नेपालको सिमा मिचिएको छैन -मेनन

भारतीय बिदेश सचिब शिव संकर भोले महाराज उर्फ नेपालका बडा हाकिम ( नेपालका नेताहरुका ) ले भनेका आज – नेपालको सिमा मिचिएको छैन रे । नेपाली मिडियाले बडाइ चडाइ गरे र लेखे रे – भारत ले कालापानी, सुस्ता, दाङ मा भारत ले सिमा मिच्यो भनेर । हिजोको पत्रकार सम्मेलन मा उनले यो कुरा बोलिरहदा नेपाल का पत्रकार भने मक्ख परेर उनका करा सुनिरहेका थिए , आफैले लेखेको समाचार अर्को देश को मान्छे ले आएर गलत हो भन्दा क्यामरा बोकेर फोटो खिचे, न्युज क्लिप बनाए, हाम्रा पाखण्डी पत्रकारले तर प्रतिबाद गर्न सकेनन न त पत्र्कार सम्मेलन बहिस्कार गर्ने आट नै गर्न सके । अब हाम्रा पत्रकारले लेखेको कुरा पत्याउने कि नपत्याउने हामीले । आजको पत्रकार को रमिता हेर्दा के बुझियो भने हाम्रा पत्रकार पनि” झल्लु ” नै रहेछन , जे पायो त्यै लेख्ने , जे पायो त्यै छाप्ने ! अनी हामीले पत्याइदिनु पर्ने ! डाँका हो ! नत्र आफुले लेखेको समाचार अरुले झुटो हो भन्दा किन टाउको कन्याएर बस्छौ ? अली कती पनि लाज सरम छैन । नेतापो सत्ता टिकाउनका लागि भारतीय को गुलाम गर्छन्, चाकडी बजाउछन ! के पत्रकार पनी सबै भारतीय दुताबासको हण्डी खान थालेका हुन ? अस्ती राजदुत ले पत्र्कार फटाहा हुन, सिमामा केही भएको छैन भने । हाम्रा पत्रकार चुप ! आज मेनन ले भने आज पनि चुप ! के छल हो यो ! कती देशभक्त, कती स्वाभिमानी पत्रकार रहेछन हाम्रो देशमा !
अब नेताको के कुरा गर्ने , सर्बसक्तिमान मन्डिकाकुमारी देवी सुजाता मैसापले त अझ मेनन सँग सिमा बिबादमा कुनै कुरा नभएको भनिन रे ! धन्य नेपालका का नेता , नेपालका पत्रकार , धन्य जन्म लिएछौ नि ! दिन प्रतिदिन सिमा क्षेत्र मा भारतले सिमा मिचेको समाचार आइरहेछ । भारतीय सिमा क्षेत्र मा सिमा सुरक्षा बल का जबानले नेपाली माथि अत्याचार गरिरहेका छन । तर नेपालका नेता भारत सँग कुरा गर्न डराउछन, तिमीहरुले ले लेखेको समाचार गलत हो भन्दा पत्रकार हरु टाउको हल्लाएर सहमति जनाउछन, पाखण्डी मन्त्री हरु नेपालले भारतको सिमा मिचेको छैन भनेर इन्टरभ्यु दिन्छन र मिडिया चर्को स्वोरमा त्यै इन्टेर्भ्यु बजाउछन। देशको माया कसैलाई रहेनछ नेपालमा । राश्ट्रभक्ती का फोस्रा कुरा गर्दारहेछौ हामी । नत्र किन बोल्दैनन जिम्मेवार नेता, किन बोल्दैन सरकार , अनी किन लाचारी पन देखाउछन पत्रकार हँ ?
मेननले नेपाली ससदिय टोलिले गरेको अध्ययन समेत एकपक्षिय र पूर्वग्रही को आरोप लगाउदा समेत हाम्रा सार्ब भौम संसद केही बोलन सकेको छैनन । नुन को सोझो गरेका होलान है ! गुलामी नगरे त्यै ससंद पद पनि भारत ले खाइदेला भन्ने पिर ।
June 22, 2009 at 12:44 PM
You absolutely right. This is our misfortune that we have shameless leaders and journalists
June 24, 2009 at 2:56 PM
save land of nepal