जङेगेले जे बोल्यो -सो बोल्यो भन्थे रे जङग बहादुर, के काङ्रेस पनि कोइराला ले जे बोल्यो, बोल्यो-सदर गर्ने पार्टी हो ?
***************************
कसैले भन्थे -पहिला काङ्रेस पब्लिक थियो । २०४६ साल पछी लिमिटेड भयो । हाल आएर प्राइभेट लिमिटेड हुँदैछ । के काङ्रेस प्राइभेट लिमिटेड भए कै हो ?
कुकुरको पुच्छर बार्ह बर्ष ढुङ्रामा राख्यो, ढुङ्रै बाङ्गो, भन्ने उखान नेपाली काङ्रेस कै लागि बनेको हो कि जस्तो भएको छ । नेपाली राजनतिका सबभन्दा ठुला “कल्प्रिट” गिरिजा प्रसाद कोइराला ले सरकार गठन गर्ने बिषयमा एउटा अर्को सकुनी दाउ हानेका छ्न । गिरिजा प्रसाद नेपाली राजनीतिलाई आफ्नो बिर्ता ठान्छन र सुजता आफ्नो बाउको बिर्ता । के नेपाली राजनीति, नेपाली जनताको जनमत गिरिजा प्रसाद ले निर्णय गर्ने हो ? नैतीकता , इमान्दारि, सच्चाइ के नेपालको राजनीतिमा ‘ब्लु मुन’ भएकै हो ? कालो बादल मा पनि चाँदिको घेरा हुन्छ भन्थे , तर नेपाल को राजनीतिको कालो बादलमा चाँदिको त होइन, मैन बत्तिको धिपधिपे घेरा सम्म पनि देखिदैन । कालो,निलो बादल मात्र देखिन्छ । त्यस्को जड, उपजड, सुत्रजड गिरिजा प्रसाद हुन, मात्र गिरिजा प्रसाद । (more…)



