म करिब आठ बर्षको हुदो हुँ,नारायण गोपालको अबसान हुँदा ,त्यो उमेरमा नारायण गोपालको गीत त के मैले नाम पनि सुनेको थिएन । चासो पनि त थिएन ,तर जब अली बुझ्ने उमेरको भइयो ,मैले अली अली उनका गीत सुने । २०५३ साल तिर हुनु पर्छ , नारायण गोपाल को एउटा एल्बम मेरो हात मा पर्‍यो , म्युजिक नेपालले निकालेको ।

नारायण गोपाल को चक्रपथमा रहेको सालीक ।।

तिमी छौ र म छु- सब थोक छ यहाँ , जस्तो छ माटो त्यस्तै छ गीत यहा – हरिशरण लामिछानेको उद्घोषण रहेको त्यो

एल्बममा बिच बिचमा नारायण गोपालको स्वर (गित बाहेक ) पनी समाबेश थियो । नारायण गोपालको त्यो आवाज आज करिब पन्द्र बर्ष पछी पनि मेरो मस्तिस्कमा ताजै छ – -एउटा असाध्यै राम्रो प्रतिभा निर शाह ले लेखेको, र अर्को त्यस्तै प्रतिभा सम्भुजित बास्कोटा ले संगित गरेको एउटा गीत होस् वा अर्को एउटा पुरानो गीत – तिमीले पनि म जस्तै होस् । अनी के चाहियो र हामीलाई , फुर्सद मात्र चाहिन्थो , उनै नारायण गोपालका कालजयी गीत हाम्रो दिन काट्ने ,गफ गर्ने र रमाइलो गर्ने अबसर बन्यो । घरमा एउटा पुरानो टाइप को थोत्रो टेप रीकर्डर थियो , र क्यासेटको नाम मा उही नारायण गोपाल को गीत ।

खोला,बगर ,मेला पात ,जमघट कही छोडनौ हामीले त्यो गीत सुन्न , मेरा दुई जान साथी थिए , गीत संगितका असाध्य पारखी , नबिन थापा र सन्तोष श्रेस्ठ । सन्तोश गीत पनि गाउथे – पर्खि बसे आउँला भनी….. , हामी मक्ख परेर सुन्थ्यौ । स्कुलमा टिफिन होस् वा खाली कक्षा , सन्तोष सुरु गरी हाल्थ्यो ।। हामी धोद्रे स्वोर मा साथ दिन्थ्यौ – बगेको पात झै भयो …….

स्वर सम्राट नारायण गोपाल

मेरो पुस्ता त्यही गीत सुनेर हुर्कियो । अली पछी सन्तोष ले खै कता बाट एउटा अर्को एल्बम लिएर आयो नारायन गोपाल कै । अनी त झन के चहियो हामीलाई । खुप सुनियो ।

कहिले काही सन्तोष नभएको बेला मा समेत नबिन र म खोला किनारमा जान्थ्यौ र खुप धोद्रो स्वोर निकालेर गाउथ्यौ – पोखिएर घामको झुल्का भरी संघारैमा । खोला किनार किन जान्थ्यौ भने हाम्रो स्वर राम्रो थिएन तर हामीलाई गाउनु पर्ने – अनी उपाय त लाउनै पर्‍यो । खोला किनारमा गयो र धित खोलेर गायो ।। अल्झेछ क्यारे पछ्छौरी तिम्रो चियाको बुटामा ।

नेपाली सुगम संगित को ईतिहासमा नारायण गोपाल ले जुन तरङग ल्याए , त्यो तरङगा आज सम्म पनि तरङिगित नै छ । नेपाली गीत संगित लाई यो उचाइ सम्म ल्याएर उनले लगाएको गुन तिर्न सायदै नेपाली संगित सफल होला । आज पनि नयाँ नेपाली पुस्ता त्यही गीत सुनेर हुर्किदै छ , आज पनि खोला किनारमा कती सन्तोष , नबिनहरु त्यही गीत सुनेर हुर्किदै होलान ।

नारायण गोपाल को चक्रपथमा रहेको सालीक ।।

ठुलो गुन लगाए नारायन गोपालले नेपालीलाई । नेपालको संगित क्षेत्रलाई । तर आज आएर हामी बिस्तारै भुल्दै छौ , नारायण गोपाललाई , उनको योगदानलाई । बर्षमा एक दिन सम्झने , अरु दिन चटक्क भुल्ने । अरु को के कुरा , उन्कै गीत सुनेर , रमाएर , सुसेलेर हुर्केको म र मेरो पुस्ता लाई आज उन्को गीत सुन्न फुर्सद हुनु पर्छ , समय मिल्नु पर्छ । मैले जतन गरेर राखेको त्यो अल्बम आज कहाँ पुग्यो , मलाई नै पत्तो छैन । त्यो समय थियो , नारायण गोपाल का गीतका हर हरफ खरर सुनाउने हामी आज उन्को गीत गुंगुनाउन सम्झनु पर्छ

नारायण गोपाल ,

म दैनिक नारायण गोपाल चोक बाट हिड्छु , त्यही बाटो भएर दिनमा दुई चार पटक ओहोर दोहोर गर्छु , तर उन्को सालीक मेरा लागि समेत मोटरसाइकल घुमाउने चोक भएको छ । ठिङ उभिएर एक तमासले दक्षिण तर्फ हेरिरहेको स्वोर सम्राटको सालीक हेर्ने समेत फुर्सद छैन ।

यो सालीक हेरेर आज म सोचिरहेको छु , त्यो नारायण गोपाल , अनी यो नारायण गोपाल । अंबर गुरुङ को भाषा मा “कठै कहाँ गए ति दिनहरु ” । बिहान मात्र सुबाश कोइरालाले सामाजिक संजाल टुइटरमा लेखेको देखे पछी अझ भाबुक भएको छु – कुनै दिन बाटो सागुरो भो भनेर त्यो सालीक पनि उखालेर फ्याक्न बेर छैन ।

म लाजिम्पाट बस्थे , दार्जिलिङ तिरका एक जना साथी थिए – नेपाली गीत संगितका पारखी , उन्ले एक दिन चिनाइदिए – अंबर गुरुङलाई । भाग्यबस एक दिन नारायण गोपाल को सालीक नजिकै भेट भए अम्बर । शायद मलाई चिनेनन होला , बोल्न खासै मन गरेनन तर पनि मैले सोधेरै छोडे – सर ,तपाईं त्यो नारायण गोपाल र यो नारायण गोपाललाई कसरी हेर्नु हुन्छ ? अनुहार अध्यारो बनाए अंम्बरले – आँखा ओभाना भए , मलाई थक थक लाग्यो , बेकारमा सोधेछु भनेर , हातले ईशारा गरे सडक पेटिमा आउ भनेर । केही बेर चुप लागे अनी जवाफ दिए – भाई त्यो नारायण गोपाल नेपाली संगितको मुटु थियो , साच्चै नारायण थियो नेपाली संगित आकाशको । खुब पिउथ्यो , दिल खोलेर गाउथ्यो , हास्थो र हसाउथ्यो ।

तर भाई यो नारायण गोपाल एक तमासले हेरी रहन्छ , हर जाडो , गर्मी घाम बतास सहन्छ , बेबारिसे भो मेरो नारायण । गीत पनि गाउदैन । आज यो नारायणको कुनै मुल्य रहेन ।

दस मिनेट पछी अंबरले सुस्तरी तर प्रस्ट भने – त्यै भएर म आजकल यो बाटो हिड्दिन ।

स्वर सम्राट प्रती हार्दिक श्रद्दा सुमन !

About these ads