आफ्नै कुरा


तिम्रो आँखामा रन्किएको मृत्‍यु ताण्डब देखेर,
गौतम बुद्ध ले बन्दुक बोक्न नपरोस गुरु !
तिम्रा हातमा जोर्नी छुट्याउने किला बन्चरा देखेर
गान्धिले ‘कुङ फु ‘ सिक्न नपरोस गुरु !
एक बार को जुनी बचाउन नि हामीले गुरु
खुडाँ खुकुरीमा धार लगाउन नपरोस !

के गुरु पुर्णिमा मान्नु र गुरु
तिमी जस्ता हत्यारा र पापी ‘प्रधान’ गुरुहरु भएको देशमा,
मैले आदर, सत्कार गर्ने आदरणिय गुरुहरु देख्दा पनि आजकल
तिम्रो थुतुनो याद आउछ,
अह, पटक्क मन छैन गुरु दिवस मनाउन ,
बरु तिमी मर गुरु,
म मृत्‍युभोज मनाउछु !

२०६६ गुरु पुर्णिमा

भारतद्धारा नेपालको सीमा अतिक्रमण गर्ने र नेपालीहरुमाथि बिभिन्न तबरले आमानबीय व्यबहार गर्ने जस्ता कृयाकलाप जे जसरी गर्दै आइरहेका छन त्यस्को बिरुद्धमा संसारभर छरिएर रहेका नेपालीहरुले आज जून १५ तारिख सोमबारका दिन Global Day of Action Against Indian Aggression in Nepal मनाउन गैरहेका छौं ।

Global day of action against indian aggression in nepal8 (more…)

काठमाण्डौ र डेराको बसाइ , अब यो बिषयमा मैले तपाइलाइ धेरै भन्नु आबस्यक नहोला । मैले किन यो प्रसंग ल्याएको हो भने म भोलि डेरा सर्दैछु । मलाइ र संभबत तपाइलाइ पनि ( यदि तपाइ काठमाण्डौमा डेरा बस्नु हुन्छ वा काठ्माण्डौको डेराको बास तपाइले पनि अनुभब गर्नु भएकोछ भने )डेरा सर्ने काम असाध्यै गार्हो र झन्झटिलो लाग्द्छ । अब घरबेटीले डेरा खोज्नु भने पछि खोज्नु नै पर्‍यो । अब मेरो डेरा जुरेको छ , गोंगबुमा , त्यहा नेट सुबिधा छ कि छैन , त्यो पनि मलाइ राम्रोसंग थाहा छैन । अब का केहि दिन म नेटको संसार बाट अलप हुनेछु । बिगत का दिन हरुमा तपाइले नेपाल डायरी प्रति देखाउनु भएको सदभाब र सहयोग प्रति हार्दिक आभार प्रकट गर्दै संभब भए सम्म चाडै नै तपाइहरुसामु आउने बाचा गर्दै आज र अब आगामी केहि दिनका लागी बिदा को अनुमति चाहान्छु । नेपाल डायरी हेर्दै गर्नुहोला ।

नेपाल डायरी डट कम @ ११:१५

करीब एक हप्ता बाहीर जानु परेको ले नियमित रुपमा ब्लग लेख्न सकीन । जान त खासै टाढा गएको होइन म, नेपाल र चिन को सिमाना “झाङमु” सम्म मात्र गएको १।२ दिनको लागि तर गर्दै भन्दै जादाँ एक हप्ता पुरै गयो।
पहिले पनि भनेको थिएँ म कुनै पत्रकार होइन ,एउटा सधारण ब्यापार ब्याबसाय गर्ने ब्यक्ति हु भनेर ।(बैंक मारा र देशमारा ढकाल र चौधरी जस्तो चै होइन है)

मेरो अलिकति”च्याला” ल्याउनु पर्ने थियो, ५०”थोप” जति। त्यै भएर म चाइनाको “डेङ्गा” सम्म गएको थिए । समान त धेरै थिएन तर चाइनाको काइदा कानुन लम्बेतान भएको र भाषाको समस्याले गर्दा धेरै दिन लाग्यो । गएको २ दिन सम्म त नेपाल तिरै बसियो लिपिङ बजार मा अचम्मको ठाउ हो लिपिङ । (more…)

करिब १ हप्ता नेपाल बाहिर जानुपर्ने काम परेको कारण ले गर्दा समयमा नै ब्लग अपडेट गर्न सकिएन । तै पनि आफ्नो ब्यस्त समयको बाबजुद भाइ पियुश ले ब्लग अपडेट गरीदीएको मा पियुश लाइ धेरै धैरै धन्यबाद । पियुश को फोटो ब्लग हेर्न यहा क्लिक गर्नुहोस । आज बिहान ५ बजे तिर मात्र काठमाण्डौ आइपुगेको ले बेलुकी देखि भने अपडेट गर्नेनै छु । तपाइको सहयोग र सदभाबको लागी धेरै धेरै धन्यबाद ।

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers