यसरी नै अस्ताए गिरिजा बाबु !
source:AP(this pic only)

दशरथ रङसाला (खचाखच प्यारा फिट )

आर्यघाट्मा उर्लेको मानब सागर
March 21, 2010
यसरी नै अस्ताए गिरिजा बाबु !
source:AP(this pic only)

दशरथ रङसाला (खचाखच प्यारा फिट )

आर्यघाट्मा उर्लेको मानब सागर
March 20, 2010
आफ्नो जिन्दगी का छ दसक देश, जनता र प्रजातन्त्र का लागि लडेका नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइराला अन्तत शान्तिप्रकृया लाई अधुरै छोडेर बिदा भएका छन ।
राणाशाही, पंचायति तानाशाही, र २०५९ माघ १९ गते पछी को राजाशाही को बिरुद्ध मा कहिल्यै नथाकी निरन्तर निरन्तर लड्ने नेपाली राजनीतिका अग्रणी योद्धा ले अन्तत मृत्यु सँग हार मानेका छन ।
कुनै पनि मानिस अबगुण रहित सफल र योग्य हुन सक्दैन, कोइराला पनि त्यसको अपबाद हुन सक्दैनन , अत्यन्त जटिल सन्क्र्मण काल खन्डमा उन्ले गरेको काम को गुण , दोश को लेखा जोखा त इतिहास ले गर्ला नै तर पनि गृहयुद्ध को चपेटा मा परिसकेको नेपाल लाई शान्ती प्रकृया मा ल्याउन, नेपाल लाई गणतन्त्र नेपाल बनाउन , र माओवादी समेत लाई बन्दुक त्यागेर ब्यालेट बक्स सम्म ल्याइ पुर्याउन कोइराला ले गरेको अथक योगदान नेपाली राजनीतिको अग्र पृष्ठ मा पक्कै लेखिने छ । पढिने छ । समकालिन विश्व राजनीतिमा कोइराला जती त्याग, उदारता र उचाइ भएका अन्य राजनेता बिरलै पाइन्छन ।
सन्तानमोह का कारण जीवन को उतरार्ध मा अपगाल आइलागे पनि आगामी बिसौ बर्ष नेपाली राजनीतिले गिरिजा प्रशाद को अभिभाबकत्व को अभाब महसुस गरिनै रहने छ । उनको अनुपास्थितिमा पनि जारी शान्ती प्रकृया र संबिधान लेखन लाई तार्किक र ठोस् निर्णयमा पुर्याउने प्रण अगुवा नेता हरुले गरुन । शान्ती प्रकृया र संबिधान लेख्न लाई लाई टुङो मा पुर्याउनु नै उहा प्रती को सच्चा श्रन्दान्जली ठहर्ने छ ।
देशै शोकम्ग्न भएको आजको यस् दु:खद घडीमा नेपाली राजनीतिका शिखर पुरुष प्रती हार्दिक श्रदा सुमन ! हार्दिक श्रन्दान्जली !भौतिक रुपमा नभए पनि नेपाली जनाताको मन मन्दिर मा लाख लाख बर्ष बाच तिमी ! आल बिदा प्रिय गिरिजाबाबु !!