December 2011
Monthly Archive
December 19, 2011
नेपाली राजनीतिको सबभन्दा पुरानो र धेरै समय सत्तामा रहेको र बलियो जनाधर पनि रहेको भनिएको पार्टी नेपाली काङ्रेसले नेपाल बन्द गरेरै छोड्यो । देश भित्र र बाहिरबाट अत्यन्त तिब्र बिरोध हुँदा हुँदै पनि काङ्रेस टसको मस भएन बन्द आयोजना गर्न । संभबत नेपालमा बन्द को बिरोध उठेको यो सबन्दा ठुलो स्वोर हो भन्ने जान्दा जान्दै पनि किन हो काङ्रेसले आफुलाई पनि बन्द आयोजकको लहरमा उभ्यायो र अराजकता र तोडफोडमा उत्रियो ।
धेरै बर्ष राजनिती गरेका , देसका लागि आफ्नो सम्पूर्ण उमेर त्याग गरेका धेरै नेताको जमातहो काङेस । एमाले वा माओवादी जस्तो कुनै बिषयमा कम बिदादास्पद निर्णय गर्छ वा बिबादस्पद बिसयमा मौन रहन्छ भन्छन कागेसलाई । राष्ट्रिय र अन्तराष्ट्रिय रुप मा पनि अली कती सहि अडान र निर्णय क्षमता भएको पार्टी मानिन्थ्यो काङेस केही हदसम्म ।
दुर्भाग्य त्यही काङ्रेस ले देश ठप्प पार्यो । तोड्फोड गर्यो र अराजकतामा उत्र्यो , जस्को निहु भने सार्है सामान्य र निम्नस्तर को थियो । सरकार लाई दबाब दिने संसद, कानुन र न्यायलय हुँदाहुँदै आफुलाई कानुनी सासन को हिमायाती मान्ने काङेसले उग्रपन्थी र बामपन्थी व्यबहार देखायो भन्दा अत्योक्ती नहोला ।
यसपाला काङेस चुक्यो र देश बन्धक बन्यो । नेत्रित्व चुक्यो रे पुरा देसले एक पटक फेरी दु:ख पायो । जब नेत्रित्व चुक्छ , पार्टी र देशले त्यस्को मुल्य चुकाउनु पर्छ , नेपाली काङेस को बर्तमान नेत्रित्व आज नराम्रानी चुकेको छ । दबाद र तनाब आएर गएर्को निर्णय ले देस लाई कहियै भलो गर्दैन । नेपाली राजनीति को पुरानो रोगले क्रमस काङेस लाई पनि गाज्न लागेको हो ?
जुनासुकै पार्टी मा पनि सही र गलत मान्छे हुन्छन , झुन्ड हुन्छ , तर नेत्रित्वले सहि र गलत छुट्याउनु पर्छ । गलत झुन्डले जहिल पनि नेत्रित्वलाई गलत निर्णय गर्न दबाब दिएकै हुन्छ
तर जब पार्टी भित्रका फटाहा , गुण्डा , गलत झुन्ड र खराब मनसाय भएका ब्याक्तीहरु हाबी हुन्छ्न र नेत्रित्व ले त्यसको दबाब झेल्न सक्दैन , पार्टी त कमजोर हुन्छ नै , अन्ततोगत्वा त्यसले कसैलाई भलो गर्दैन । आजको काङेर्स को बन्द त्यसकै को उपज हो । र यसले कालन्तर सम्म नेपाली राजातिनी लाई पिरोल्ने छ ।
अझ दु:ख लाग्दो कुरा त के भने शहिद शब्दको यत्रो ठुलो अपमान गर्न किन उद्धत छ काङेस । मुद्दा फिर्ता भइसक्यो पौडेलको शहिद पनी घोषणा होलान । देसका लागि रगत बगाउने अरु प्रसस्त काङेसीहरु को दरदनाक मृत्यु भएको छ तर तिनिहरु कहिल्यै शहिद भएनन र पनि तिनिहरुको मुल्याकन नेपाली राजनीतिमा धेरै उचो छ । आज आएर किन गलत नजिर बसाउन खोज्दैछ काङेस ?
यहाँनिर बाल्क्रिश्न ढुङेलको आममाफी लाई लिएर नेपाली काङेसले उठाएको आवाज बिर्सनलायक बनेको छ , काङेसकै कारण । जब एउटा कानुनी रुपमा दोशी करार ब्यक्तीको बिषयलाई लिएर यो देसै ठप्प पार्ने हद सम्मा काङ्रेस ओर्लन्छ भने ।
नेपाली राजनीति हो , भोली देखिनेनै छ – शिव पौडेलको मुद्दा फिर्ता को बिसयलाई लिएर माओवादीले अड्को थाप्ने छ , तिम्रो शिव निर्दोस अनी मेरो बालक्रिस्न चै दोशी ? एमालेले अर्को बबण्डर मच्चाउने छ , तिम्रो शिव निर्दोस , मेरो पर्शुराम चै दोशी ? यस्ले नेपाली राजनिती लाई अपराधिकरणको खाडलमा फस्ने निस्चित छ , यस्को श्रेय काङेस लाई जादैन र ?
नेपाली राजनतिलाई अपराधीकरण बाट न माओवादीले रोक्न सक्यो , न एमालेले । काङेस समेत अब आएर यही घन्चक्करमा फसे पछी देश को दुर्गती हुनबाट रोक्ने चै कस्ले ?
Like this:
Like Loading...
December 18, 2011
आदरणिय शुसिल दा , नमस्कार !
बन्दको तयारीमा जोडतोडले लाग्नु भएको होला । फुर्सदै कहाँ होला र तपाईंलाई ? तैपनी प्रजातन्त्रमा अरुका कुरा पनि सुन्नु पर्छ, फरक मतको पनि कदर गर्नु पर्छ भन्ने तपाईंलाई लाग्छ भने यो एउटा सानो गुनासो सुनाउने जमर्को गरेकोछु , कृपया सुनिदिनु होला ।
शुशिल दा , उमेर निकै कट्यो तपाईंको , चुस्स परेका सेता दार्ही र फुलेको केश लिएर देस र जनताका लागि भनेर (तपाइकै शब्द हो यो देस / जनताको लागि राजनीति गरेको भन्ने ) राजनीति गरेको लामै समय भयो । नेपाली जनताको पिर मर्का , समस्या , दु:ख , दुर्दिन को बारेमा तपाईं भन्दा जानकार अरु को होला र हगी ? सधैं चिन्तित देख्छु , सोचमग्न देख्छु , देस र जनताको लागि नै त होला नि है , नत्र यसरी चिन्ता लिनु पर्ने अरु को नै छ् र तपाईं को ?
शुसिल दा ,
शिव पौडेल मारिए । दु:खलाग्दो कुरा हो यो । उनी मारिए , त्यो पनि जेल भित्र एउटा कैदी कुटी कुटी मारिए । देसमा शान्ती सुरक्षा र अमनचयन छ भनेर कसरी पत्याउने ? यस्तो नालायक सरकार छ कि देश मा जती निन्दा गरे पनि कम हुन्छ , यस्तो नालायक सरकार लाई सत्तामा / कुर्शिमा एक मिनेट पनि बस्ने अधिकार छैन । शिव पौडेल का परिवार लाई राहत दिनु पर्छ , दोशी लाई कारबाही कानुन बमोजिम हिनु पर्छ भन्ने मेरो र सबै आम नेपाली को माग छ । दोषी ले उन्मुक्ती पाउनु हुँदैन ।
आदरणिय शुसिल दा ,
मैले तपाईं लाई सम्झाउन आबस्यक त थिएन तर पनि सम्झाउने दुश्साहस गर्दैछु । शिव पौडेलको बारेमा आम धारणा त्यती सकरात्मक छैन । पत्र पत्रीका , रेडियो र टेलिभिजन मा आएको समाचार अनुसार उनी काठ तस्करमा मात्र होईन , हत्यामा समेत सम्लग्न अपराधी थिए र प्रहरिको खोर मा रहेका एक अभियुक्त थिए । फेरी भन्दैछु , उनी मारिए यस्को बिरोध गर्नै पर्छ तर उनी अपराधी पनि थिए यो पनि कटु सत्य हो । उनी गुण्डा को नाइके हुन भने कही बाट छुपेको छैन ।
शुसिल दा, हप्ता दिन पनि बितेको छैन , कैलालीमा चुलो छोएको निउुमा एक दलित युबकको कुटी कुटी हत्या भयो । तपाईं चुइक्क बोल्नु भएन, बोल्न आबस्यक पनि देख्नु भएन । तर जब शिव पौडेल मारिए , तपाईं बुर्लुक्क उफ्रिएर नेपाल बन्द गर्न तम्सनुभयो, तोड फोड मा उत्रनुभो र अराजक हुनु भो , यो किन शुशिल दा ? त्यो दलित तपाईं को कार्यकर्ता थिएन , त्यसैले त्पाइ चुप लाग्नु भा’हो ? के त्यो दलित नेपाली होइन , जस्का निमित्त तपाइको मन अलिकती पनि दुखेन ? जवाफ दिने हिम्मत छ तपाईं सँग ?
मैले यो पंती लेखिरहदा तपाईंहरु को मशाल जुलुस भरखरै सकिएको छ । भोली नेपाल ठप्प पार्ने ठुलो उदघोस् सहित । मैले भने तपाईं हरु को त्यो मशाल को राँको मा मेरो देश दनदन्ती , ह्वारह्वारी बलेको देखे शुसिल दा ।
तपाईं को नेपाल बन्दले भोली एउटा मजदुर ले खान पाउदैन , उस्को परिबारले भोलीको रात भोकै सुत्नु पर्नेछ । जाडो को याम छ ,त्यो रिक्सा चालक, त्यो मजदुर , त्यो भरिया , त्यो फुट्पाथ पसले , त्यो चना चट्पटेले यो जाडो मा भोकै पेट सुत्नु पर्नेछ भोली । यि गरीब र निमुका नेपाली प्रती अलिकती पनि सहानुभुति छैन तपाईंमा ? देस र जनताको लागि राजनीति गरेको भनेर नथाक्ने तपाईंका जनता को हुन ? सुकिला मुकिला , दुइछाक खान पुग्ने, ठुला शाहु मात्र तपाईंका जनता हुन भने मेरो भन्नु केही छैन तपाईं लाई । तर दिन भरी ज्याला मजुरी गरेर खाने पनि तपाईंको जनता , कार्यकर्ता हुन भने उनीहरु को भोको पेटले तपाईंलाई के आषिस देला र दाजु ?
तपाईंको बन्दले भोली एउटा बिरामी समयमा उपचार नपाएर मर्न सक्छ , उस्की जहान बिधवा हुन्छे र सन्तान टुहुरा हुन्छन । एउटा अबोध बाल्क ले बिद्या आर्जन गर्न पाउदैन , आर्थिक नोक्सानी को ठुलो कुरा नगरु दाजु , यहाँ खान लाउनैको ठुलो समस्या भएको बेला । एउटा ज्यामी खान नपाएर चिसो ले कठाङ्रिएर मर्न सक्छ , त्यस्को दोस तपाईं लाई लाग्छ कि लाग्दैन ?
सडकमा टायर बाल्न लगाएर , ढुङ्गा मुढा गर्न युवाहरुलाई उक्साएर तपाईंले खै कस्तो नयाँ , शान्त र सुन्दर नेपालको परिकल्पना गर्नु भएको हो , मेरो सानो मस्तिस्कले भेउ पाउन सकेको छैन तर के चै मलाई थाहा छ भने त्यस्तो तरिका ले देस बन्दैन दाजु । बरु बिग्रछ । तपाईं ले देस र जनताका लागि , त्यो पनि सामान्य ज्यामी , मजदुर , शिक्षक , बेपारी , वकिल , कामकाजी सामान्य नागरिक , सेवा गर्ने कर्मचारि को लागि तपाईंले राजनीति गर्नु भएको हो भने यो अराजकता , तोडफोड र नेपाल बन्द बाट पार दिनुहोस् ।
शिव पौडेलको हत्यामा संलग्न हरु त जेल भित्रै छन , उनिहरुलाई कार्बाही गर्न दबाब दिने अरु पनि तरिका छन नि । सर्बसाधारण को गल्ती छ र नेपालै बन्द गरेर सर्बसाधरण जनताको हुर्मत लिनु ?
नेपाल बन्द गरेर केही जितिदैन दाजु । बन्द त त्यो कुरा गर्नुस् जस्ले हाम्रो देश लाई, समाजलाई नराम्रो असर गरीरहेको छ । भ्रास्टाचार बन्द गर्नुस् , घुस्खोरी बन्द गर्नुस ,ढिलासुस्ती बन्द गर्नुस् , म्याद थप्न बन्द गर्नुस् , टायर बाल्न बन्द गर्नुस् । नेपाल बन्द बन्द गर्नुस् , जनताले मुरी मुरी आसिक दिनेछन । आगामी चुनाउ मा बहुमत त सरकार तपाईंकै बन्ला । :)
सामान्य जनतालाई गरिखान दिनुस् सुशिल दा ! बन्द लाई सधैंको लागि बन्द गर्नुस् ।
अन्त मा अङ्ग्रेजी मा एउटा उखान छ Gray hair is not the sign of wisdom , it’s the sign of old age ! तपाईंको फुलेको केशमा यो उखान लागु नहोस् । बिकेक र बुद्धी ले काम लिनुहोस् ।
यो पोस्टमा केही स्क्रीन सट हरु छन । आज दिन भर सामाजिक सन्जाल फेसबुक र टुइटर मा बन्द को प्रतिक्रिया स्वोरुप लेखिएका ।
Like this:
Like Loading...
December 7, 2011
Posted by nepaldiary under
नेपाल डायरी Leave a Comment

महबुव आलम
आजको खेलमा नेपालले साउदी अरबलाई ९५ रन ले हराएको छ । नेपालले आज टस हारेपछी पहिले ब्याटिङ गर्दै नेपालले १ सय ८३ रनको स्कोर बनाएको थियो । साउदी अरब ले भने ८८ रनमात्र जोड्न सक्यो।

महबुव आलम
आज को खेल मा नेपाल का लागि उत्कृष्ट प्रदर्सन गर्दै महबुब आलमले ४१ बलमा ८८ रन बनाए । उनी आज को म्याच मा म्यन अफ द् म्याच समेत भए ।
त्यसरी गरी अनिल मण्डलले ३५ रन , परस खड्काले १९ रन र ज्ञानेन्द्र मल्ल १६ रन बनाए । बलिङ तर्फ भने पारस र सन्जम रेग्मी ले तीन तीन विकेट तथा मेहबुव आलम , राहुल बिक र बसन्त रेग्मी ले एक एक विकेट लिए ।

दर्सक
नेपाली खेलाडी हरु ले उत्क्रिट पर्दसन गरे पनि नेपाल सेमी फाइनल मा पुग्ने भने पक्का भै सकेको छैन । भोली हुने यु ए इ र साउदी अरेबिया बिचको म्याच पछी मात्र नेपाल को समी फाइनल यात्रा तय हुने छ ।

जित पछी नेपाली खेलाडी
This slideshow requires JavaScript.
Like this:
Like Loading...
December 5, 2011
Posted by nepaldiary under
कला र शैली,
जिबन,
तस्बिर,
नारायण गोपाल,
नेपाल डायरी,
फोटो ब्लग,
साहित्य,
स्वर सम्राट | Tags:
कला,
नारायण गोपाल,
नेपाल,
संगित,
स्वर सम्राट |
[4] Comments

म करिब आठ बर्षको हुदो हुँ,नारायण गोपालको अबसान हुँदा ,त्यो उमेरमा नारायण गोपालको गीत त के मैले नाम पनि सुनेको थिएन । चासो पनि त थिएन ,तर जब अली बुझ्ने उमेरको भइयो ,मैले अली अली उनका गीत सुने । २०५३ साल तिर हुनु पर्छ , नारायण गोपाल को एउटा एल्बम मेरो हात मा पर्यो , म्युजिक नेपालले निकालेको ।

नारायण गोपाल को चक्रपथमा रहेको सालीक ।।
तिमी छौ र म छु- सब थोक छ यहाँ , जस्तो छ माटो त्यस्तै छ गीत यहा – हरिशरण लामिछानेको उद्घोषण रहेको त्यो
एल्बममा बिच बिचमा नारायण गोपालको स्वर (गित बाहेक ) पनी समाबेश थियो । नारायण गोपालको त्यो आवाज आज करिब पन्द्र बर्ष पछी पनि मेरो मस्तिस्कमा ताजै छ – -एउटा असाध्यै राम्रो प्रतिभा निर शाह ले लेखेको, र अर्को त्यस्तै प्रतिभा सम्भुजित बास्कोटा ले संगित गरेको एउटा गीत होस् वा अर्को एउटा पुरानो गीत – तिमीले पनि म जस्तै होस् । अनी के चाहियो र हामीलाई , फुर्सद मात्र चाहिन्थो , उनै नारायण गोपालका कालजयी गीत हाम्रो दिन काट्ने ,गफ गर्ने र रमाइलो गर्ने अबसर बन्यो । घरमा एउटा पुरानो टाइप को थोत्रो टेप रीकर्डर थियो , र क्यासेटको नाम मा उही नारायण गोपाल को गीत ।
खोला,बगर ,मेला पात ,जमघट कही छोडनौ हामीले त्यो गीत सुन्न , मेरा दुई जान साथी थिए , गीत संगितका असाध्य पारखी , नबिन थापा र सन्तोष श्रेस्ठ । सन्तोश गीत पनि गाउथे – पर्खि बसे आउँला भनी….. , हामी मक्ख परेर सुन्थ्यौ । स्कुलमा टिफिन होस् वा खाली कक्षा , सन्तोष सुरु गरी हाल्थ्यो ।। हामी धोद्रे स्वोर मा साथ दिन्थ्यौ – बगेको पात झै भयो …….

स्वर सम्राट नारायण गोपाल
मेरो पुस्ता त्यही गीत सुनेर हुर्कियो । अली पछी सन्तोष ले खै कता बाट एउटा अर्को एल्बम लिएर आयो नारायन गोपाल कै । अनी त झन के चहियो हामीलाई । खुप सुनियो ।
(more…)
Like this:
Like Loading...
December 5, 2011
Posted by nepaldiary under
तस्बिर,
नेपाल डायरी,
फोटो ब्लग,
मेरो देश,
यात्रा,
BBC,
Blog,
Fursad,
Nepal,
nepaldiary,
Photo Blog,
Photo of the Day,
tourism,
tours,
Travel | Tags:
blog,
Nepal,
tourism |
1 Comment
गत हप्ता भाई पियुश ले नेपालगन्ज देखी सुदुर पश्चिम चादनी – दोधारा सम्मको यात्रा मा खिचेका फोटोहरु आज को फोटो ब्लग मा । नेपाल सुन्दर देश त हुँदै हो । अझ सुदर देखिएको छ , फोटो मा । सुदुर पश्चिम को रामारोसन को फोटो बिबिध कारणबस आज राख्न सकिएन । अर्को पटक राख्बे कोसिस गर्ने छु ।

बागेश्वरी मन्दिर परिसर


बागेश्वरी मन्दिर परिसर - नेपालगन्ज

खप्तड नेसनल पार्क जादा बाटोमा भेटिएको पोखरी

खप्तड नेसनल पार्क बाट देखिएको सुन्दर हिमाल । हिमाल को नाम खोजी जारी छ :)
(more…)
Like this:
Like Loading...
December 3, 2011
Posted by nepaldiary under
नेपाल डायरी 1 Comment
नेपाल र हङ्कङ बिच भएको ए सि सि २० कप मा नेपाले ले हग्कङ लाई दुई विकेट ले हराएको छ । आज को म्याच हेर्न म साथी आकारपोस्ट र जनक बिष्टभट्ट सँग नेपाल को एक मात्र क्रिकेट मैदान -
टि यु क्रिकेट मैदानमा पुगेको थिए । नेपालले ८ विकेट गुमाई १ सय १५ रन बनाइ विजय हासिल गरेको हो।
कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा राहुल विकले बनाएको अन्तिम एक रनले नेपालको जित सम्भव भएको हो ।
यसअघि टस जितेर ब्याटिङ रोजेको हङकङ १ सय १४ रनमै समेटिएको थियो।
नेपालको लागि वसन्त रेगमी, महेबुब आलम र पारस खड्काले २-२ विकेट लिए भने अमृत भट्टराई र राहुल विकले १-१ विकेट लिएका थिए । आज मैले खिचेका केही फोटोहरु ।
Like this:
Like Loading...