एस् एल सि को नतिजा अहिले साढे पाँच बजे प्रकाशित भएको छ । नतिजा हेर्नका लागि भन्दै विद्यार्थीहरु भक्तपुरस्थित परिक्षा नियन्त्रण कार्यालायमा भीड लागेको कान्तिपुर ले जनाएको छ ।

यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २ सय ८३ गरी पाँच लाख २८ हजार २ सय ५७ सहभागी थिए

नतिजा अनुसार -
एसएलसीमा ४७.१६ प्रतिशत उतिर्ण
विद्यार्थी उत्रिण भएका छन

यस पटक विशिष्ट श्रेणीमा १७ हजार ७ सय ६०, पहिलो श्रेणीमा ७७ हजार २५७, दोस्रो श्रेणीमा ९३ हजार ८३० र तेस्रो श्रेणीमा ८ हजार ७९१ जना उत्तीर्ण भएको नागरिक न्युज ले जनाएको छ ,
नतिजा हेर्नको लागि के गर्ने ? यहाँ हेर्नुस् -

नतिजा यहाँ छ ।
२०६८ सालकोSLC को रेगुलर तर्फको नतिजा

मार्कशीट हेर्न यहाँ क्लिक गर्नुस्

समय फरक, कथा उही , संबिधान सभा भाग दुई-

प्रसङग मधेश आन्दोलन बाटै सुरु गरौं ।
नम्बर एक -

एक जना छिमेकी छन् बिद्युत प्राधिकरणका मिटर रिडर – उमेर ५० बर्ष । राजबिराजको लंका टोलमा बस्थे , दुइटी छोरी, सानो र सुखी परिवार । सानो एउटा एक तल्ले घर । ओखढुङगाबाट मधेस झरेर जिन्दगीका ३५ साल काटेरे त्यहाँ । पिउनबाट जागिर सुरु गरेर अहिले मिटर रिडरसम्म बनेछन् ।
एक दिन कालो रात, औंसीको रात आयो आधी हुरी बोकेर, हुर्केकी एउटी छोरी, मधेस आन्दोलनको रापले उठाएर लग्यो । हार गुहार गरे , केही सिप चलेन । केही आन्दोलनका अगुवा ‘तेरी छोरी दे भन्दै आए’, उनकै भाषामा उठाए र लगे । मरी, बाँची पत्तो पाएनन् । पुर्ख्यौली घर चार लाख जतिमा बेचे र काठ्मान्डौ हानिए, हुर्केकी अर्की छोरी बचाउन ।

बाँकी यहाँ पढ्नुस् ।

अब देखी यो ब्लग http://www.nepaldiary.net मा अपडेट हुनेछ । धन्यवाद ।


राष्ट्रपती कार्यालयको बिज्ञाप्ती

१. नेपाल सरकार, मन्त्रिपरिषद् (मं.प.वै.सं. १३/०६९) को बैठकद्वारा “नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ बमोजिम संविधानसभाको कार्यकाल मिति २०६९ साल जेठ १४ गते सम्म भएको र संविधान निर्माणको कार्यलाई पूर्णता प्रदान गर्न बाँकी नै रहेकोले सर्वोच्च अदालत, विशेष इजलासको रिट नं. ०६८–WS–००१४ मिति २०६८ साल मंसिर ९ गतेको आदेशले संविधानसभाको कार्यकाल २०६९ साल जेठ १४ गते स्वतः समाप्त हुने हुँदा संविधान निर्माण कार्यलाई पूर्णता प्रदान गर्न नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ बमोजिम अर्को संविधानसभाको निर्वाचन गर्न आवश्यक भएकोले संविधानको धारा ६३ (२) बमोजिम अर्को संविधानसभाको निर्वाचन मिति २०६९ मंसिर ७ गते बिहीबार गर्ने गरी तोकिएको छ” भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा मिति २०६९/२/१४ मा श्री सचिव निर्वाचन आयोगलाई लेखिएको पत्रको वोधार्थ पत्र मिति २०६९/२/१४ गते राती २३:२५ बजे यस कार्यालयमा प्राप्त भएको ।

२. तत्कालीन संविधानसभाका सम्माननीय अध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले “नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ बमोजिम सम्वत् २०६४ साल चैत्र २८ गते सम्पन्न आमनिर्वाचन भई गठित संविधानसभाको कार्यावधि आज २०६९/२/१४ सम्म रहेको, संविधान निर्माणको क्रममा टुङ्गो लाग्न बाँकी विषयहरुमा सहमती कायम हुन नसकि संविधानसभा अन्तर्गतको संवैधानिक समितिबाट संविधानको पहिलो मसौदा तयार हुन नसकेको कारण कार्यसूचीको अभावमा आज निर्धारित संविधानसभाको वैठक बस्नु पर्ने आवश्यकता नै भएन । नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ मा संशोधन गरी संविधानसभाको कार्यकाल तीन महिना थप गर्नको लागि नेपाल सरकारद्वारा मिति २०६९/२/९ मा दर्ता गरिएको नेपालको अन्तरिम संविधान तेह्रौं संशोधन विधेयक, २०६९ नेपाल सरकारले आजै फिर्ता लिएको कारण आजको लागि निर्धारित व्यवस्थापिका–संसदको बैठक समेत बस्नु पर्ने औचित्य रहेन । यस परिवेशमा नेपाल सरकार मन्त्रिपरिषद्को आजै बसेको बैठकबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ (२) बमोजिम अर्को संविधानसभाको निर्वाचन गर्न मिति २०६९ मंसिर ७ गते बिहीबारको मिति तोकेको भन्ने जानकारी समेत प्राप्त हुन आएको अवस्था छ । यस स्थितिमा सम्वत् २०६५ साल जेठ १५ गते देखि प्रारम्भ भएको संविधानसभाको बैठक तथा नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको हैसियतमा कार्य गरी आएको र यही २०६९ जेठ ४ गते देखि प्रारम्भ भएको व्यवस्थापिका–संसदको एघारौं अधिवेशन समेत आज राती १२:०० बजे देखि स्वतः समाप्त भएको” भनी मिति २०६९/२/१४ मा सम्माननीय राष्ट्रपतिज्यूलाई संबोधन गरी लेख्नु भएको पत्र मिति २०६९/२/१५ गते विहान ००:१० को समयमा यस कार्यालयमा प्राप्त हुन आएको ।

३. उपर्युक्त व्यहोराबाट संविधानसभाको कार्यकाल नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६४ बमोजिम सम्वत् २०६९ साल जेठ १४ गते रातको १२:०० बजे देखि स्वतः समाप्त भएको र संविधानसभाले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका–संसदको हैसियतमा काम गर्न सक्ने अवस्था समेत स्वतः नरहेको ।

४. नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (७) मा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने विभिन्न ४ वटा अवस्था उल्लेख गरिएका र सो उपधाराको खण्ड (ख) मा “निज व्यवस्थापिका–संसदको सदस्य नरहेमा” भन्ने वाक्याश रहेको छ । माथिको व्यहोराबाट संविधानसभा र व्यवस्थापिका–संसदको अस्तित्व समाप्त भइसकेको स्थितिमा व्यवस्थापिका–संसदको सदस्यको हैसियतमा प्रधानमन्त्रीको उमेदवार बनी निर्वाचित हुनु भएका तत्कालीन संविधानसभाका माननीय सदस्य डा. श्री बाबुराम भट्टराईको सदस्यता समेत संविधानसभाको समाप्ति सँगसँगै स्वतः समाप्त हुन गएको ।

५. नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) मा “उपधारा (७) बमोजिम प्रधानमन्त्री आफ्नो पदबाट मुक्त भए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गरिरहनेछ” भनी उल्लेख भएको हुँदा सम्माननीय राष्ट्रपतिले सम्वत् २०६८ साल भाद्र १२ गतेका दिन तत्कालीन संविधानसभाका माननीय सदस्य डा. श्री बाबुराम भट्टराईको अध्यक्षतामा गठित मन्त्रिपरिषद्लाई नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (९) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्य सञ्चालन गर्न स्मरण गराउनु भएको छ । यो मन्त्रिपरिषद्द्वारा सम्पादन गरिएका कार्यहरुका निम्ति सम्माननीय राष्ट्रपतिले सम्माननीय प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का सदस्यहरुलाई धन्यवाद दिनु भएको छ ।

६. सम्माननीय राष्ट्रपतिले देशको पछिल्लो परिस्थिति प्रति विशेष जिम्मेवारी बोध गर्दै अन्तरिम संविधान, २०६३ को मर्म अनुरुप राजनीतिक सहमति र सहकार्यको संकृतिलाई प्रोत्साहित गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्नु भएको छ । संविधानसभाको अनपेक्षित अवसानका कारण उत्पन्न राजनीतिक अन्यौलको निकास शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाटै पहिल्याइने विश्वास पनि सम्माननीय राष्ट्रपतिले व्यक्त गर्नु भएको छ ।

(राष्ट्रपती कार्यालयको बिज्ञप्ती । )

अन्तत चार बर्षको अन्योल , अस्थिरता र संबिधान जारी हुदैन , ६०१ नालायक हुन केही गर्न सक्दैनन भन्ने आशंका र भ्रम लाई चिर्दै “गणतन्त्र नेपालको संबिधान २०६९” जारी भएको छ । भाग र धारा नखुलाइको भए पनि गत राती १२ बजे रेडियो नेपालको रात्रीकालिन सेवाबाट इतिहासका सर्बोच्च नायक प्रधानमन्त्री ले संबिधान जारी गरेका हुन ।
नयाँ संबिधान हेर्न यहाँ क्लिक गर्नुस् ।
माओवादी , मदेशी मोर्चा , एमाले , काङेस , जातीजनजाती, ब्रहमाण , क्षेत्री आदिका टाउकेहरु दिनभर बालुवाटारमा बसेर अत्यन्तै सौहाद्र बाताबरणमा बसेर दिन भर बार्ता गरे पछी संबिधान जारी हुने माहोल बनेको रेडियो नेपाल का क्याम्पाहरी राइ ले रासस लाई जानकारी दिएका छन ।

संबिधान यसरी अचानक जारी भएको र संबिधान ले सबै नेपाली जनतालाई एक ढिक्कामा बाधेर शान्ती र समुन्न्नतीको सन्देश दिएपछी एक हुल युवा “नया संबिधानलाई स्वागत गरौ ” भन्दै दरबारमार्गमा यसरी नाच्दै थिए ।

नयाँ संबिधानलाई स्वागत गरौ ।

इमेज च्यानलले जनाए अनुसार पछी ति युवाहरु बानेश्वोरको पानी ट्यांकी पछाडी कुनामा बसेर क्वा क्वा रोए रे । किन रोए भन्ने बारेमा सो च्यानलले “कुरा भित्रका कुरा ” कार्यकर्ममा बताउने समाचार छ ।

संबिधान जारी भएपछी नेक्पा एमाले , कङ्ग्रेज , माओवादी , मदेशी , जनजाती , बर्मान , छेत्री , सबै मिलेर एउटा नयाँ “काट्टो” नामको स्वादिस्ट परिकारको भोज खाए, रातभरी “ए सब संबिधान , तेरे लिए ” नामको गीत मा नाचे । यता फेसबुक , टुइटर , ब्लग जस्ता सामाजिक संजाल मार्फत नेपालमा रहेका र देश बाहिर रहेका नेपालीहरुले एकोहोरो संख बजाए, संबिधान दिन सफल भएको मा संबिधान सभालाई फूल माला , अबिर चढाए र खुशीयालीमा आँखा ओभाना बनाए ।

यसरी आफ्नो संबिधान आफै लेख्ने करिब ६० बर्ष देखीको नेपाली जनताको सपना पुरा भएको मा कस्ले के भने तल हेर्नुस् –

एमाले – गजब भो । क्या संबिधान बनाइयो ।

काङेस- सबैलाई बधाई छ । यो संबिधान हामीले पो बनाएको हो त । अरुले त सहिछाप् मात्र गरेका हुन ।

माओवादी – हाम्रो पाट्टिले महान जनयुध्द गरेर ल्याएको संबिधान हाइ हाइ ।।

मदेशबादी दल :_ हमार संबिधान के स्वागत करु । सम्पुन मदेश , नया प्रदेस ।

राष्ट्रपती :- म दुखी छु देश दुखी छ । ( बज्जे , सब खुशी मा को बेला दुखी हुदो रहेछ , महाअभोयोग सामना गर्नु पर्ला )

अन्य – लै बरी लै । लै बरि लै ।। नयाँ संबिधान लै बरि लै ।।

यसरी चार बर्स को अथक प्रयास , नेताहरुको संबिधान प्रतीको मोह , गम्भिरता ले संबिधान आएको देखेर कमल थापाले थपडी बजाएर स्वागत गरे भने निर्मल निवासले एकाइस तोप को सलामी दिएको भनेर राजु भन्ने एक संबाददाताले फेस्बुकमा शेयर गरेका छन ।

सबैले संबिधान जारी भएको खुशीयालीमा ताली बजाए । देशीले बजाए , बिदेशीले बजाए , सब सब्ब्ले । तर यो देशको दुर्भाग्य !! तीन करोड नेपाली जनताले न ताली बजाए न संबिधान जारी को “काट्टो ” भोज खाए । किन्न हो कुन्नी जनताले दु:ख पो माने ।

जय देश । जय नेपाल ,

[मैले यो अत्यन्तै होसहवास मा लेखेको हो । मेरो मानसिक सन्तुलनमा कुनै गडबडी नभएको सहर्ष जानकारी गराउछु ]

होलीका थप फोटो हरु !


थप फोटो अपलोड हुँदैछ ।

शिवरात्रीका बाँकी फोटोहरु हेर्ने भए यता आउनुस् ।

This slideshow requires JavaScript.

शिवरात्रीको अगिल्लो दिन हिजो दिउसो र साँझ मा पशुपतिनाथ मन्दिर आसपास खिचेका केही फोटोहरु ।

हिन्दूहरुको एउटा अर्को चाड महाशिवरात्री आज भब्यरुपमा मनाइदैछ । भगवान भोलेनाथको पूजा अर्चर्ना गरेर मनाउने यो चाडको रौनैक संसारकै हिन्दुहरुको सबैभन्दा ठुलो तर्थस्थल पशुपतिनाथमा आज ठुलो संख्यामा दर्शनार्थीहरुको भिड छ ।

तर बिगत बर्षहरुमा भगवान को आराधाना गरेर मनाइने यो चाड आज भोली भने नराम्रो सँग गाँजा खाने , अस्लील बोल्ने र रमिता गर्न चाड को रुपमा बिकसित हुँदै गइरहेको छ । हिजो दिउसो पशुपतीनाथ घुम्न जादा देखेका केही द्रिस्य तल राख्ने जमर्को गरेको छु ।

द्रिश्य न एक :-

शिवरात्रीको प्रमुख आकर्सण मध्ये एक साधु हुन । तर शिवरात्रिमा जती साधु आएका छन , हेर्दै फोहोरी , ननुहाएकोले गन्हाउने , असभ्य बोल्ने , नेपाली कसैले नबोल्ने , सबैले साधुले हिन्दी बोल्ने , भक्तजनलाई मनपरी बोलेर गाली गर्ने छन । के साधु भनेका यस्तै हुन ? साधु को साब्दिक अर्थ त सब्य , सुसक्रित र असल भन्ने लाग्छ होइन र नेपाली भाषामा ? तर पशुपतिमा आएका साधु त एउटा पनि अली सभ्य , सफा र “साधु ” जस्ता देखिदैनन । साधुको भेषमा “**** ” जस्ता देखिन्छन ।

द्रिश्य न दुई :-


साधुले गाजा को बेपार गर्ने हो ? चिलिम बेच्ने हो ? शिवरात्रिमा आएका करिब सबै साधु हरु मन्दिर आसपास मा बसेर गाँजा बेचिरहेका छन । र प्रशासन तमासा हेरेर बसेको छ् । के नेपालको कानुन अनुसार गाँजा बेच्न छुट हो ? नत्र के को तमासा हो यो ? साधु सब्द कै अपमान हुन गरी तमासा हुँदा प्रशासन किन मौन ?

द्रिश्य न तीन :- नाङगो नाँच

पशुपतीनाथ मा हरेक शिवरात्रीमा देखिन अर्को नाटक नाङगा बाबा नामधारी कथित असभ्य र जङली मान्छेहरुको हो । तलको तस्बिर हेर्नुस् । यो बाबा नामको कलंक बिच बाटोमा बसेर ……….? बिच बाटोमा के तमासा हो ? मैले यो तस्बिर खिच्दै गर्दा यो बाटो हिड्ने महिला हरु अनुहार निहुराएर हिंड्न बाध्य थिए ।

केहीबेरमा पशुपतिको स्थानिय सुरक्षाकर्मी ले हटाउन खोज्दा अपसब्द बोल्ल्दै नाङ्गो नामको बाबा !

द्रिश्य न चार :-रुद्राक्ष को ब्यापारको नाममा ठगी


अब जती मुखे चाहिने छ् भन्ने अनी पछी बोक्रा खोलेर हेर्दा भित्र रुद्रक्ष नै नबए पनि पैसा तिर्न पर्ने रे । तपाईं को भाग्य नै तेस्ताइ रहेछ भन्दियो क्या आनन्द । भाग्यको नाममा नेपाली लाई ठग्न सजिलो छ भने पछी पश्चीमा बङाल बाट ब्यापार गर्न आइपुगेछन यिनिहरु । ल यिन्को ब्यापार को ब्यानर हेर्नुस् , बाङला भाषामा छ ।

द्रिश्य न पाँच :- गुण्डा जस्ता देखिने साधु :-
यिन्ले चै अरु साधु सँग दश दस रुपयाँ लिन्छ्न रे

फोटो आँफै बोल्छ , मैले के भन्न्नु ?

द्रिश्य न छ :-

यो नि तस्बिरले नै बताउछ । धुवामा मस्त बाबाहरु !

माथि

र तल धुवामा मस्त मेरो देशको बुढो पुस्ता र अझ तल युवा पुस्ता ।

अरु कती लेख्नु ? सिभरात्री पर्ब होइन , कुपर्ब बन्दै गएको छ ।

२०५५ सालको फागुन महिना हुनुपर्छ ।
म काठमान्डु आएको तिन बर्ष जती बिती सकेको थियो । । तीनवटा हिउद पचाइ सकेको थिए मैले यताको जाडोमा । दिनरातको रुटिङ उही थियो , स्कुल जाउ , भुरा सँग दिन भर छिनाझप्टि गर , थाकेर कोठामा आउ , पकाउन जागर चले पकाएर खाउ नत्र भोकै सुत । बस समयसारिणी मा हिडिरहेको थियो जिन्दगी ।
भक्तपुर , मुँलालाँ सडकको चिसो भुइ कोठाको बसाइ , अली परको खरिपाटीमा स्कुल , स्कुल छेउको लप्टन डाँडा , मेरो दिनचर्या थिए । आज जस्तो भिडभाड थिएन , कमलबिनायकबाट माथि लागे पछी । खाली-खाली खेत , खलियान देखिन्थे र देखिन्थ्यो पर सल्लाघरी , नगरकोट जाने बाटोमा । तर त्यो सल्लाघारी , त्यो नगरकोटले कहिल्यै तानेन मलाई । जती तान्यो त्यै लप्तन डाडोले , त्यै खरिपाटीको बिष्णुको मन्दिरले र पर भक्तपुर दरबार क्षेत्र निर रहेको सिद्ध पोखरीले । त्यो लप्टन डाँडामा बसेर मैले खुप चिहाए जीवन र जगतलाई , खुब गमे , र जीवन सम्झेर खुब रोए , भक्कनिएर रोए धेरै पटक । त्यो लप्टन डाडो , मेरो एकान्तको , मेरो तनहाइको मौन साक्षी हो ।

म काठमाडौं आएको अर्को न बर्ष हुनु पर्छ , बजारमा एउटा गीत आयो , कर्णदासको-जिन्दगी को के भरोसा , ….. दुई आँखामा एक मा हाँसो अर्को मा रुवाइ छ । दुर्भाग्य , म सँग त्यो क्यासेट सुन्ने औजार थिएन , न किन्ने ल्याकत नै थियो । तर म डेरा बसेको घरको दोस्रो तलामा त्यो गीत दिनमा करिब अठार घण्टा जती बज्थ्यो । कोठामा हुँदा म ढोका खुलाई राखेर बस्थे , ताकी त्यो गीत कन्ठ हुने गरी सुनियोस । एक दिन गीत कन्ठ भो । अनी मलाई लप्टन डाँडा जाने बहाना मिल्यो । लप्टन डाँडा को कुनामा बसेर जिन्दगी को के भरोसा … एक्लै गुङुनाउनु त छदै थियो ।
_____________________________________
अँ ,प्रसँग यता २०५५ फागुन महिनाको हुनुपर्छ ।

शिवरात्री आयो ।
(धेरै…)

आउनुहोस् सभासद लाई नमस्कार गरौ ।

शिर्सक पढेर अचम्म नहुनुस् । यो एकदम सहि र आजको आवश्यकताको कुरा हो । आउनुहोस् दाजुभाई दिदी बहिनीहरु । हाम्रा महान सभासदहरुलाई आजै देखी नमस्कार गर्न सुरु गरौ । बिहान नमस्कार गरौ , बेलुकी नमस्कार गरौ ,मध्याम्नमा , आधारातमा उठेर , झिस्मिसेमा र सकेसम्म दिनमा बारह पन्द्र पटक नमस्कार गरौ । त्यसो गरे मात्र हामी सुरक्षित हुन सक्छौ , संबिधान लेखिन सक्छ , ठुलो कुरा देस बन्छ , शान्ति र संबिधान त भो नकुरागरौ , एक महिनामा सब तयार हुन्छ । लेख्ने पढ्ने सब ,सब ।

तपाईंलाई लाग्ला के बेतुक को कुरा गरेको होला ? यो कुरामा बहुत तुक छ महासय । के खान बेतुक को कुरा हुनु ? ल के के कारण छन त तीन करोड नेपाली ले सभासद नेतालाई दैनिक नमस्कार गर्न पर्ने भन्ने खस्खस मेट्न यहाँ तल पढ्नुस् ।

पहिलो कारण , दुई बर्ष मा संबिधान बनाउछु भनेर चुबाउ ताका बाचा गरेर भोट् फुत्काए र म्याद थप्दै खाँदै गरे , जनतालाई उल्लु बनाए आफु मोज गरे यस्ता बल होइन दिमाग लगाएर भात्ता पचाउने सभादद् लाई नमस्कार नगरेर के काले कुकुर लाई नमस्कार गर्ने त ? ल हेर्नुस् क्या काइदा को “मास्तर प्लान “ लगाएर बर्ष देखी म्याद थपेको थपेकै छन त । होइन भने होइन भन्नुस् ?
भोली बिहान देखी नै नमस्कार गर्नु पर्ने दोस्रो कारण अपहरन बाट बच्ने हो । अब जनतालाई अपहरन गर्ने काममा हाम्रा सभासद लाई बिहारी गुण्डाहरुले नि नभेट्ने भाई हाले त । अनी कतै नमस्कार नगरेको झोकमा भोली बिहान तपाईं अपहरण मा पर्नु भो भने को जिम्मेवेरी हुन्छ ? हेर्नुस् , नमस्कार गर्नुस् , दिन दिनै गर्नुस् , कतै हाम्रा आदरणिय सभासदको मन पग्लेर छ्ड्दे , त्यस्लाई चै अपहरण नगर भन्दिए भने त तपाईं का बाउ आमा , श्वासनी छोराछोरी ले रोइ कराइ गर्न पर्दैन ।

अर्को नि कारण छ सभासद लाई नमस्कार गर्न पर्ने । अदालतले दोशी करार गर्दा त टेरपुच्छर लगाउदैन , मान्छे मारेको हो थुनामा राखेर कारबाही गर भन्छ अदालत , उता सभासद गरर गाडीमा दौडन्छन , पुलिस प्रशासन हेरेको हेरेइ अनी ? भोली कदाचित नमस्कार नगरेको निहुमा गोली चल्यो भने ज्यान जान के बेर ? लु हत्तपत्त नमस्कार चै गरिहाल्नुस् है , भनेको मान्नुस् , पछी यस्तो भो र उस्तो भो भन्न चै पाइदैन नि ।

थप कारण नि छ है नमस्कार गर्नै पर्ने – हाम्रा सभासद हरु अब एघार करोड को घरमा बस्न थाले रे । ए बाबा एघार करोड को घरमा बस्ने चान चुने मान्छे हुन भन्या खै कुरो बुझेको ? महल मा बस्ने को हुन्छ थाहा छ नि , राजा हुन्छ राजा । उहिले राजा महलमा बस्थे जनता सडक बाट स्वस्ति गर्थे , अब तपाईं भन्नु होला उहिलेका कुरा खुइले , इस खुइलिन्चन , उहिले एक जान राजा थिए गणतन्त्र मा बहुत छन राजा , बाल्कोट का राजा , बुढानिलकण्ठ का राजा , लाजिम्पाट का राजा , मालीगाउका राजा , कोटेशोर का राजा , राजै राजा । अनी राजा लाई नमस्कार नगरे राजाका छोरालाई झोक चल्ला र बाटोमा हिड्दा हिड्दै मुस्ताङ वा प्राडो वा पजेरो लेखेको गाडीको टायर् ढाड माथी बाट “करस” गर्ला नि अली होस् गर्नुस् है , बरु दन्काइहाल्नुस् एक नमस्कार ज्यान त बाच्छ।
उपरोक्त कारण हरु बाहेक अरु पनि धेरै कारण हुन सक्छन नमस्कार गर्न पर्ने । तपाईंले बिहान बेलुकी नमस्कार गरेको सुनेर आदरणिय सभासद खुशी हुन सक्नु हुन्छ , अहिले हामी जनताले धेर गाली गरेको हुनाले रिसाएर पो संबिधान नलिखिदिनु भएको हो कि सभासद ज्यु ले ? के पत्तो ? तसर्थ यो देसका सम्पूर्ण आदरणिय जनसमुदाय मा मेरो अपिल छ , आउनुहोस् हाम्रा सभासद लाई सिर निहुराएर दन्डवत् गरौ । कर जोरेर नमस्कार गरौ , हामी सबै मिलेर यती गर्यौ भने उहाको मन पग्लन सक्छ , हामी प्रती दया जाग्न सक्छ मान्छेको मन न हो , चाकडी ले पग्लन सक्छ , त्यसो भो भने त आसिर्बाद स्वरुप हामीलाई संबिधान मिल्न सक्छ , देस मा शान्ती कायम हुन सक्छ । अमन चयन् हुन सक्छ । गाली गरेर के हुन्छ ? हुने भा पाँच बर्षमा जे हुनु भइ हाल्थ्यो नि । नहुने कुरा मा जोड नगरौ , गाली छोड्नुस् आजै देखी सभासद लाई नमस्कार गर्नुस् , चोक मा भेटे चोक मा गर्नुस् , गल्ली मा भेटे गल्लिमा गर्नुस् , भट्टि मा भेटे भट्टि मा गर्नुस् , । मैले चै फेरी पनि गरी हाले , नमस्कार सभासद ज्यु ।

म अहिले सम्म अपहरणमा परेको पनि छैन , मेरो ज्यान पनि सही सलामद् छ , यो सब को रहस्य पनि यही हो नि । म त हरेक दिन बिहान उठेर एक पटक सभासद लाई नमस्कार गर्छु अनी मात्र नित्य कर्म गर्छु ।

नमस्कार गर्नु पर्ने पाँचौ कारण यस्तो छ फेरी -बिचरा सभासद पनि त मान्छे नै हुन – गल्ती त भाईभैहाल्छहाल्छ नि , गाली गर्न पर्छ त ? गाली गरेपछी उहाको मन दुख्दैन ? मन दुखेसी रिस उठ्छ , रिस उठेसी शान्ती , सहमति र संबिधान त भाँडमा । रिसाएको बाहुन ले बेद पढ्दैन भन्ने सुन्नु भएको छैन तपाईंले ? अब रिस उठेसी कस्ले गर्छ सम्पत्ति फिर्ता , कस्ले दिन्छ जग्गा फिर्ता ? किन दिने ? गाली गर्ने शत्रु हुन । शत्रु लाई सम्परी फिर्ता ? अह हुँदैन , यो कुरा सदै उहालाई लागेको हुन सक्छ । नमस्कार गरी हाल्नुस् , जगा फिर्ता हुन सक्छ , के थाहा ? भोली बिहान फ्याट तपाईं को कब्जा सम्पति फिर्ता भनिदे भने , बिचरा लालाबालाले मिठो मसिनी खान पाउछन यो माघको जाडोमा , लु खुरुक्क नमस्कार गर्नुस् त के आल टाल गरेको होला ?

बार्ह सत्तरी कुरो नगर्नुस् , नत्र आज सम्म त आफ्नै नाम को मात्र पासपोर्ट बेचिरहनु भएको छ सभासद ज्यु ले । भोली देखी तपाईंको नाम को समेत् पासपोर्ट बनाएर बेचिदिन सक्नु हुन्छ। के ठान्या छ तपाईंले उहालाई । पररास्ट्र मन्त्रालय उहाकै आफ्नी ससुराली जस्तो हो । बिदेशी , बङलादेशि , सबैको नेपाली पासपोर्ट त बनाइदिन सक्नेले तपाईं को नाम को पास्पोर्ट बनाउनु कुन आईतवार ? अनी पास्पोर्ट बनाएर अरब कतार मलेसिया तिर जाउला, दुई पैसा कमाउला , श्वासनि छोराछोरी पालौला भन्ने तपाईं को सपना उडाउन कुनै सोमबार चाहिदैन है । त्यसैले भनेको मान्नुस् कुरो भुझिहाल्नुभो भो होला लु हात उठाउनुस् त महासय ।
मुख्य कुरा त बाँकी नै छ । नमस्कार गरे के पाइन्छ भन्ने ? कुन सभासद्ले हो कुन्नी बुहारी निकाला गरे भन्ने ठुलो हल्ला छ बजारमा । अर्को बुहारी खोज्दै होलान अब घर मा भएकी बुहारी लाई लात हानेर निकाले पछी नयाँ बुहारी त ल्याउनै पर्योप । हेर्नुस् है झट्ट नमस्कार गरी हाल्नुस् नत्र तपाईं कि बुहारी सभासद लाई ( छोरा लाई ) मन पर्ला र झ्याप अपहरन गरेर आफ्नै बुहारी बनाउलान अनी तपाईं को छोरा को बिजोक होला उता अरब तिर । तसर्थ घर मा छोरी बुहारी हुनेले त झन मस्का लगार नमस्कार गर्न नभुल्नु होला भन्ने मेरो सुझाउ छ । माने मान्नुस् , न माने तपाईं लाई साँढे साती शनि र भ्रामरी को दशाले एकै पल्ट छोप्ला होस् गर्नुस् । नमस्कार ।

लुट –

गोपी कृष्ण हलको अध्यारो कुनामा एक्लै धुमधुम्ती बसेर करीब दुई घण्टा आँखा झिम्म नगरि बजार हल्ला र अनलाइन / सोसल मिडिया मा समेत प्रसस्त चर्चा बटुलेको चलचित्र लुट हेरर बाहिर निस्कदै गर्दा म सँगै बाहिर निस्केका एकजना प्रौढको प्रतिकृया यस्तो थियो – म्याचिस ! यस्ता नेपाली फिलिम पनि बन्दा रहेछन नि । बर्षमा मा दुई चार वटा मात्र यस्ता नेपाली चलचित्र बन्दिने हो भने पनि हाम्रो चल्चित्रको गुणस्तर छ्या भन्ने पर्ने त थिएन ।
चलचित्र सुरु हुनै लाग्दा सुरु हुने “पैसा पैसा मान्छेको जिवन पैसा ” बोल को गीत जस्तै पैसाको वारीपरी घुमेको छ लुट । हाकु काले को “बुद्दी लागा पासा “ले यस्तो “मास्तर प्लान” लगाउछ कि बाँकी चार बैक लुटेरा मात्र होइन चलचित्र हेर्ने दर्सकले पनि अन्तिम दिस्य सम्म काले को “मास्तर प्लानको” सुइको सम्म पाउदैनन । सौगात मल्लले हाकु कालेको भूमिकामा यती उत्कृष्ट अभिनय गरेका छन कि त्यो पात्र कतै त्यैही “बिष्णुमतीको किनार ” तिरबाट समाएर ल्याएको पो हो कि जस्तो लाग्छ । पानी परिरहेको बेला कतै पार्टिमा बसेर माया पिरतिका कुरा गर्ने जोडीको द्रिश्यहुन वा मोटारसाइकलले हिलो छ्याप्दा गोफ्ले रिसाएको द्रिस्य होस् , अत्यन्त सहज् र स्वाभाबिक छन । अ बैकको बोर्ड फ्लेक्समा भने अली पच्दैन :)

बर्षौ देखी एउटै ‘ट्रेन’ फितलो संबाद , कमजोर प्रस्तुतीका चलचित्र बनाएर धाक लगाउदै आएका नेपालका निर्माता निर्देसक लाई नेपाल युवाले लुट मार्फत चलचित्रकै भाषामा “लामो जस्तो चाकमा लात” दिएका छन । राजेश हमाल को केश र भुवन के सि को फेस बेचेर सिनेमाको ब्यापार गरिरहेका हरुलाई त्यती उज्यालो अनुहार नपरेका र जिङ्रिङ्ग केस भएका हाकु , पाण्डे , गोफ्ले हरुले गतिलो झापड दिएका छन । चलचित्र अनुहार देखाएर र चाक हल्लाएर चल्दैन भनेर । हाकु , पाण्डे , गोफ्ले हरुले सुरु देखी अन्त सम्म दर्सकलाई एकसुरमा बाधेर मात्र राख्दैनन , ट्वाल्ल पारीदिन्छ , अब के होला भनेर सोच्न त पाईन्छ तर के होला अनुमान गर्न अली गार्है पर्छ दर्सक लाई । ।अनुहार र छ फिट अग्लो बडी होइन , उत्क्रिस्ट अभिनय , प्रभाबकारी संबाद , र उचित सेन्स अफ ह्युमर ले लुट उत्कृष्ट चलचित्र बनेको छ ।चलचित्र हेरिरहदा यस्तो लाग्छ , पर्दामा पात्रहरु अभिनय गरिरहेका होइनन बरु वास्तविक जीवनमा हरेक दिन हुने द्रिष्य हरु पर्दामा आइरहेका छन । समाजका ज्युदा पात्रहरुलाई निर्देसक ले टपक्क टिपेर पर्दामा ल्याएका छन । कतै पनि अतिरन्जित र अस्वाभाबिक लाग्दैनन द्रिष्य र संबाद हरु ।
अभिनयमा कर्मा , सौगात , रिचा शर्मा , प्रबिण हरु जमेका छ्न । दाँयाहाङ को भने यो चल्लचित्रमा जती प्रसंसा गरे पनि काम हुन्छ अत्यन्तै उत्कृष्ट अभिनय गरेका छन दाँयाहाङ ले । नेपाली युवाले प्रसस्त संभावना र आसा देखाएका छन फेरी एक पटक चलचित्र लुट मार्फत ।

मनी , मोबाइल र मोटार्साइकल को दौडमा युवा पुस्ता जे पनि गर्न सक्दछन । १२ बर्षको द्वन्दले साना हातहतियार्को कती बिग बिगी छ कता कता त्यसको झल्को र पछिलो पटक नेपाली समाजमा हुर्कदै गएको निरसा , लोभ , लुट र अपराधीकरण लाई नजिकबाट नियालेको छ लुट ले ।

चलचित्र मुख्यत मनोरन्जको माध्यम हो । चलचित्रले के सन्देस दियो वा के सिकायो भन्दा पनि पर्याप्त मनोरन्जन र पुरा दुई घण्टा एक तमास ले दर्सकलाई बाधेर राख्न सक्नु चलचित्रको सफलता हो – लुट ले यो मामाला मा कसैलाई गुनासो गर्ने ठाउँ दिदैन । संबाद को बिच बिच मा भाषा अली अस्लील जस्तो छ । तर आम बोलिचाली कै भाषा भएको ले त्यती अस्लील लाग्दैन । बरु संबादलाई अझ प्रभाबकारी बनाए जस्तो पो लाग्छ । त्यतीको भाषालाई अस्लील मान्नु पर्ने कुनै कारण छैन ।

संगित कमजोर छ चलचित्रको , किन भने संगित आबस्यक नै छैन यो चलचित्रमा । एउटै गीत “उध्रेको चोली ” उत्क्रिस्त छ । यो गीत र यसमा भएको सब्द्लाई अस्लील मान्ने हो भने नेपाली शब्दकोष मा अस्लीलाताको परिभाषा फिरिदिए हुन्छ । “छमिया” हेर्न डान्सबार गएको द्रिश्यमा “काफलगेडी कुटुक्कै ” वा ” रेसम फिरिरी ” राख्नु पर्छ भन्नेर उफर्ने हो भने त कुरा बेग्लै हो , अन्यथा संसारकै प्राय डान्स बारमा उध्रेको चोली , पातलो पेन्टी , उठेका छातीका फाचहरु नै देख्न पाईन्छ । अन्यथा लिनु हुदैन ।

माया पिरतिका कुरा यस्तै भद्र र सौम्य नै हुन्छन तर बर्षौ देखी नेपाली सिमेमा ले भने माया पिरती भन्ने बित्तिकै झाडिमा नाच्ने वा लडिबुडी खेल्ने वा पचास् थरी रङी चङी कपडा बदलेर डाँडा कडा दौडने सिवाए केही सोचेनन “लुट ले त्यो सोच पनि बदल्दिएको छ । एउटा पात्र गोफ्ले जो बेरोजगार छ पुरा चल्चित्र भरी एउटै कपडामा देखिन्छ बैक लुटन जाने दिन बाहेक । कती स्वाभाबिक लाग्छ भने !

पुतली र हाकु को एउटा सानो संबाद लोग्ने श्वासनीको सम्बन्ध देखाउन यती प्रभाबकारी छ कि बाँकी चलचित्र फेरी उनिहरुलाई देखाउन जरुरी नै पर्दैन ।
समग्रमा पुरानी कथा बस्तु भए पनि उत्कृष्ट अभिनय , स्ट्रङ डाइलग डेलिभरी र उत्क्रिस्ट छायान्कन ले “लुट ” उत्कृष्ट बनेको छ । भन्छन नि – सफलमानिसहरु कुनै फरक काम गर्दैनन , कुनै पनि काम लाई फरक किसिमले गर्छन् , लुट ले यो भनाइलाई सहि साबित गरेको छ । तपाईं पनि एक पटक हेर्ने हो कि?

[म कुनै कला समिक्षक वा चलचित्र समिक्षक होइन । एउटा तन्नेरी , जस्ले आफ्नै उमेरका तन्नेरीले बनाएको , अभिनय गरेको चलचित्र हेरेपछी आफ्नो मन मस्तिस्क मा आउने स्वाभाबिक भाबमा प्रतिकृया जनाएको मात्र हो । बाँकी त समिक्षक ,बिध्वान मित्रहरुले लेख्नेनै छन , यस्लाई त्यही रुपमा हेरिदिनुहोला । धन्यवाद ।]

गुमाने र गोरु जुधाइ!

गोरु जुधाइ!
हरेक बर्ष गुमाने ,
बारीको डिलमा बसेर गोरु गोरु जुधाइ हेर्छ ।
गोरु लडेको हेर्छ ।
गोरु दौडेको हेर्छ ।
बर्ष दिनमा गाम्मै आउने फिरिको तमासा ।
माघे सक्रान्तीको गोरु जुधाइ ।।
____________________________
हल्ला खल्ला छ ।
कुदा-कुद छ गोरु लडाउनेको ।
माथि घरे गोरु लडाउनेको छोरोको फुर्ती बग्लै छ ।
उस्को गोरु जो लड्नमा च्याम्पेन छ ।

@@@@@@

गुमाने मख्ख छ ।
हरसाल गाउमै गोरु जुधाइ हुन्छ ।
सक्रान्तीको जात्रा हुन्छ ।
गुमाने मख्ख परेर हेर्छ ।
आँगनको डिलमा बसेर गुरु जुधाइ ।
सोच्छ ,
अरु गाममा पनि हुन्छ कि हुन्न होला गोरु जुधाइ ।
गुमाने रेडियो खोल्छ ,
वेन आए रे शहरमा
वेन गए रे शहरबाट
गुमाने रेडियो बन्द गर्छ ।
@@@@@@@@@@@@@@@@
गोरु जुधाइ सकिएको छैन ।
एक हुल शहरबाट आएका ठिटा-ठिटीहरु
गुमानेकै छेउमा बसेर गोरु जुधाइ हेर्दैछन ।।
गुमाने उनिहरुलाई हेर्छ
शहरमा गोरु जुधाइ हुन्छ कि हुन्न होला ?
गुमानेलाई खस-खस लाग्छ ।
शहरीया ठिटालाई सोध्न मनलाग्छ ।
फेरी धक लाग्छ – फोटो खिच्ने शहरीयासँग बोल्न ।
गुमाने रनभुल्लमा पर्छ ।
@@@@@@@@@@@@@@
गोरु जुधाइ तल बेगले चलिरहेछ ।
गुमानेका गोरु छैनन – जुधाउन
नत्र आजको म्याच मेरै गोरुले जिथ्यो – गुमाने दङग पर्छ ।
गुमानेलाई खस खस लाग्छ ।
शहरमा गोरु जुधाउने भे किन आउथे शहरे ठिटा ठिटी केमरा बोकेर
हुँदैन होला शहरमा ।
गुमाने मन बुझाउछ ।
@@@@@@@@@@@@@@
गुमानेको मन मान्दैन
शहरमा गोरु जुधाइ हुन्छ कि हुन्न ?
गुमानेले हिम्मत बटोर्छ र सोध्छ शहरीयासँग ।
बाबु-भाई शहरमा गोरु जुधाइ हुन्छ कि हुन्न ?
शहरीया ठिटा-ठिटी गलल हास्चन
शहरमा पनि हुन्छ नि हो गाम्ले दाजु
बानिशोर भन्ने ठाममा ।
गाममा जस्तो होइन नि
त्या त बर्षभरी चल्छ
गुमाने बोल्दैन ,
मात्र फिस्स हास्छ र पिच्च थुक्छ बलबान छाप ।
सभासदलाई भनेको होला ,
गुमाने अन्दाज काट्छ
गोरु जुधाइ सकिन्छ ।

नेपाली राजनीतिको सबभन्दा पुरानो र धेरै समय सत्तामा रहेको र बलियो जनाधर पनि रहेको भनिएको पार्टी नेपाली काङ्रेसले नेपाल बन्द गरेरै छोड्यो । देश भित्र र बाहिरबाट अत्यन्त तिब्र बिरोध हुँदा हुँदै पनि काङ्रेस टसको मस भएन बन्द आयोजना गर्न । संभबत नेपालमा बन्द को बिरोध उठेको यो सबन्दा ठुलो स्वोर हो भन्ने जान्दा जान्दै पनि किन हो काङ्रेसले आफुलाई पनि बन्द आयोजकको लहरमा उभ्यायो र अराजकता र तोडफोडमा उत्रियो ।
धेरै बर्ष राजनिती गरेका , देसका लागि आफ्नो सम्पूर्ण उमेर त्याग गरेका धेरै नेताको जमातहो काङेस । एमाले वा माओवादी जस्तो कुनै बिषयमा कम बिदादास्पद निर्णय गर्छ वा बिबादस्पद बिसयमा मौन रहन्छ भन्छन कागेसलाई । राष्ट्रिय र अन्तराष्ट्रिय रुप मा पनि अली कती सहि अडान र निर्णय क्षमता भएको पार्टी मानिन्थ्यो काङेस केही हदसम्म ।

दुर्भाग्य त्यही काङ्रेस ले देश ठप्प पार्यो । तोड्फोड गर्यो र अराजकतामा उत्र्यो , जस्को निहु भने सार्है सामान्य र निम्नस्तर को थियो । सरकार लाई दबाब दिने संसद, कानुन र न्यायलय हुँदाहुँदै आफुलाई कानुनी सासन को हिमायाती मान्ने काङेसले उग्रपन्थी र बामपन्थी व्यबहार देखायो भन्दा अत्योक्ती नहोला ।

यसपाला काङेस चुक्यो र देश बन्धक बन्यो । नेत्रित्व चुक्यो रे पुरा देसले एक पटक फेरी दु:ख पायो । जब नेत्रित्व चुक्छ , पार्टी र देशले त्यस्को मुल्य चुकाउनु पर्छ , नेपाली काङेस को बर्तमान नेत्रित्व आज नराम्रानी चुकेको छ । दबाद र तनाब आएर गएर्को निर्णय ले देस लाई कहियै भलो गर्दैन । नेपाली राजनीति को पुरानो रोगले क्रमस काङेस लाई पनि गाज्न लागेको हो ?

जुनासुकै पार्टी मा पनि सही र गलत मान्छे हुन्छन , झुन्ड हुन्छ , तर नेत्रित्वले सहि र गलत छुट्याउनु पर्छ । गलत झुन्डले जहिल पनि नेत्रित्वलाई गलत निर्णय गर्न दबाब दिएकै हुन्छ

तर जब पार्टी भित्रका फटाहा , गुण्डा , गलत झुन्ड र खराब मनसाय भएका ब्याक्तीहरु हाबी हुन्छ्न र नेत्रित्व ले त्यसको दबाब झेल्न सक्दैन , पार्टी त कमजोर हुन्छ नै , अन्ततोगत्वा त्यसले कसैलाई भलो गर्दैन । आजको काङेर्स को बन्द त्यसकै को उपज हो । र यसले कालन्तर सम्म नेपाली राजातिनी लाई पिरोल्ने छ ।
अझ दु:ख लाग्दो कुरा त के भने शहिद शब्दको यत्रो ठुलो अपमान गर्न किन उद्धत छ काङेस । मुद्दा फिर्ता भइसक्यो पौडेलको शहिद पनी घोषणा होलान । देसका लागि रगत बगाउने अरु प्रसस्त काङेसीहरु को दरदनाक मृत्यु भएको छ तर तिनिहरु कहिल्यै शहिद भएनन र पनि तिनिहरुको मुल्याकन नेपाली राजनीतिमा धेरै उचो छ । आज आएर किन गलत नजिर बसाउन खोज्दैछ काङेस ?

यहाँनिर बाल्क्रिश्न ढुङेलको आममाफी लाई लिएर नेपाली काङेसले उठाएको आवाज बिर्सनलायक बनेको छ , काङेसकै कारण । जब एउटा कानुनी रुपमा दोशी करार ब्यक्तीको बिषयलाई लिएर यो देसै ठप्प पार्ने हद सम्मा काङ्रेस ओर्लन्छ भने ।

नेपाली राजनीति हो , भोली देखिनेनै छ – शिव पौडेलको मुद्दा फिर्ता को बिसयलाई लिएर माओवादीले अड्को थाप्ने छ , तिम्रो शिव निर्दोस अनी मेरो बालक्रिस्न चै दोशी ? एमालेले अर्को बबण्डर मच्चाउने छ , तिम्रो शिव निर्दोस , मेरो पर्शुराम चै दोशी ? यस्ले नेपाली राजनिती लाई अपराधिकरणको खाडलमा फस्ने निस्चित छ , यस्को श्रेय काङेस लाई जादैन र ?

नेपाली राजनतिलाई अपराधीकरण बाट न माओवादीले रोक्न सक्यो , न एमालेले । काङेस समेत अब आएर यही घन्चक्करमा फसे पछी देश को दुर्गती हुनबाट रोक्ने चै कस्ले ?

आदरणिय शुसिल दा , नमस्कार !
बन्दको तयारीमा जोडतोडले लाग्नु भएको होला । फुर्सदै कहाँ होला र तपाईंलाई ? तैपनी प्रजातन्त्रमा अरुका कुरा पनि सुन्नु पर्छ, फरक मतको पनि कदर गर्नु पर्छ भन्ने तपाईंलाई लाग्छ भने यो एउटा सानो गुनासो सुनाउने जमर्को गरेकोछु , कृपया सुनिदिनु होला ।
शुशिल दा , उमेर निकै कट्यो तपाईंको , चुस्स परेका सेता दार्ही र फुलेको केश लिएर देस र जनताका लागि भनेर (तपाइकै शब्द हो यो देस / जनताको लागि राजनीति गरेको भन्ने ) राजनीति गरेको लामै समय भयो । नेपाली जनताको पिर मर्का , समस्या , दु:ख , दुर्दिन को बारेमा तपाईं भन्दा जानकार अरु को होला र हगी ? सधैं चिन्तित देख्छु , सोचमग्न देख्छु , देस र जनताको लागि नै त होला नि है , नत्र यसरी चिन्ता लिनु पर्ने अरु को नै छ् र तपाईं को ?

शुसिल दा ,

शिव पौडेल मारिए । दु:खलाग्दो कुरा हो यो । उनी मारिए , त्यो पनि जेल भित्र एउटा कैदी कुटी कुटी मारिए । देसमा शान्ती सुरक्षा र अमनचयन छ भनेर कसरी पत्याउने ? यस्तो नालायक सरकार छ कि देश मा जती निन्दा गरे पनि कम हुन्छ , यस्तो नालायक सरकार लाई सत्तामा / कुर्शिमा एक मिनेट पनि बस्ने अधिकार छैन । शिव पौडेल का परिवार लाई राहत दिनु पर्छ , दोशी लाई कारबाही कानुन बमोजिम हिनु पर्छ भन्ने मेरो र सबै आम नेपाली को माग छ । दोषी ले उन्मुक्ती पाउनु हुँदैन ।
आदरणिय शुसिल दा ,
मैले तपाईं लाई सम्झाउन आबस्यक त थिएन तर पनि सम्झाउने दुश्साहस गर्दैछु । शिव पौडेलको बारेमा आम धारणा त्यती सकरात्मक छैन । पत्र पत्रीका , रेडियो र टेलिभिजन मा आएको समाचार अनुसार उनी काठ तस्करमा मात्र होईन , हत्यामा समेत सम्लग्न अपराधी थिए र प्रहरिको खोर मा रहेका एक अभियुक्त थिए । फेरी भन्दैछु , उनी मारिए यस्को बिरोध गर्नै पर्छ तर उनी अपराधी पनि थिए यो पनि कटु सत्य हो । उनी गुण्डा को नाइके हुन भने कही बाट छुपेको छैन ।
शुसिल दा, हप्ता दिन पनि बितेको छैन , कैलालीमा चुलो छोएको निउुमा एक दलित युबकको कुटी कुटी हत्या भयो । तपाईं चुइक्क बोल्नु भएन, बोल्न आबस्यक पनि देख्नु भएन । तर जब शिव पौडेल मारिए , तपाईं बुर्लुक्क उफ्रिएर नेपाल बन्द गर्न तम्सनुभयो, तोड फोड मा उत्रनुभो र अराजक हुनु भो , यो किन शुशिल दा ? त्यो दलित तपाईं को कार्यकर्ता थिएन , त्यसैले त्पाइ चुप लाग्नु भा’हो ? के त्यो दलित नेपाली होइन , जस्का निमित्त तपाइको मन अलिकती पनि दुखेन ? जवाफ दिने हिम्मत छ तपाईं सँग ?

मैले यो पंती लेखिरहदा तपाईंहरु को मशाल जुलुस भरखरै सकिएको छ । भोली नेपाल ठप्प पार्ने ठुलो उदघोस् सहित । मैले भने तपाईं हरु को त्यो मशाल को राँको मा मेरो देश दनदन्ती , ह्वारह्वारी बलेको देखे शुसिल दा ।

तपाईं को नेपाल बन्दले भोली एउटा मजदुर ले खान पाउदैन , उस्को परिबारले भोलीको रात भोकै सुत्नु पर्नेछ । जाडो को याम छ ,त्यो रिक्सा चालक, त्यो मजदुर , त्यो भरिया , त्यो फुट्पाथ पसले , त्यो चना चट्पटेले यो जाडो मा भोकै पेट सुत्नु पर्नेछ भोली । यि गरीब र निमुका नेपाली प्रती अलिकती पनि सहानुभुति छैन तपाईंमा ? देस र जनताको लागि राजनीति गरेको भनेर नथाक्ने तपाईंका जनता को हुन ? सुकिला मुकिला , दुइछाक खान पुग्ने, ठुला शाहु मात्र तपाईंका जनता हुन भने मेरो भन्नु केही छैन तपाईं लाई । तर दिन भरी ज्याला मजुरी गरेर खाने पनि तपाईंको जनता , कार्यकर्ता हुन भने उनीहरु को भोको पेटले तपाईंलाई के आषिस देला र दाजु ?

तपाईंको बन्दले भोली एउटा बिरामी समयमा उपचार नपाएर मर्न सक्छ , उस्की जहान बिधवा हुन्छे र सन्तान टुहुरा हुन्छन । एउटा अबोध बाल्क ले बिद्या आर्जन गर्न पाउदैन , आर्थिक नोक्सानी को ठुलो कुरा नगरु दाजु , यहाँ खान लाउनैको ठुलो समस्या भएको बेला । एउटा ज्यामी खान नपाएर चिसो ले कठाङ्रिएर मर्न सक्छ , त्यस्को दोस तपाईं लाई लाग्छ कि लाग्दैन ?

सडकमा टायर बाल्न लगाएर , ढुङ्गा मुढा गर्न युवाहरुलाई उक्साएर तपाईंले खै कस्तो नयाँ , शान्त र सुन्दर नेपालको परिकल्पना गर्नु भएको हो , मेरो सानो मस्तिस्कले भेउ पाउन सकेको छैन तर के चै मलाई थाहा छ भने त्यस्तो तरिका ले देस बन्दैन दाजु । बरु बिग्रछ । तपाईं ले देस र जनताका लागि , त्यो पनि सामान्य ज्यामी , मजदुर , शिक्षक , बेपारी , वकिल , कामकाजी सामान्य नागरिक , सेवा गर्ने कर्मचारि को लागि तपाईंले राजनीति गर्नु भएको हो भने यो अराजकता , तोडफोड र नेपाल बन्द बाट पार दिनुहोस् ।

शिव पौडेलको हत्यामा संलग्न हरु त जेल भित्रै छन , उनिहरुलाई कार्बाही गर्न दबाब दिने अरु पनि तरिका छन नि । सर्बसाधारण को गल्ती छ र नेपालै बन्द गरेर सर्बसाधरण जनताको हुर्मत लिनु ?

नेपाल बन्द गरेर केही जितिदैन दाजु । बन्द त त्यो कुरा गर्नुस् जस्ले हाम्रो देश लाई, समाजलाई नराम्रो असर गरीरहेको छ । भ्रास्टाचार बन्द गर्नुस् , घुस्खोरी बन्द गर्नुस ,ढिलासुस्ती बन्द गर्नुस् , म्याद थप्न बन्द गर्नुस् , टायर बाल्न बन्द गर्नुस् । नेपाल बन्द बन्द गर्नुस् , जनताले मुरी मुरी आसिक दिनेछन । आगामी चुनाउ मा बहुमत त सरकार तपाईंकै बन्ला । :)

सामान्य जनतालाई गरिखान दिनुस् सुशिल दा ! बन्द लाई सधैंको लागि बन्द गर्नुस् ।

अन्त मा अङ्ग्रेजी मा एउटा उखान छ Gray hair is not the sign of wisdom , it’s the sign of old age ! तपाईंको फुलेको केशमा यो उखान लागु नहोस् । बिकेक र बुद्धी ले काम लिनुहोस् ।

यो पोस्टमा केही स्क्रीन सट हरु छन । आज दिन भर सामाजिक सन्जाल फेसबुक र टुइटर मा बन्द को प्रतिक्रिया स्वोरुप लेखिएका ।

Follow

Get every new post delivered to your Inbox.

Join 56 other followers