस्यौदा समितिका सभापति माधव कुमार नेपाल आफै काम्कुरो एकातिर -कुम्लो धुनमा बोकी दामन तिर भनेझै आफै पुच्छर उचालेर दौडेका छन ।
नेपाली काग्रेसको पुच्छर समातेर बैतर्नी तर्ने सपना देखिरहेको छ एमाले । आफु बाहेक अरुलाई प्रधानमन्त्रीको कुर्सिमा कहिल्यै देख्न नसक्ने गिरिजा प्रशाद, र आफु बाहेक अरुलाई सत्ता मा देख्न नसक्ने काङ्र्स अहिले किन एमाले लाई सत्ताको ताला चाबी सुम्पन खोज्दै छ ? काङ्रेस आफुले भने अहिले सम्म आफु सरकार जाने कि नजाने भनेर कुनै निर्णय समेत नगरको अवस्थामा एमाले भने किन ३ भित्ता उफ्रेर हिडेको होला ?

के उपेन्द्र यादव होलान त प्र म ? (more…)

haina k gareko didi

राष्ट्रपती को असंबैधानिक कदम को बिरोधमा माओवादीले हिजो काठमान्डौमा निकालेको लासै लास को जुलुस ।

(more…)

body

ल हेर्नुहोस त आजका भारतीय अखबार

प्रेस ट्रुस्ट अफ ईन्डिया/हिन्दूस्तान टाइम्स /ईन्डिया टूडे/टाइम्स अफ ईन्डिया /आइबिएन न्युज/एनडिटिभी /चेन्नाइ अनलाइन
(more…)

हामी सरकार बनाउन वा टिकाउनका लागी कुनै बिदेशी प्रभु हरु सँग झुक्दैनौ , बरु सत्ता छोड्न तयार छौ भनेर धमास दिएका थिए प्रचन्डले सरकार छोड्ने बेलामा । तर प्रचन्डको त्यो धमासको पोल खोलिदिएको छ आजको हिन्दू ले ।
hindu

(more…)

Next Page »

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers