के तपाईं ले कहिल्यै भुत देख्नु भएको छ ? वा भुत सँग जम्का भेट भएको छ ? कुनै बेला भुत ले तर्साएको त पक्कै होला नि ?
हामीले बर्सौ देखी सुन्दै आएका छौ , भुत, दानब, राक्षश, देवता आदिका कथा, किस्सा, चमत्कार का बयान हरु । आज यस्तै एउटा भुत को बारेमा कुरा गरौ । नेपाली हरु भुत भने पछी डर ले लग लग काम्छन । अझ रात परे पछी भुत को कुरा मात्रले पनि कतिको सातो जान्छ , रात भर को निद हराम हुन्छ । वास्तवमै भुत हुन्छ को हुँदैन, भुत ले साच्चै मान्छे लाई तर्साउछ त ? यो प्रस्न को शायद ठ्याकै एस वा नो जवाफ कसै सङ पनि छैन होला ।

सँगै को फोटो भुत घर को हो । यो घरमा भुत बस्छ भन्ने विश्वाश गरिन्छ त्यै भएर होला निर्माण भएको करिब् १० बर्ष बितिसक्दा पनि न यो घर मा घरधनी नै बसेका छन न त कोही बहाल मा । भक्तपुर गठ्ठाघर चोक बाट करिब् १०० मिटर उत्तर पूर्व मा रहेको २ तले यो घर मुल सडक संगै जोडीएको छ् , पानी बत्ती को सुबिधा पनि छ , गाडी पारकिङ गर्ने ठाउँ पनि छ र पनि १० बर्ष देखी खाली छ ।
यो घर को कथा पनि त्यस्तै रहस्य को गर्भ मै छ । तर पनि मानिस हरु यो घर मा बस्न डराउछन , साझ पख एक्लै दुक्लै यो घर अगाडि लो बाटो बाट समेत हिंड्नैन किन त ?
बढो गजब को किम्बदन्ती छ यो भुत घर को बारेमा
करिब १५-१६ बर्ष अगाडि कै कुरा रे ! सानो ठिमी मा पुरानो बाग बजार भन्ने ठाउका एक प्रधान को जग्गा रहेछ ३ रोपनी जत्ती गठ्ठाघर मा । एउटा सानो माटो ले बनेको घर पनि रहेछ त्यहा, खेती रोपाइ गर्न आउँदा जादा बस्ने । खेती रोपाइ सके पछी पुन बागबजार फर्कने । एक दिन दिउसो अचानक उठेको आगलागी ले त्यो घर सखाप भएछ, र घर सँग आगलागी मा परेर उनका २ साना लालाबाला पनि मरेछन – २ बर्ष को छोरा र १० बर्से छोरी !
सोक मनाए प्रधान परिवार ले र छोरा छोरी को सदगत गरे र अर्को सानो पराले टौवा बनाए । तर घर बनी सक्दा नसक्दै उपद्रो सुरु भयो । दिउसै तर्साउने, घर मा बस्नै नसकिने, भात पकाएको भाडै घोप्टाइदिने, सुकेको मान्छे को खाट राती नै बाटोमा लगेर राखिदिने , रातभर थाल ठटाएर नाच्ने, के के हो के के ! आजित भएर प्रधान ले एउटा गिरी परिवार लाई बेचेछ्न सबै घर जगा ।
पुरानो घर भात्काएर नयाँ (चित्रमा देखिएको ) घर बनाए गिरिजी ले । तर नयाँ घर बनाउदैमा कहाँ भागथ्यो र भुत ! पुन ताण्डब सुरु भाईहाल्यो नि ! दिदी-भाइ भुत ले दिन सम्म दु:ख दिएछ गिरी परिवार लाई पनि । अनी गिरी ले पनि बेचेछन घर २०५९ सालमा सुर्य नारायण श्रेश्ठ लाई । हाल गिरी परिवार भने गठ्ठाघर चोक मा बहाल मा बस्दा रहेछन ।
किन्न त किने सुर्यनारयण ले घर, भुत पनि सँगै किनेछन ! एक दिन बसे रे जम्मा सुर्य नारायण त्यो घरमा ! सुतका के थीए, भुसुक्कै निदाएछन । बिहान ब्युझदा उनी सुतेको खाट त सँगै को झाडिमा रे ! बाबाकी दुहाइ ! भोलिपल्तै घर खाली !
त्यस उपरान्त घर खाली छ । पहिला पहिला त गोठाला , छर्-छिमिक लाई पनि खुब दु:ख दिन्थ्यो रे ! मासु त पकाउनै नहुने रे ! मासुको भाडै बोकेर दगुर्ने रे ! आधा घण्टामा रित्तो भाडो मात्र भेटिन्थ्यो रे बाटामा । हाल भने बस्ती बढेको ले आउन छड्यो रे ! नतर्साएको धेरै भो रे !
लौ अब कस्को आट त्यो घर मा बस्ने ! घर धनी बेच्ने मनसाय मा रहेछन । तर किन्ने आटी कोही फेला परेका छैनन रे ।
[ सानो ठिमी क्याम्पसमा आध्यापन गर्ने मेरा एक आफन्त लाई गठ्ठाघर आसपासमा डेरा वा राम्रो घर चाहिएको ले खोजी गर्ने सिलसिलामा त्यो घरमा पुगेका हौ । हामिले घर को गेट खोलेर भित्र पस्न लाग्दा छेउको खाली खेत मा काम गरिरहेका मानिश हरुले नेवारी भाषामा हामीला संकेत गर्दै ईशारा गरिरहेका थीए , तर नेवारी नबुझ्ने हुनाले हामीले वास्ता गरेनौ ।हामीले त्यो घरमा एक घण्टा बितायौ । घर रामै रहेछ . हामीलाई घर मन पर्यो । लौ फसाद ! भुतघर एक घण्टा हेरेर फर्के पछी एक जना बुढी आमैले साउती गरेर हामीलाई बोलाइन र घर धनी गै सके पछी माथिको कथा बेलिबिस्तार लगाइन । कथा के सकिएको थियो, मेरा आफन्त कुलेलम ! बपत्तै भए भन्या ! आज फोनमा भन्दै थिए - २ दिन देखि हन हनी ज्वोरो आएको छ रे ! ए बाबा ! साच्चै भुत पो लाग्यो कि क्याहो ? भोली बिहान धामी-झाक्री खोजेर यसो जोखाना नहेराइ नहोला जस्तो छ रे ! अ ...... साच्ची उनले अर्को कुरा पनि सुनाए , अब गठ्ठाघर तिर नबस्ने रे बरु सानो ठिमी तिरै अर्को कोठा खोज्ने रे !
त्यो घर चै खाली नै छ । तपाईं डेरा सर्ने कि ! भाउ मिलाएर किने पनि हुन्छ नि ! भुत को दाम घटाएर घर मात्र । ]
July 5, 2009 at 10:20 AM
ल घरको दाम कती हो किन्नलाई तयार । त्यस्तो भूत बस्ने घर चाँही पक्कै पनि सस्तो होला। मूल्यको बारेमा जानकारी गराउनुहोला।
July 6, 2009 at 7:24 PM
Confused
October 17, 2009 at 12:33 AM
hhaahha aahilay ko jamana pani bhut? pheri tyo didi bhai bhut!!! hahahah ..nepali ra nepalko pani kurai bujhna gaaro bhanya …aba kun lai faida hunay bho yo ghar le..sasto ma nai chha hola..herna po parcha ki??
Editor jyu, exact address dina milchha ki??
prakash poudel
california