म करिब आठ बर्षको हुदो हुँ,नारायण गोपालको अबसान हुँदा ,त्यो उमेरमा नारायण गोपालको गीत त के मैले नाम पनि सुनेको थिएन । चासो पनि त थिएन ,तर जब अली बुझ्ने उमेरको भइयो ,मैले अली अली उनका गीत सुने । २०५३ साल तिर हुनु पर्छ , नारायण गोपाल को एउटा एल्बम मेरो हात मा पर्‍यो , म्युजिक नेपालले निकालेको ।

नारायण गोपाल को चक्रपथमा रहेको सालीक ।।

तिमी छौ र म छु- सब थोक छ यहाँ , जस्तो छ माटो त्यस्तै छ गीत यहा – हरिशरण लामिछानेको उद्घोषण रहेको त्यो

एल्बममा बिच बिचमा नारायण गोपालको स्वर (गित बाहेक ) पनी समाबेश थियो । नारायण गोपालको त्यो आवाज आज करिब पन्द्र बर्ष पछी पनि मेरो मस्तिस्कमा ताजै छ – -एउटा असाध्यै राम्रो प्रतिभा निर शाह ले लेखेको, र अर्को त्यस्तै प्रतिभा सम्भुजित बास्कोटा ले संगित गरेको एउटा गीत होस् वा अर्को एउटा पुरानो गीत – तिमीले पनि म जस्तै होस् । अनी के चाहियो र हामीलाई , फुर्सद मात्र चाहिन्थो , उनै नारायण गोपालका कालजयी गीत हाम्रो दिन काट्ने ,गफ गर्ने र रमाइलो गर्ने अबसर बन्यो । घरमा एउटा पुरानो टाइप को थोत्रो टेप रीकर्डर थियो , र क्यासेटको नाम मा उही नारायण गोपाल को गीत ।

खोला,बगर ,मेला पात ,जमघट कही छोडनौ हामीले त्यो गीत सुन्न , मेरा दुई जान साथी थिए , गीत संगितका असाध्य पारखी , नबिन थापा र सन्तोष श्रेस्ठ । सन्तोश गीत पनि गाउथे – पर्खि बसे आउँला भनी….. , हामी मक्ख परेर सुन्थ्यौ । स्कुलमा टिफिन होस् वा खाली कक्षा , सन्तोष सुरु गरी हाल्थ्यो ।। हामी धोद्रे स्वोर मा साथ दिन्थ्यौ – बगेको पात झै भयो …….

स्वर सम्राट नारायण गोपाल

मेरो पुस्ता त्यही गीत सुनेर हुर्कियो । अली पछी सन्तोष ले खै कता बाट एउटा अर्को एल्बम लिएर आयो नारायन गोपाल कै । अनी त झन के चहियो हामीलाई । खुप सुनियो ।
(more…)