होलीका थप फोटो हरु !
तस्बिर
March 8, 2012
होलिकाफोटो हरु -फोटो फिचर !
Posted by nepaldiary under कला र शैली, तस्बिर, नेपाल डायरी, होली, Blog, nepaldiary, Photo Blog, Photo of the Day | Tags: नेपाल, नेपालडायरी, फगुवा, फागु, फागु पुर्णिमा, फोटो, फोटो ब्लग, रङ, होली |[2] Comments
December 5, 2011
यो नारायण गोपाल , त्यो नारायण गोपाल
Posted by nepaldiary under कला र शैली, जिबन, तस्बिर, नारायण गोपाल, नेपाल डायरी, फोटो ब्लग, साहित्य, स्वर सम्राट | Tags: कला, नारायण गोपाल, नेपाल, संगित, स्वर सम्राट |[4] Comments
म करिब आठ बर्षको हुदो हुँ,नारायण गोपालको अबसान हुँदा ,त्यो उमेरमा नारायण गोपालको गीत त के मैले नाम पनि सुनेको थिएन । चासो पनि त थिएन ,तर जब अली बुझ्ने उमेरको भइयो ,मैले अली अली उनका गीत सुने । २०५३ साल तिर हुनु पर्छ , नारायण गोपाल को एउटा एल्बम मेरो हात मा पर्यो , म्युजिक नेपालले निकालेको ।
तिमी छौ र म छु- सब थोक छ यहाँ , जस्तो छ माटो त्यस्तै छ गीत यहा – हरिशरण लामिछानेको उद्घोषण रहेको त्यो
एल्बममा बिच बिचमा नारायण गोपालको स्वर (गित बाहेक ) पनी समाबेश थियो । नारायण गोपालको त्यो आवाज आज करिब पन्द्र बर्ष पछी पनि मेरो मस्तिस्कमा ताजै छ – -एउटा असाध्यै राम्रो प्रतिभा निर शाह ले लेखेको, र अर्को त्यस्तै प्रतिभा सम्भुजित बास्कोटा ले संगित गरेको एउटा गीत होस् वा अर्को एउटा पुरानो गीत – तिमीले पनि म जस्तै होस् । अनी के चाहियो र हामीलाई , फुर्सद मात्र चाहिन्थो , उनै नारायण गोपालका कालजयी गीत हाम्रो दिन काट्ने ,गफ गर्ने र रमाइलो गर्ने अबसर बन्यो । घरमा एउटा पुरानो टाइप को थोत्रो टेप रीकर्डर थियो , र क्यासेटको नाम मा उही नारायण गोपाल को गीत ।
खोला,बगर ,मेला पात ,जमघट कही छोडनौ हामीले त्यो गीत सुन्न , मेरा दुई जान साथी थिए , गीत संगितका असाध्य पारखी , नबिन थापा र सन्तोष श्रेस्ठ । सन्तोश गीत पनि गाउथे – पर्खि बसे आउँला भनी….. , हामी मक्ख परेर सुन्थ्यौ । स्कुलमा टिफिन होस् वा खाली कक्षा , सन्तोष सुरु गरी हाल्थ्यो ।। हामी धोद्रे स्वोर मा साथ दिन्थ्यौ – बगेको पात झै भयो …….
मेरो पुस्ता त्यही गीत सुनेर हुर्कियो । अली पछी सन्तोष ले खै कता बाट एउटा अर्को एल्बम लिएर आयो नारायन गोपाल कै । अनी त झन के चहियो हामीलाई । खुप सुनियो ।
(more…)
December 5, 2011
सुन्दर नेपाल । सुन्दर सुदुर पश्चिम ।। फोटो ब्लग ।
Posted by nepaldiary under तस्बिर, नेपाल डायरी, फोटो ब्लग, मेरो देश, यात्रा, BBC, Blog, Fursad, Nepal, nepaldiary, Photo Blog, Photo of the Day, tourism, tours, Travel | Tags: blog, Nepal, tourism |1 Comment
गत हप्ता भाई पियुश ले नेपालगन्ज देखी सुदुर पश्चिम चादनी – दोधारा सम्मको यात्रा मा खिचेका फोटोहरु आज को फोटो ब्लग मा । नेपाल सुन्दर देश त हुँदै हो । अझ सुदर देखिएको छ , फोटो मा । सुदुर पश्चिम को रामारोसन को फोटो बिबिध कारणबस आज राख्न सकिएन । अर्को पटक राख्बे कोसिस गर्ने छु ।
(more…)
July 13, 2011
तन्नेरिको हाइकिङ मस्ती
Posted by nepaldiary under तस्बिर, नेपाल डायरी, फोटो ब्लग, यात्रा, Fursad, Hiking, Photo Blog, Travel | Tags: घुम्फिर, फोटो, ब्लग, यात्रा, हाइकिङ |[3] Comments
सातदोबाटोको अमृत भोजन अगाडि उभिएर काकाबा ले “हाइकिमा स्वागत छ ” भनिरहदा घण्टाघर को घडी शायद सात बजेको घन्टी हानी सकेको हुनुपर्छ , साथ मा तन्नेरी हरु को हाइकिङ मस्तीनि सुरु भै सकेको थियो । उनै काका बा , सुमन मन्जरी , नारायण अमृत , सुदिपसान ,पुजारी, राहुल भाई , बसन्ती र म भेला भैसकेका थिऔ – उमेश श्रेष्ठको प्रकृतिप्रेमी समुह ले आयोजना गरेको काठमाडौं -भिमडुङगा को हाइकिङ मस्ती का लागि ।
हुन त त्यो पदयात्रा मा कारीब १५० जना जती समाबेश थिए तर पनि मस्ती र हाइकिङ को रौनक भने करिब पन्द्र बिस तन्नेरी लाई लागेको थियो राम्रै सँग । सातदोबाटो बाट करिब आठ बजे छुटेको बस मा सितापाइला पुगे पछी थपिए – प्रमोद न्यौपाने , दिपक भट्टराई , कमल कुमार , सरोस , के पि शर्मा र मेडिकल् अफिसर सुदिप आचार्य । बस के चाहियो तन्नेरै को मस्ती सुरु हुन । पछाडी We Tweet for cause र TFC Nepal को लेखेको टि सर्ट लगाएका यो झुन्ड् ले “म आउँदा चै ओईे भन है झम्के गुलेली” सुरु गरे पछी भने त्यो हाइकिङ मात्र हाइकिङ रहेन , मस्ती , सास्ती, पूजारी र बिहाको रेखीका गफ सम्म पुग्यो ।टुइटरमा हासो ठट्टा गर्ने सुदिप आचार्य र सुमन मन्जरिलाई पूजारिले म पात्रो सम्म बोकेर आएको छु , लगन जुराउन भनेर ठट्टा गर्दा सिङै बसमा लामो हासोको फोहोरा होस् वा , बिहेमा रेखी हाल्ने कुरा आउँदा होस , तन्नेरी को हासो लगातार बर्सिरह्यो । करिब करीब आधा घण्टा बस यात्रा पछी अब सुर भो – हाइकिङ को असली हाइक अर्थात हिडाइ – तन्नेरी जोस कहाँ कम थियो र – हासो ठटटा , पूजारी र किस्सा को बर्षात जारी थियो – तर जब अलिक उकालो बाटो आयो अनी अस्लाई रुप देखायो हाइकिङ ले ।अली ठुला ज्यान भएका प्रमोद न्यौपाने र पत्रकार दिपक भट्टराई असिन पसिन देखिन्थे र बेला बेला मा बिच बाटो मै सुस्ताउथे ।
बाटो मा एक घण्टा हिंडेपछी भने अली राहत पाइयो – आप खान पाइयो , । बिच बिचमा हिडाइले थकेर चुर हुँदा पनि नारायण अमृत का जोक्स ले पनि अली उर्जा दिन्थ्यो भने – अर्का घुमन्ते सुदिप आचार्य को हिडाइको टिप्स ले । बाटभरी हरिया फाट । जुङा लाग्दै गरेका मैका का बोटहरु , हरिया डाँडाहरु – मनै रमाउने बन , कन्ला , खेत , गराहरु ।
रमाइलो सँग हिडियो कारीब ४ घण्टा । बाटोमा बेला बेला आप खान पाइन्थ्यो , या त नारायण अमृत को कृपा ले आरुबखडा । नारायण आँफैले रुख छाडेर आरुबखडा झारेर समेत खुवाउन भ्याए
नेपाल संसारका धेरै ठाउँ भन्दा धेरै गुना सुन्दर छ – वास्तवमै सुन्दर छ – अझ गाउघर को सुन्दरता शहरमा बस्ने लाई के थाहा ? नारायण अमृत को भाषामा शहरको ध्वनी प्रदुसन ले र फेसन प्रदुसण ले बिग्रीएका कान र आखा हरुलाई सितलता दिन केही बाँकी राखेनन सुन्दर फाट् , खेत बारी हरुले । बाटको छेउमा फुलेका फुलहरु , आरु र नस्पातिका बोटहरु , आलुबखडाहरु ले । अहा कती सुन्दर मेरो देश । आहा कती रमाइलो बाताबरण , अती रमाइलो परिबेस ।।
चाहे हिउद होस् वा बर्सात को मौसम – कहिल्यै भुल्दैनन फुलहरु फुल्न । राता निला , पहेला फुल हरु । तर दुर्भाग्य – हामी तथाकथित शहरीया मान्छेले फुल लाई कहिल्यै माया गर्न जानेनौ , फुलाउन जानेनौ । आँखाभरी भरी हेर्न पाइयो सुन्दर फुल हरु – यात्रामा
आधिखोला उर्लेर आयो , आउने थिन मायाले बोलायो – फेरी पनि नारायण अमृतका लोक भाका सँङै करिब चार घण्टा को लखतरान यात्राा पछी हामी आइपुग्यौ भिमढुङगा । मकैको च्याखाको ढिडो स्वागत गर्न तम्तयार थियो । भोक र थकाईले चुर भएका हामीले सास रोकेर ढिडो खायौ – आलु र सिमिको तर्कारी र टमाटर को अचार सँगै ।
अब यात्रा करिब करिब् समाप्त भए सकेको थियो । नजिकै को मन्दिर भेला भए हाइके हरु । थकेर चुर कोही हाइके निदाउन समेत भ्यए केहीबेर । एकछिन पत्रकार दिपक भट्टराइ र काका बा को भाषाण समेत सुन्न पाइयो । मलाई चै खुट्टा दुखेर हैरान भएकोले दिक्दार लाग्यो भाषान सुन्न । भए नभरेका फुल बुट्टा भरेर गफ दिए बुढाहरुले । थाकेर लमतन्न परेका हाइके तन्नेरी हरुले अरुका कुरा त सुने सुनेनन तर दिपक दाई र काका बा को भाषण मा भने जमेर ताली बजाए । के के न दिब्य ज्ञान पाए जस्तो :)
करिब एक घण्टा भाषाण बाजी पछी हामी फर्कियौ हाइकिङ बाट , गाडी चड्ने ठाउँ आइपुग्न अझ एक घण्टा थियो – सुस्केरा हाल्दै , थकाई मार्दै जसो तसो बाटो काटियो । गाडीमा आउँदै गर्दा मैले भने हाइकिङ र थकाई लगभग बिर्सें तर आँखा चिम्म गरेर बसेका बेला कुनै प्रक्रिती प्रेमी ले अगी मन्दिर मा भाषन गर्दा भनेको एउटा आवाज भने कानमा गुन्जिरहेको थियो – द सुप्रिम पावोर अफ द वोर्ल्ड इज द पावर अफ नेचर – अग्रिड महासय । धन्यवाद ! प्रक्रितीप्रेमी समुह । धन्यवाद काका बा । अनी धन्यबाद हाइके ।
May 22, 2011
शिरिष को फूल
Posted by nepaldiary under तस्बिर, नेपाल डायरी, फोटो ब्लग, मेरो देश, Fursad, Photo Blog | Tags: घुमफिर, फोटो ब्लग, शिरिष को फूल |[3] Comments
क्षत्री समाज (तात्तो न छारो ) ले गरेको आज को बन्द मा काम बिशेष ले भक्तपुर देखी कपन सम्म को हिडाइमा परियो । यही मौका मा बाटोमा खिचेका केही फोटो हरु । बिशेष गरे मलाई शिरिष को फूल को फोटो खिच्न झक्झकाउने साथी आकार पोस्ट लाई धेरै धन्यवाद । मैले यि फोटा हरु सिनमंगल र एयर्पोर्र को वरिपरि खिचेको हो । क्यामरा चै क्यानन को एच एफ एम ३० ह्यान्डिक्याम हो ।
March 20, 2011
फोटो कस्तो लाग्यो ? UpDate
Posted by nepaldiary under कला र शैली, तस्बिर, नेपाल डायरी, फोटो ब्लगLeave a Comment
May 5, 2010
प्रधानमन्त्री राजिनामा देउ !
Posted by nepaldiary under तस्बिर, नागरिक सर्बोच्चता, नागरीक, नेपाल डायरी | Tags: प्रधानमन्त्री राजिनामा देउ |Leave a Comment
देश ले यो भन्दा बढी आन्दोलन को भार खेप्न सक्दैन प्रधानमन्त्री ज्यु ? आम जनता सडक मा आई सके । अब रजिनामा दिदा राम्रो होला । तपाईं का गृहमन्त्री ले यो आन्दोलन दबाउन त के अलिकती हल्लाउन सक्लान र ?अब भारत , अम्रिका , खड्ग ओली , बिद्या भण्डारी कसैले तपाइलाई बचाउन सक्दैन है । जनता कती पिल्सने प्र म ज्यु ? तपाईं लाई पो बालुवाटार मा आनन्द छ , हाम्रो त गास बास दुबै उठ्ने बेला भो ।
May 4, 2010
माओवादी आन्दोलनकारीको चक्रपथ घेराउ कार्यक्रम का ताजा द्रिस्य हरु
Posted by nepaldiary under तस्बिर, नागरिक सर्बोच्चता, नागरीक, नेपाल डायरी, प्रजातन्त्र, फोटो ब्लग | Tags: ताजा अपडेट, ताजा समाचार, माओवादी आन्दोलन, मानब साङ्लो |Leave a Comment
May 3, 2010
फोटो ब्लग
Posted by nepaldiary under तस्बिर, नागरिक सर्बोच्चता, नेपाल डायरी, प्रजातन्त्र, फोटो ब्लग, Photo Blog | Tags: आन्दोलन, तस्बिर, पोखरा, फोटो ब्लग |Leave a Comment
May 3, 2010
सुन्धारा सभा – बाबुराम भट्टराई ले के भने ?
Posted by nepaldiary under तस्बिर, नागरिक सर्बोच्चता, नागरीक, नेपाल, नेपाल डायरी, माओवादी, संबिधान सभा | Tags: आम हडताल, जन आन्दोलन, प्रदर्सन, मसाल जुलुस, माओवादी |Leave a Comment
भट्टराई को सम्बोधन
काठमाडौँवासी नेवार समुदाय हरु तपाईं हरु सबी सदकमा आउनुपर्क्छ तपाईं हरु छितओ सडकमा उत्रनुपर्छ। छिटो उत्रनुभयो भने हामीले आन्दोलन लम्ब्याउनु पर्दैन ।
हामी जबसम्म हाम्रा माग पूरा हुँदैनन हामी सडक मै बस्नेछौँ, सडक मै खानेछौँ, सडक मै सुत्नेछौँ
नेपाली जनता लाई स्वाधिन बनाउन का लागि हो यो लडाईं
यो लडाईं सत्ता को लागि नै हो , जनताको सत्ता प्रप्ती को लागि लडाईं
थिम्पु बाट फर्क पछी आएको आकाशबाणी पछी राजिनामा नदिने र सेना लगाएर माओवादीलाई सिध्याउने माधव कुमार को ध्वास
काङ्र्स र एमाले राष्ट्रिय सहमति मा आउन चाहेनन ।
May 3, 2010
ओली को बोली-चार हजार केटाकेटी सडकमा उफार्दैमा सरकार ढल्दैन
Posted by nepaldiary under तस्बिर, नागरिक सर्बोच्चता, नागरीक, नेपाल, नेपाल डायरी, प्रजातन्त्र, मनोरन्जन, समाचार | Tags: नागरिक सर्बोच्चता, नागरीक, नेपाल, नेपाल डायरी, प्रजातन्त्र, फोटो ब्लग, माओवादी |Leave a Comment
काठमाडौं, वैशाख २० – एमाले बरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीको सडक आन्दोलनबाट सरकार नढल्ने दाबी गरेका छन् । ‘चार हजार केटाकेटी सडकमा उफार्दैमा संवैधानिक बाटोबाट बनेको सरकार ढल्दैन,’ बालुवाटारमा रिपोर्टर्स क्लवले गरेको साक्षात्कारमा सोमबार उनले भने, ‘सरकार ढाल्न संवैधानिक र विधिसम्मत् बाटोमा माओवादी आउनुपर्छ ।’
संवैधानिक बाटोमा आएको माओवादीले सडकबाटै सरकार ढाल्ने योजना बनाउनु अनौठो भएको ओलीले बताए । ‘समस्या समाधानका लागि संसद छ, संविधानसभा छ, यहींबाट उपाय खोज्नुपर्छ,’ उनले भने, ‘सत्ता कब्जा गर्छु भनेर ताउरमाउर गरेर पाइन्न । जनताले दुःख मात्र पाउँछन् ।’
आन्दोलनको सहभागिता घट्दो
ओलीले माओवादीले आइतबारदेखि सुरु गरेको अनिश्चितकालीन आमहड्तालमा सहभागी हुनेहरु घट्दै गएको बताए । ‘आन्दोलनमा घट्दै जानु अनौठो होइन, अस्तिका दिनको रौनक हेरौं, हिजोको हेरौं, प्यारामिटर निकै तल छ, झन् आज त निकै तलै झरेको छ ।’
ओलीले माओवादीले जारी आन्दोलनलाई फिर्ता लिएर सहमतिमा आए जुनसुकै बिषयमा छलफल गर्न सकिने बताए । ‘सहमपतिपछि राष्ट्रिय सहमतिको सरकार बनाउन सकिन्छ,’ उनले भने, ‘माओवादीले आफ्नो काँधमा आएको अभिभारा बुझ्न जरुरी छ । सरकार परिवर्तनको कुरा निरर्थक हो ।’ उनले चितवन र पोखरामा केही अप्रिय अवस्था आए जस्तो भएपनि माओवादीको हड्ताल शान्तिपूर्ण भएकोमा प्रशंसा गरे ।
बिरामीलाई घर पठाऊ
एमाले नेता ओलीले माओवादी आन्दोलनमा आएर बिरामी भएकालाई अबिलम्ब घर पठाऊन सरकारलाई आग्रह गरेका छन् । ‘आन्दोलनमा आएकाहरु धमाधम बिरामी भएर अस्पताल गइरहेका छन् । एकजनालाई प्रधानमन्त्री बनाउन जनतालाई दुःख दिनु हुन्न,’ उनले भने, ‘म सरकारसँग माग गर्छु, बस-ट्रकको व्यवस्था गरेर उनीहरुलाई अबिलम्ब घर पठाउनुपर्छ ।’
बामदेवलाई कारवाही
एमाले बरिष्ठ नेता ओलीले प्रधानमन्त्रीको राजिनामा माग्ने पार्टी उपाध्यक्ष बामदेव गौतमलाई कारवाही गर्ने बताए । तर, राजिनामा माग्ने ६० मध्ये अधिकांश नेता तथा सभासदहरुले त्यसको खण्डन गरिसकेको उनले जिकिर गरे । ‘हावामा फुल पारेको हो कि कसैले फुल पारेका हुन् । जो सुकैले फुल पारे पनि यो एमालेको धारणा र नीति बिपरीत छ,’ उनले भने, ‘ अनुशासन, अराजक किसिमले यस प्रकारका आपत्तिजनक र हानिकारक काम गर्नेलाई कारवाही हुन्छ, कारवाही गर्नैपर्छ ।’
पार्टी नीतिबिपरीत काम गर्नेलाई कारवाही नगरे पार्टीलाई अप्ठ्यारो पर्ने ओलीको भनाइ छ । ‘यो पार्टीका दुई लाख संगठीत सदस्य मध्ये २ जनाको भावना पनि समेट्दैन,’ उनले भने ।
प्रधानमन्त्रीले राजिनामा दिंदैनन्
ओलीले प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा नदिने अडान दोहोर्याउँदै आफूले पनि त्यस्तै सल्लाह दिएको बताए । ‘मैले मात्र सल्लाह दिएको होइन, २२ दलले पनि अहिलेसम्म राजिनामा दिनु हुँदैन भनेका छन्,’ उनले भने । ओलीले एमालेले पनि प्रधानमन्त्रीलाई राजिनामा दिन नभनेको बताए ।
(कान्तिपुर )
May 3, 2010
माओवादी आन्दोलन को दोस्रो दिन, आन्दोलन सान्तिपूर्ण
Posted by nepaldiary under तस्बिर, नागरिक सर्बोच्चता, नागरीक, नेपाल, नेपाल डायरी | Tags: नागरिक सर्बोच्चता, नागरीक, नेपाल, नेपाल डायरी, प्रजातन्त्र, फोटो ब्लग, माओवादी |Leave a Comment
फेरी सिर्श नेताको बैठक रे ! के गर्नु त बैठक बसेर ? कुनै समाधान निस्कने होइन ! सबै आफ्नै गोरुको बार्है टक्का भन्ने छन , के सहमति होला र खै ?
आजको सभा लाई सुन्धारा मा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई, लोकेन्द्र बिष्ट लगायतका नेताहरु,ले सम्बोधन गर्ने कार्यकर्मा छ भए ● बानेश्वरमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रकाश, अग्निप्रसाद सापकोटा, गोपाल किराँती लगायतका नेताहरु, ● कुपन्डोलमा माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुन (अनन्त) लगायतका नेताहरु, ● गौशालामा माओवादी नेता देव गुरुङ, इन्द्रमोहन सिग्देल, नवराज सुवेदी लगायतका नेताहरु, ● केशरमहलकम माओवादीका केन्द्रीय सचिव पोष्टबहादुर बोगटी, ● पद्मोदय मोडमा माओवादीका स्थाई समिति सदस्य नेत्रबिक्रम चन्द(विप्लव), कुलप्रसाद केसी (सोनाम), शक्ति बस्नेत लगायतका नेताहरु ले सम्बोधन गर्ने कार्यक्रम छ ,
बिरतनगर मा आन्दोलन कृष्णसेन अन लाइन
सुन्धारा को सभा मा हजारौ माओवादी कार्यकर्ता जम्मा , सभा लाई डा भट्टराइ ले सम्बोधन गर्ने ।
अपडेट :- राजधानीका विभिन्न स्थान बाट अहिले माओवादी कार्यकर्ता हरु सुन्धारा तर्फ जादै । आजको माओवादी सभा सुन्धारामा हुने , माओवादी नेता हरु पनी सुन्धारा मा । । माओवादी आमहडतालको बारेमा छलफल गर्न सरकार सर्मथित दस दलको बैठकमा सहभागी हुन बालुवाटार पुगेका कांगे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्रीले राजिनामा नदिने बताएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । उनका प्रतिक्रिया अनुसार सरकार माओवादीको आन्दोलन विरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत दिएको छ । साथै माओवादीको आन्दोलन विषयमा दस दलले कडा निर्णय लिनेसमेत जनाइएको छ । दलका नेताहरुलाई उनीहरुकै घरबाट प्रहरीको भ्यानमा बालुवाटार पुर्याइएको छ । साथै बालुवाटारको सुरक्षा कडा पारिएको छ । बैठकका राष्ट्रिय जनशक्ति, राप्रपा, सदभावना लगायतका दलका नेताहरु सहभागीता रहेको छ । श्रोत :- अनलाइन पत्रीका अपडेट :- माओवादीको करिब 3० हजार को मास कलकी, कालिमाटी बाट सुन्धारा तर्फ आउँदै , सुन्धारा क्षत्र मा झडप को सम्भाबना । अपडेट :- धनकुट्टा मा अहिले युथ फोर्स र वाइसिएल ले गाउ गाउ बाट आफ्न कार्यकर्ता बोलाएका छन $ ।धनकुट्ट को मदन चोक मा युथफोर्स र भीमनारायणचोक म वाइसीएल का कार्यकर्ता लाठी र रड लिएर बसेका छन ।अहिले त्याह तनाब को स्तिथी छ । त्य हा अहिले ठुलो सन्ख्या मा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिक्षालन गरिएको छ । अपडेट :- पोखरा , बुटवल र धनकुट्टा मा तनाब , धनकुट्टा मा युथ फोर्स र माओवादीको छुट्टा छुट्टै प्रदर्शन एमाले अनुशासन कमिटी ले सरकार को बिरुद्ध बक्तब्य दिएको भन्दै पार्टी उपादक्ष्य बामदेव गौतम सँग स्पष्टिकरण सोध्ने निर्णय । बामदेव गौतमले प्रधानमन्त्रीको राजीनामा मागेको बिषय लाई लिएर ज्यान मार्ने धम्की आएको बताए । धम्की युथ फोर्स ले दिएको । नाचगान गरेर प्रदर्सन गर्दै माओवादी कार्यकर्ता माओवादी आन्दोलन को दोस्रो दिन, आन्दोलन सान्तिपूर्ण अपडेट :- सुन्धारामा माओवादी सभा सुरु हुन लाग्दै
May 1, 2010
माओवादी ले आज गरेको प्रदर्सन का थप फोटो हरु –
Posted by nepaldiary under तस्बिर, नागरिक सर्बोच्चता, नेपाल डायरी, माओवादी, मेरो देश, N E W S O F T H E D A Y, Nepali News, News Break | Tags: आमसभा, जन आन्दोलन, नागरिक, नागरिक सर्बोच्चता, नेपाल, माओवादी, समाचार |Leave a Comment
निलो शिरिस( माथि ) र रातो क्रान्ति (तल )
भोलिको आम हडताल नरोक्ने माओवादी घोषणा
बिलुकी छ बजे देखी आठ बजे सम्म सर्बसाधारण को लागि किन मेल गर्न पसल खोल्न पाइने
प्रेस, दुध को ट्यांकर, पानी को ट्यांकर , एम्बुलेनस, कुतनितिक नियोग, मानबाधिकर को गाडी लाई नरोकिने
आन्दोलन सालीन र शान्तिपूर्ण हुने ,
सरकार ले दमन गर्न खोजे प्रतिकार गरिने , त्यस बाट उत्पन्न हुने परिस्थितीको जिम्मा सरकार ले लिनु पर्ने ।
May 1, 2010
माओवादीले मेइ दिवस मा आयोजना गरेको र्याली तथा आमसभा का द्रिस्यहरु
Posted by nepaldiary under तस्बिर, नागरिक सर्बोच्चता, नागरीक, नेपाल, नेपाल डायरी, फोटो ब्लग | Tags: आमसभा, जन आन्दोलन, नागरिक, नागरिक सर्बोच्चता, नेपाल, माओवादी, समाचार |Leave a Comment
थप फोटो हरु केही छिन् मा
माओवादीले मेइ दिवस मा आयोजना गरेको र्याली तथा आमसभा का द्रिस्यहरु
एतिहासिक र्याली तथा आमसभा
बन्द भाटभटेनी सुपर मार्केट

सुनसान सडक (more…)
May 1, 2010
राजिनामा नदिने , प्रधानमन्त्री
Posted by nepaldiary under तस्बिर, नागरिक सर्बोच्चता, नागरीक, नेपाल, नेपाल डायरी, माओवादी | Tags: आमसभा, जन आन्दोलन, नागरिक, नागरिक सर्बोच्चता, नेपाल, माओवादी, समाचार |Leave a Comment
अपडेट: बार्ताका लागि काङ्रेस र एमाले नेताहरु होटल र्याडिसन पुगिसके का छन तर प्रधान मन्त्री को सम्बोधन पछी माओवादी बार्ता मा नबस्ने निर्णय मा पुगेको छ । एमाले र कांग्रेसका नेताहरु माओवादी नेता हरुलाई कुरेर बसेका छन
अहिले भर् खर को सम्बोधन मा प्रधानमन्त्री ले रजिनामा नदिने बताएका छन , मुलुक थप अन्योल तर्फ , आम हडताल रोकिने कुनै संकेत पाइएन
राजिनामा नदिने ,
प्रधान मत्री को सम्बोधन
निर्धारित समयमा संविधान निर्माण गर्न नसक्नु हामी सबैको कमजोरी हो । जनतासमक्ष त्यसमा आत्मआलोचना गर्नुपर्छ । संविधानसभाबाटै नयाँ संविधान बनाउनु पर्छ भन्ने मेरो मान्यता छ ।
- दलहरु सहमतिका साथ अघि बढ्ने मार्गचित्र तयार होस् । म सहमतिको लागि त्याग गर्न तयार छु । मुलुकलाई अस्तव्यस्ततामा कुनै पनि सरकारले छाड्न मिल्दैन । त्यसैले शान्ति सुरक्षा र अमचयन पुरा गराउन राज्यका सबै सुरक्षा निकाय अघि बढ्नु पर्छ ।
- तत्काल आम हड्ताल फिर्ता लिएर सहमतिको बाटो खुला गर्न माओवादीलाई आह्वान गर्दछु ।
सरकार का कमी नै छैनन भन्ने होइन तर द्वन्द ले जर जर पारेको देस मा मैले ठोस् काम को सुरु वत गरेको छु
मेरा बिरुध को बिस बमन लाई पनि मैले शहेको छु ,
माओवादी नगरिक पार्टी बन्न तयार हुन्छ भने म सहमति मा आउन तयार छु । तर धाक दम्की को भर मा सडक मा कराउदै मा म सरकार छोड्दिन
प्रमुख प्रतिपक्षबाट नयाँ संविधानको अन्तर्वस्तु र त्यसको सुनिश्चितताको टुङ्गो भएपछि मात्रै समायोजन प्रक्रियालाई अगाडि बढाउन सक्ने र त्यस अघी हामीलाई निशस्त्र बनाएर संविधान निर्माण गर्ने षड्यन्त्र मनगढन्ते आरोप लगाइयो
दलहरुको बीचमा हुने सहमतिबाहेक अर्को बाटो छैन र विधिसम्मत प्रक्रियाबाट बनेको व्यवस्थापिका–संसद्को बहुमत प्राप्त सरकार सहमतिका आधारमा र विधिसम्मत प्रक्रियाबाट मात्र परिवर्तन हुनसक्छ । शान्ति प्रक्रिया कार्यान्वयन अगाडि बढाइयोस्, संविधान निर्माणको सुनिश्चितताको भरपर्दो खाका प्रस्तुत होस् र दलहरुको सहमतिको आधारमा अघि बढ्ने मार्गचित्र तयार गरियोस्। त्यस अनुसार सहमतिका साथ सहकार्य गर्दै अघि बढ्न म सहर्ष तयार हुनेछु। तर, सहमतिलाई लत्याउँदै मुठभेडको मार्गतर्फ अग्रसर हुने हो भने त्यसको परिणाम देश, जनता र हामी सबैको लागि दुःखदायी हुनेछ। यसले देशलाई अन्योल, अस्थिरता र सर्वसत्तावादतर्फ लैजानेछ र लोकतन्त्रमाथि गम्भीर आघात पार्नेछ। त्यसैले मुलुकलाई अस्तव्यस्तमा कुनै पनि सरकारले छोड्न मिल्दैन।










































































