आउनुहोस् सभासद लाई नमस्कार गरौ ।
शिर्सक पढेर अचम्म नहुनुस् । यो एकदम सहि र आजको आवश्यकताको कुरा हो । आउनुहोस् दाजुभाई दिदी बहिनीहरु । हाम्रा महान सभासदहरुलाई आजै देखी नमस्कार गर्न सुरु गरौ । बिहान नमस्कार गरौ , बेलुकी नमस्कार गरौ ,मध्याम्नमा , आधारातमा उठेर , झिस्मिसेमा र सकेसम्म दिनमा बारह पन्द्र पटक नमस्कार गरौ । त्यसो गरे मात्र हामी सुरक्षित हुन सक्छौ , संबिधान लेखिन सक्छ , ठुलो कुरा देस बन्छ , शान्ति र संबिधान त भो नकुरागरौ , एक महिनामा सब तयार हुन्छ । लेख्ने पढ्ने सब ,सब ।
तपाईंलाई लाग्ला के बेतुक को कुरा गरेको होला ? यो कुरामा बहुत तुक छ महासय । के खान बेतुक को कुरा हुनु ? ल के के कारण छन त तीन करोड नेपाली ले सभासद नेतालाई दैनिक नमस्कार गर्न पर्ने भन्ने खस्खस मेट्न यहाँ तल पढ्नुस् ।
पहिलो कारण , दुई बर्ष मा संबिधान बनाउछु भनेर चुबाउ ताका बाचा गरेर भोट् फुत्काए र म्याद थप्दै खाँदै गरे , जनतालाई उल्लु बनाए आफु मोज गरे यस्ता बल होइन दिमाग लगाएर भात्ता पचाउने सभादद् लाई नमस्कार नगरेर के काले कुकुर लाई नमस्कार गर्ने त ? ल हेर्नुस् क्या काइदा को “मास्तर प्लान “ लगाएर बर्ष देखी म्याद थपेको थपेकै छन त । होइन भने होइन भन्नुस् ?
भोली बिहान देखी नै नमस्कार गर्नु पर्ने दोस्रो कारण अपहरन बाट बच्ने हो । अब जनतालाई अपहरन गर्ने काममा हाम्रा सभासद लाई बिहारी गुण्डाहरुले नि नभेट्ने भाई हाले त । अनी कतै नमस्कार नगरेको झोकमा भोली बिहान तपाईं अपहरण मा पर्नु भो भने को जिम्मेवेरी हुन्छ ? हेर्नुस् , नमस्कार गर्नुस् , दिन दिनै गर्नुस् , कतै हाम्रा आदरणिय सभासदको मन पग्लेर छ्ड्दे , त्यस्लाई चै अपहरण नगर भन्दिए भने त तपाईं का बाउ आमा , श्वासनी छोराछोरी ले रोइ कराइ गर्न पर्दैन ।
अर्को नि कारण छ सभासद लाई नमस्कार गर्न पर्ने । अदालतले दोशी करार गर्दा त टेरपुच्छर लगाउदैन , मान्छे मारेको हो थुनामा राखेर कारबाही गर भन्छ अदालत , उता सभासद गरर गाडीमा दौडन्छन , पुलिस प्रशासन हेरेको हेरेइ अनी ? भोली कदाचित नमस्कार नगरेको निहुमा गोली चल्यो भने ज्यान जान के बेर ? लु हत्तपत्त नमस्कार चै गरिहाल्नुस् है , भनेको मान्नुस् , पछी यस्तो भो र उस्तो भो भन्न चै पाइदैन नि ।
थप कारण नि छ है नमस्कार गर्नै पर्ने – हाम्रा सभासद हरु अब एघार करोड को घरमा बस्न थाले रे । ए बाबा एघार करोड को घरमा बस्ने चान चुने मान्छे हुन भन्या खै कुरो बुझेको ? महल मा बस्ने को हुन्छ थाहा छ नि , राजा हुन्छ राजा । उहिले राजा महलमा बस्थे जनता सडक बाट स्वस्ति गर्थे , अब तपाईं भन्नु होला उहिलेका कुरा खुइले , इस खुइलिन्चन , उहिले एक जान राजा थिए गणतन्त्र मा बहुत छन राजा , बाल्कोट का राजा , बुढानिलकण्ठ का राजा , लाजिम्पाट का राजा , मालीगाउका राजा , कोटेशोर का राजा , राजै राजा । अनी राजा लाई नमस्कार नगरे राजाका छोरालाई झोक चल्ला र बाटोमा हिड्दा हिड्दै मुस्ताङ वा प्राडो वा पजेरो लेखेको गाडीको टायर् ढाड माथी बाट “करस” गर्ला नि अली होस् गर्नुस् है , बरु दन्काइहाल्नुस् एक नमस्कार ज्यान त बाच्छ।
उपरोक्त कारण हरु बाहेक अरु पनि धेरै कारण हुन सक्छन नमस्कार गर्न पर्ने । तपाईंले बिहान बेलुकी नमस्कार गरेको सुनेर आदरणिय सभासद खुशी हुन सक्नु हुन्छ , अहिले हामी जनताले धेर गाली गरेको हुनाले रिसाएर पो संबिधान नलिखिदिनु भएको हो कि सभासद ज्यु ले ? के पत्तो ? तसर्थ यो देसका सम्पूर्ण आदरणिय जनसमुदाय मा मेरो अपिल छ , आउनुहोस् हाम्रा सभासद लाई सिर निहुराएर दन्डवत् गरौ । कर जोरेर नमस्कार गरौ , हामी सबै मिलेर यती गर्यौ भने उहाको मन पग्लन सक्छ , हामी प्रती दया जाग्न सक्छ मान्छेको मन न हो , चाकडी ले पग्लन सक्छ , त्यसो भो भने त आसिर्बाद स्वरुप हामीलाई संबिधान मिल्न सक्छ , देस मा शान्ती कायम हुन सक्छ । अमन चयन् हुन सक्छ । गाली गरेर के हुन्छ ? हुने भा पाँच बर्षमा जे हुनु भइ हाल्थ्यो नि । नहुने कुरा मा जोड नगरौ , गाली छोड्नुस् आजै देखी सभासद लाई नमस्कार गर्नुस् , चोक मा भेटे चोक मा गर्नुस् , गल्ली मा भेटे गल्लिमा गर्नुस् , भट्टि मा भेटे भट्टि मा गर्नुस् , । मैले चै फेरी पनि गरी हाले , नमस्कार सभासद ज्यु ।
म अहिले सम्म अपहरणमा परेको पनि छैन , मेरो ज्यान पनि सही सलामद् छ , यो सब को रहस्य पनि यही हो नि । म त हरेक दिन बिहान उठेर एक पटक सभासद लाई नमस्कार गर्छु अनी मात्र नित्य कर्म गर्छु ।
नमस्कार गर्नु पर्ने पाँचौ कारण यस्तो छ फेरी -बिचरा सभासद पनि त मान्छे नै हुन – गल्ती त भाईभैहाल्छहाल्छ नि , गाली गर्न पर्छ त ? गाली गरेपछी उहाको मन दुख्दैन ? मन दुखेसी रिस उठ्छ , रिस उठेसी शान्ती , सहमति र संबिधान त भाँडमा । रिसाएको बाहुन ले बेद पढ्दैन भन्ने सुन्नु भएको छैन तपाईंले ? अब रिस उठेसी कस्ले गर्छ सम्पत्ति फिर्ता , कस्ले दिन्छ जग्गा फिर्ता ? किन दिने ? गाली गर्ने शत्रु हुन । शत्रु लाई सम्परी फिर्ता ? अह हुँदैन , यो कुरा सदै उहालाई लागेको हुन सक्छ । नमस्कार गरी हाल्नुस् , जगा फिर्ता हुन सक्छ , के थाहा ? भोली बिहान फ्याट तपाईं को कब्जा सम्पति फिर्ता भनिदे भने , बिचरा लालाबालाले मिठो मसिनी खान पाउछन यो माघको जाडोमा , लु खुरुक्क नमस्कार गर्नुस् त के आल टाल गरेको होला ?
बार्ह सत्तरी कुरो नगर्नुस् , नत्र आज सम्म त आफ्नै नाम को मात्र पासपोर्ट बेचिरहनु भएको छ सभासद ज्यु ले । भोली देखी तपाईंको नाम को समेत् पासपोर्ट बनाएर बेचिदिन सक्नु हुन्छ। के ठान्या छ तपाईंले उहालाई । पररास्ट्र मन्त्रालय उहाकै आफ्नी ससुराली जस्तो हो । बिदेशी , बङलादेशि , सबैको नेपाली पासपोर्ट त बनाइदिन सक्नेले तपाईं को नाम को पास्पोर्ट बनाउनु कुन आईतवार ? अनी पास्पोर्ट बनाएर अरब कतार मलेसिया तिर जाउला, दुई पैसा कमाउला , श्वासनि छोराछोरी पालौला भन्ने तपाईं को सपना उडाउन कुनै सोमबार चाहिदैन है । त्यसैले भनेको मान्नुस् कुरो भुझिहाल्नुभो भो होला लु हात उठाउनुस् त महासय ।
मुख्य कुरा त बाँकी नै छ । नमस्कार गरे के पाइन्छ भन्ने ? कुन सभासद्ले हो कुन्नी बुहारी निकाला गरे भन्ने ठुलो हल्ला छ बजारमा । अर्को बुहारी खोज्दै होलान अब घर मा भएकी बुहारी लाई लात हानेर निकाले पछी नयाँ बुहारी त ल्याउनै पर्योप । हेर्नुस् है झट्ट नमस्कार गरी हाल्नुस् नत्र तपाईं कि बुहारी सभासद लाई ( छोरा लाई ) मन पर्ला र झ्याप अपहरन गरेर आफ्नै बुहारी बनाउलान अनी तपाईं को छोरा को बिजोक होला उता अरब तिर । तसर्थ घर मा छोरी बुहारी हुनेले त झन मस्का लगार नमस्कार गर्न नभुल्नु होला भन्ने मेरो सुझाउ छ । माने मान्नुस् , न माने तपाईं लाई साँढे साती शनि र भ्रामरी को दशाले एकै पल्ट छोप्ला होस् गर्नुस् । नमस्कार ।
Like this:
Like Loading...
लुट –
गोपी कृष्ण हलको अध्यारो कुनामा एक्लै धुमधुम्ती बसेर करीब दुई घण्टा आँखा झिम्म नगरि बजार हल्ला र अनलाइन / सोसल मिडिया मा समेत प्रसस्त चर्चा बटुलेको चलचित्र लुट हेरर बाहिर निस्कदै गर्दा म सँगै बाहिर निस्केका एकजना प्रौढको प्रतिकृया यस्तो थियो – म्याचिस ! यस्ता नेपाली फिलिम पनि बन्दा रहेछन नि । बर्षमा मा दुई चार वटा मात्र यस्ता नेपाली चलचित्र बन्दिने हो भने पनि हाम्रो चल्चित्रको गुणस्तर छ्या भन्ने पर्ने त थिएन ।
चलचित्र सुरु हुनै लाग्दा सुरु हुने “पैसा पैसा मान्छेको जिवन पैसा ” बोल को गीत जस्तै पैसाको वारीपरी घुमेको छ लुट । हाकु काले को “बुद्दी लागा पासा “ले यस्तो “मास्तर प्लान” लगाउछ कि बाँकी चार बैक लुटेरा मात्र होइन चलचित्र हेर्ने दर्सकले पनि अन्तिम दिस्य सम्म काले को “मास्तर प्लानको” सुइको सम्म पाउदैनन । सौगात मल्लले हाकु कालेको भूमिकामा यती उत्कृष्ट अभिनय गरेका छन कि त्यो पात्र कतै त्यैही “बिष्णुमतीको किनार ” तिरबाट समाएर ल्याएको पो हो कि जस्तो लाग्छ । पानी परिरहेको बेला कतै पार्टिमा बसेर माया पिरतिका कुरा गर्ने जोडीको द्रिश्यहुन वा मोटारसाइकलले हिलो छ्याप्दा गोफ्ले रिसाएको द्रिस्य होस् , अत्यन्त सहज् र स्वाभाबिक छन । अ बैकको बोर्ड फ्लेक्समा भने अली पच्दैन :)
बर्षौ देखी एउटै ‘ट्रेन’ फितलो संबाद , कमजोर प्रस्तुतीका चलचित्र बनाएर धाक लगाउदै आएका नेपालका निर्माता निर्देसक लाई नेपाल युवाले लुट मार्फत चलचित्रकै भाषामा “लामो जस्तो चाकमा लात” दिएका छन । राजेश हमाल को केश र भुवन के सि को फेस बेचेर सिनेमाको ब्यापार गरिरहेका हरुलाई त्यती उज्यालो अनुहार नपरेका र जिङ्रिङ्ग केस भएका हाकु , पाण्डे , गोफ्ले हरुले गतिलो झापड दिएका छन । चलचित्र अनुहार देखाएर र चाक हल्लाएर चल्दैन भनेर । हाकु , पाण्डे , गोफ्ले हरुले सुरु देखी अन्त सम्म दर्सकलाई एकसुरमा बाधेर मात्र राख्दैनन , ट्वाल्ल पारीदिन्छ , अब के होला भनेर सोच्न त पाईन्छ तर के होला अनुमान गर्न अली गार्है पर्छ दर्सक लाई । ।अनुहार र छ फिट अग्लो बडी होइन , उत्क्रिस्ट अभिनय , प्रभाबकारी संबाद , र उचित सेन्स अफ ह्युमर ले लुट उत्कृष्ट चलचित्र बनेको छ ।चलचित्र हेरिरहदा यस्तो लाग्छ , पर्दामा पात्रहरु अभिनय गरिरहेका होइनन बरु वास्तविक जीवनमा हरेक दिन हुने द्रिष्य हरु पर्दामा आइरहेका छन । समाजका ज्युदा पात्रहरुलाई निर्देसक ले टपक्क टिपेर पर्दामा ल्याएका छन । कतै पनि अतिरन्जित र अस्वाभाबिक लाग्दैनन द्रिष्य र संबाद हरु ।
अभिनयमा कर्मा , सौगात , रिचा शर्मा , प्रबिण हरु जमेका छ्न । दाँयाहाङ को भने यो चल्लचित्रमा जती प्रसंसा गरे पनि काम हुन्छ अत्यन्तै उत्कृष्ट अभिनय गरेका छन दाँयाहाङ ले । नेपाली युवाले प्रसस्त संभावना र आसा देखाएका छन फेरी एक पटक चलचित्र लुट मार्फत ।
मनी , मोबाइल र मोटार्साइकल को दौडमा युवा पुस्ता जे पनि गर्न सक्दछन । १२ बर्षको द्वन्दले साना हातहतियार्को कती बिग बिगी छ कता कता त्यसको झल्को र पछिलो पटक नेपाली समाजमा हुर्कदै गएको निरसा , लोभ , लुट र अपराधीकरण लाई नजिकबाट नियालेको छ लुट ले ।
चलचित्र मुख्यत मनोरन्जको माध्यम हो । चलचित्रले के सन्देस दियो वा के सिकायो भन्दा पनि पर्याप्त मनोरन्जन र पुरा दुई घण्टा एक तमास ले दर्सकलाई बाधेर राख्न सक्नु चलचित्रको सफलता हो – लुट ले यो मामाला मा कसैलाई गुनासो गर्ने ठाउँ दिदैन । संबाद को बिच बिच मा भाषा अली अस्लील जस्तो छ । तर आम बोलिचाली कै भाषा भएको ले त्यती अस्लील लाग्दैन । बरु संबादलाई अझ प्रभाबकारी बनाए जस्तो पो लाग्छ । त्यतीको भाषालाई अस्लील मान्नु पर्ने कुनै कारण छैन ।
संगित कमजोर छ चलचित्रको , किन भने संगित आबस्यक नै छैन यो चलचित्रमा । एउटै गीत “उध्रेको चोली ” उत्क्रिस्त छ । यो गीत र यसमा भएको सब्द्लाई अस्लील मान्ने हो भने नेपाली शब्दकोष मा अस्लीलाताको परिभाषा फिरिदिए हुन्छ । “छमिया” हेर्न डान्सबार गएको द्रिश्यमा “काफलगेडी कुटुक्कै ” वा ” रेसम फिरिरी ” राख्नु पर्छ भन्नेर उफर्ने हो भने त कुरा बेग्लै हो , अन्यथा संसारकै प्राय डान्स बारमा उध्रेको चोली , पातलो पेन्टी , उठेका छातीका फाचहरु नै देख्न पाईन्छ । अन्यथा लिनु हुदैन ।
माया पिरतिका कुरा यस्तै भद्र र सौम्य नै हुन्छन तर बर्षौ देखी नेपाली सिमेमा ले भने माया पिरती भन्ने बित्तिकै झाडिमा नाच्ने वा लडिबुडी खेल्ने वा पचास् थरी रङी चङी कपडा बदलेर डाँडा कडा दौडने सिवाए केही सोचेनन “लुट ले त्यो सोच पनि बदल्दिएको छ । एउटा पात्र गोफ्ले जो बेरोजगार छ पुरा चल्चित्र भरी एउटै कपडामा देखिन्छ बैक लुटन जाने दिन बाहेक । कती स्वाभाबिक लाग्छ भने !
पुतली र हाकु को एउटा सानो संबाद लोग्ने श्वासनीको सम्बन्ध देखाउन यती प्रभाबकारी छ कि बाँकी चलचित्र फेरी उनिहरुलाई देखाउन जरुरी नै पर्दैन ।
समग्रमा पुरानी कथा बस्तु भए पनि उत्कृष्ट अभिनय , स्ट्रङ डाइलग डेलिभरी र उत्क्रिस्ट छायान्कन ले “लुट ” उत्कृष्ट बनेको छ । भन्छन नि – सफलमानिसहरु कुनै फरक काम गर्दैनन , कुनै पनि काम लाई फरक किसिमले गर्छन् , लुट ले यो भनाइलाई सहि साबित गरेको छ । तपाईं पनि एक पटक हेर्ने हो कि?
[म कुनै कला समिक्षक वा चलचित्र समिक्षक होइन । एउटा तन्नेरी , जस्ले आफ्नै उमेरका तन्नेरीले बनाएको , अभिनय गरेको चलचित्र हेरेपछी आफ्नो मन मस्तिस्क मा आउने स्वाभाबिक भाबमा प्रतिकृया जनाएको मात्र हो । बाँकी त समिक्षक ,बिध्वान मित्रहरुले लेख्नेनै छन , यस्लाई त्यही रुपमा हेरिदिनुहोला । धन्यवाद ।]
Like this:
Like Loading...
गुमाने र गोरु जुधाइ!
गोरु जुधाइ!
हरेक बर्ष गुमाने ,
बारीको डिलमा बसेर गोरु गोरु जुधाइ हेर्छ ।
गोरु लडेको हेर्छ ।
गोरु दौडेको हेर्छ ।
बर्ष दिनमा गाम्मै आउने फिरिको तमासा ।
माघे सक्रान्तीको गोरु जुधाइ ।।
____________________________
हल्ला खल्ला छ ।
कुदा-कुद छ गोरु लडाउनेको ।
माथि घरे गोरु लडाउनेको छोरोको फुर्ती बग्लै छ ।
उस्को गोरु जो लड्नमा च्याम्पेन छ ।
@@@@@@
गुमाने मख्ख छ ।
हरसाल गाउमै गोरु जुधाइ हुन्छ ।
सक्रान्तीको जात्रा हुन्छ ।
गुमाने मख्ख परेर हेर्छ ।
आँगनको डिलमा बसेर गुरु जुधाइ ।
सोच्छ ,
अरु गाममा पनि हुन्छ कि हुन्न होला गोरु जुधाइ ।
गुमाने रेडियो खोल्छ ,
वेन आए रे शहरमा
वेन गए रे शहरबाट
गुमाने रेडियो बन्द गर्छ ।
@@@@@@@@@@@@@@@@
गोरु जुधाइ सकिएको छैन ।
एक हुल शहरबाट आएका ठिटा-ठिटीहरु
गुमानेकै छेउमा बसेर गोरु जुधाइ हेर्दैछन ।।
गुमाने उनिहरुलाई हेर्छ
शहरमा गोरु जुधाइ हुन्छ कि हुन्न होला ?
गुमानेलाई खस-खस लाग्छ ।
शहरीया ठिटालाई सोध्न मनलाग्छ ।
फेरी धक लाग्छ – फोटो खिच्ने शहरीयासँग बोल्न ।
गुमाने रनभुल्लमा पर्छ ।
@@@@@@@@@@@@@@
गोरु जुधाइ तल बेगले चलिरहेछ ।
गुमानेका गोरु छैनन – जुधाउन
नत्र आजको म्याच मेरै गोरुले जिथ्यो – गुमाने दङग पर्छ ।
गुमानेलाई खस खस लाग्छ ।
शहरमा गोरु जुधाउने भे किन आउथे शहरे ठिटा ठिटी केमरा बोकेर
हुँदैन होला शहरमा ।
गुमाने मन बुझाउछ ।
@@@@@@@@@@@@@@
गुमानेको मन मान्दैन
शहरमा गोरु जुधाइ हुन्छ कि हुन्न ?
गुमानेले हिम्मत बटोर्छ र सोध्छ शहरीयासँग ।
बाबु-भाई शहरमा गोरु जुधाइ हुन्छ कि हुन्न ?
शहरीया ठिटा-ठिटी गलल हास्चन
शहरमा पनि हुन्छ नि हो गाम्ले दाजु
बानिशोर भन्ने ठाममा ।
गाममा जस्तो होइन नि
त्या त बर्षभरी चल्छ
गुमाने बोल्दैन ,
मात्र फिस्स हास्छ र पिच्च थुक्छ बलबान छाप ।
सभासदलाई भनेको होला ,
गुमाने अन्दाज काट्छ
गोरु जुधाइ सकिन्छ ।
Like this:
Like Loading...