असार १५ को रोपाइ हेर्न भक्तपुर जादा खिचेका केही फोटो हरु ।

च्यामासिङ नजिकै को बर्मनी को मन्दिर
सुर्य बिनायक बाट कारीब २ किलोमिटर् को दुरी मा रहेको यो मन्दिर लाई दाँया पारेर फाटै फाट हिड्दै जादा बाटो भरी धान रोपाइ चलिरहेको थियो ।

यसपाली को बर्खा मा पानी कम परेकोले अली अली हिलो र सुख्खै ठाउमा भए पनि धान रोपी रहेको द्रिश्य भने रमाईलै थियो ।


माटाको काम (सेरामिक्स ) को प्रख्यात भक्तपुर को बर्मनी मा माटाको दियो ( पाला ) सुकाउदै एक महिला । सङगै पराले झुपडी ।

परालको कुन्यु । भक्तपुरमा के भन्छ कुन्नी ! हामी चै यसलाई परालको कुन्यु भन्छौ

अलिकती भए पनि सफै रहेछ यो खोला । काठमाण्डौ मा भएको भए यस्को पनि के हालत हुन्थ्यो होला ??


बर्मनी मन्दिर बाट ३ किलोमिटर पुगेपछी मुलबाटो हरायो । गोरेटो बाटै बाटो हिंड्नु को मज्जा !!

नागबेली पारेको बाटो र माथि डाडा बाट देखिएको धान खेत
July 5, 2009 at 10:23 AM
Beautiful pictures, thanks for share.