प्रजातन्त्र


अन्तत चार बर्षको अन्योल , अस्थिरता र संबिधान जारी हुदैन , ६०१ नालायक हुन केही गर्न सक्दैनन भन्ने आशंका र भ्रम लाई चिर्दै “गणतन्त्र नेपालको संबिधान २०६९” जारी भएको छ । भाग र धारा नखुलाइको भए पनि गत राती १२ बजे रेडियो नेपालको रात्रीकालिन सेवाबाट इतिहासका सर्बोच्च नायक प्रधानमन्त्री ले संबिधान जारी गरेका हुन ।
नयाँ संबिधान हेर्न यहाँ क्लिक गर्नुस् ।
माओवादी , मदेशी मोर्चा , एमाले , काङेस , जातीजनजाती, ब्रहमाण , क्षेत्री आदिका टाउकेहरु दिनभर बालुवाटारमा बसेर अत्यन्तै सौहाद्र बाताबरणमा बसेर दिन भर बार्ता गरे पछी संबिधान जारी हुने माहोल बनेको रेडियो नेपाल का क्याम्पाहरी राइ ले रासस लाई जानकारी दिएका छन ।

संबिधान यसरी अचानक जारी भएको र संबिधान ले सबै नेपाली जनतालाई एक ढिक्कामा बाधेर शान्ती र समुन्न्नतीको सन्देश दिएपछी एक हुल युवा “नया संबिधानलाई स्वागत गरौ ” भन्दै दरबारमार्गमा यसरी नाच्दै थिए ।

नयाँ संबिधानलाई स्वागत गरौ ।

इमेज च्यानलले जनाए अनुसार पछी ति युवाहरु बानेश्वोरको पानी ट्यांकी पछाडी कुनामा बसेर क्वा क्वा रोए रे । किन रोए भन्ने बारेमा सो च्यानलले “कुरा भित्रका कुरा ” कार्यकर्ममा बताउने समाचार छ ।

संबिधान जारी भएपछी नेक्पा एमाले , कङ्ग्रेज , माओवादी , मदेशी , जनजाती , बर्मान , छेत्री , सबै मिलेर एउटा नयाँ “काट्टो” नामको स्वादिस्ट परिकारको भोज खाए, रातभरी “ए सब संबिधान , तेरे लिए ” नामको गीत मा नाचे । यता फेसबुक , टुइटर , ब्लग जस्ता सामाजिक संजाल मार्फत नेपालमा रहेका र देश बाहिर रहेका नेपालीहरुले एकोहोरो संख बजाए, संबिधान दिन सफल भएको मा संबिधान सभालाई फूल माला , अबिर चढाए र खुशीयालीमा आँखा ओभाना बनाए ।

यसरी आफ्नो संबिधान आफै लेख्ने करिब ६० बर्ष देखीको नेपाली जनताको सपना पुरा भएको मा कस्ले के भने तल हेर्नुस् –

एमाले – गजब भो । क्या संबिधान बनाइयो ।

काङेस- सबैलाई बधाई छ । यो संबिधान हामीले पो बनाएको हो त । अरुले त सहिछाप् मात्र गरेका हुन ।

माओवादी – हाम्रो पाट्टिले महान जनयुध्द गरेर ल्याएको संबिधान हाइ हाइ ।।

मदेशबादी दल :_ हमार संबिधान के स्वागत करु । सम्पुन मदेश , नया प्रदेस ।

राष्ट्रपती :- म दुखी छु देश दुखी छ । ( बज्जे , सब खुशी मा को बेला दुखी हुदो रहेछ , महाअभोयोग सामना गर्नु पर्ला )

अन्य – लै बरी लै । लै बरि लै ।। नयाँ संबिधान लै बरि लै ।।

यसरी चार बर्स को अथक प्रयास , नेताहरुको संबिधान प्रतीको मोह , गम्भिरता ले संबिधान आएको देखेर कमल थापाले थपडी बजाएर स्वागत गरे भने निर्मल निवासले एकाइस तोप को सलामी दिएको भनेर राजु भन्ने एक संबाददाताले फेस्बुकमा शेयर गरेका छन ।

सबैले संबिधान जारी भएको खुशीयालीमा ताली बजाए । देशीले बजाए , बिदेशीले बजाए , सब सब्ब्ले । तर यो देशको दुर्भाग्य !! तीन करोड नेपाली जनताले न ताली बजाए न संबिधान जारी को “काट्टो ” भोज खाए । किन्न हो कुन्नी जनताले दु:ख पो माने ।

जय देश । जय नेपाल ,

[मैले यो अत्यन्तै होसहवास मा लेखेको हो । मेरो मानसिक सन्तुलनमा कुनै गडबडी नभएको सहर्ष जानकारी गराउछु ]

थप् फोटो तथा भिडियो केही बेर मा

—५ बजेर २० मिनेट —–माओवादी नेता हरु पनि चक्रपथ घेराउ मा सहभगी छन । हजारौ को सन्ख्या मा माओवादी कार्यकर्ता एक अर्का को हात समातेर चक्रपथ घेराउ गरी रहेका छन , अहिले अली अली पानी पनि पारी रहेको छ ।

चाबहिल मा मानब सङ्लो बनाउदै माओवादी


गोपि कृष्ण हल अगाडी


लौ घेराउ चक्रपथ


सरकार को पुत्ला प्रद्रसन गर्दै आन्दोलन कारी

चाबहिल मा मानब साङ्लो बनाउदै माओवादी कार्यकर्ता

जन आन्दोलन 2062/63 सम्झाउने द्रिश्य

र माओबादी प्रदर्सन हेर्दै सर्बसाधारण

आन्दोलन को दोस्रो दिन पोखरा

फोटो :- कृष्णसेन अन लाइन

काठमाडौं, वैशाख २० – एमाले बरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीको सडक आन्दोलनबाट सरकार नढल्ने दाबी गरेका छन् । ‘चार हजार केटाकेटी सडकमा उफार्दैमा संवैधानिक बाटोबाट बनेको सरकार ढल्दैन,’ बालुवाटारमा रिपोर्टर्स क्लवले गरेको साक्षात्कारमा सोमबार उनले भने, ‘सरकार ढाल्न संवैधानिक र विधिसम्मत् बाटोमा माओवादी आउनुपर्छ ।’

संवैधानिक बाटोमा आएको माओवादीले सडकबाटै सरकार ढाल्ने योजना बनाउनु अनौठो भएको ओलीले बताए । ‘समस्या समाधानका लागि संसद छ, संविधानसभा छ, यहींबाट उपाय खोज्नुपर्छ,’ उनले भने, ‘सत्ता कब्जा गर्छु भनेर ताउरमाउर गरेर पाइन्न । जनताले दुःख मात्र पाउँछन् ।’

आन्दोलनको सहभागिता घट्दो

ओलीले माओवादीले आइतबारदेखि सुरु गरेको अनिश्चितकालीन आमहड्तालमा सहभागी हुनेहरु घट्दै गएको बताए । ‘आन्दोलनमा घट्दै जानु अनौठो होइन, अस्तिका दिनको रौनक हेरौं, हिजोको हेरौं, प्यारामिटर निकै तल छ, झन् आज त निकै तलै झरेको छ ।’

ओलीले माओवादीले जारी आन्दोलनलाई फिर्ता लिएर सहमतिमा आए जुनसुकै बिषयमा छलफल गर्न सकिने बताए । ‘सहमपतिपछि राष्ट्रिय सहमतिको सरकार बनाउन सकिन्छ,’ उनले भने, ‘माओवादीले आफ्नो काँधमा आएको अभिभारा बुझ्न जरुरी छ । सरकार परिवर्तनको कुरा निरर्थक हो ।’ उनले चितवन र पोखरामा केही अप्रिय अवस्था आए जस्तो भएपनि माओवादीको हड्ताल शान्तिपूर्ण भएकोमा प्रशंसा गरे ।

बिरामीलाई घर पठाऊ

एमाले नेता ओलीले माओवादी आन्दोलनमा आएर बिरामी भएकालाई अबिलम्ब घर पठाऊन सरकारलाई आग्रह गरेका छन् । ‘आन्दोलनमा आएकाहरु धमाधम बिरामी भएर अस्पताल गइरहेका छन् । एकजनालाई प्रधानमन्त्री बनाउन जनतालाई दुःख दिनु हुन्न,’ उनले भने, ‘म सरकारसँग माग गर्छु, बस-ट्रकको व्यवस्था गरेर उनीहरुलाई अबिलम्ब घर पठाउनुपर्छ ।’

बामदेवलाई कारवाही

एमाले बरिष्ठ नेता ओलीले प्रधानमन्त्रीको राजिनामा माग्ने पार्टी उपाध्यक्ष बामदेव गौतमलाई कारवाही गर्ने बताए । तर, राजिनामा माग्ने ६० मध्ये अधिकांश नेता तथा सभासदहरुले त्यसको खण्डन गरिसकेको उनले जिकिर गरे । ‘हावामा फुल पारेको हो कि कसैले फुल पारेका हुन् । जो सुकैले फुल पारे पनि यो एमालेको धारणा र नीति बिपरीत छ,’ उनले भने, ‘ अनुशासन, अराजक किसिमले यस प्रकारका आपत्तिजनक र हानिकारक काम गर्नेलाई कारवाही हुन्छ, कारवाही गर्नैपर्छ ।’

पार्टी नीतिबिपरीत काम गर्नेलाई कारवाही नगरे पार्टीलाई अप्ठ्यारो पर्ने ओलीको भनाइ छ । ‘यो पार्टीका दुई लाख संगठीत सदस्य मध्ये २ जनाको भावना पनि समेट्दैन,’ उनले भने ।

प्रधानमन्त्रीले राजिनामा दिंदैनन्

ओलीले प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा नदिने अडान दोहोर्‍याउँदै आफूले पनि त्यस्तै सल्लाह दिएको बताए । ‘मैले मात्र सल्लाह दिएको होइन, २२ दलले पनि अहिलेसम्म राजिनामा दिनु हुँदैन भनेका छन्,’ उनले भने । ओलीले एमालेले पनि प्रधानमन्त्रीलाई राजिनामा दिन नभनेको बताए ।
(कान्तिपुर )

– माओवादीले आज साँझ राजाधानीका चावहिल, गोंगवु, कलंकी, नयाँ बानेश्वरलगायतका क्षेत्रबाट एक साथ मसाल जुलुस मसाल जुलुस निकालेको छ ।।

Nagariknews.com


जुलुसमा सरकारविरोधी नारा लगाउदै माधव कुमार लाई प्रधानमन्त्रीबाट राजिनामा नदिए सता बाट उखालेर फ्याक्ने चेतावनी दिएका थिए ।

तस्बिर :- कृष्णसेन अन्लाईन

मसाल जुलुस


माकुने को पुत्ला जलाउदै

(more…)

माओवादी को आमहडताल जारी , चाबहिल, सुन्धारा, कलंकी, मा सयौ माओवादी कार्यकर्ता सडकमा , चबेलामा माओवादी कार्यकार्ता को नाचगान ,

अन्तत सुजाता मन्त्री भएरै छाडिन । पररास्ट्र मन्त्री । अरुको मन्त्रालय तोकिएन तर गच्छादार (उप प्रधान, भौतिक योजना तथा निर्माण ) र सुजाताको (परराष्ट्र ) भने तोकिए ।

राजनीतिक बेश्याहरुले चलाएको देश मा जे पनि हुदो रहेछ । मन्त्री बन्न, सत्तामा जान चुनाव जित्नु पर्दो रहेनछ, जनमत चाहिदो रहेन छ , नैतीकता, इमान्दारिता केही पनि चाहिदो रहेनछ, केबल चुत्थो भए, बेश्या भए पुग्ने रहेछ ( माफ गर्नु होला ,मैले यहाँ बेश्या शब्द केबल नेताको चरित्र जनाउन मात्र लेखेको हो, कसै को स्वाभिमान मा चोट पुगे क्षमाप्राथी छु। कानुन सम्मत रुपमा गरिने जुनासुकै कामको म कदर गर्छु )
बडा दु:खका साथ (कतिपय साथीहरुले खाली नेताहरुलाई किन गाली गर्छस पनि भन्छ्न )आफ्नै नेताहरुलाई बेश्या भन्नु पर्दा, लेख्नुपर्दा नमिठो लाग्दो रहेछ तर वास्तविकता यही हो । नेताको चरित्र पाखण्डी र बेश्याको जस्तो भए पछी, नेताका भरौटे, चम्चा नालायक भएपछी/भएको देशमा जे पनि हुदोरहेछ त । यहाँ कुनै नेता बिशेष लाई गाली गर्ने वा ब्याक्तिगत आक्षेप लगाउन खोजिएको होइन , चरित्र को कुरा मात्र गरेको हो । नत्र सुजता, कुजाता जो सरकारमा गए पनि हर्स न बिस्मात

(more…)

माओवादी ले कटवाल लाई कारबाही गर्नु अगाडी स्थिती को अंकलन गरीरहेको छ । सैनिक कु हुन सक्ने र भए मा कसरी समान गन्रे , क-कस्ले गिरफ्तारी दिने, को को भूमिगत हुने र जनसेनाले कस्तो एक्सन लिने भन्ने रणनितीमा माओवादी लागिरहेको छ ।स्पष्टिकरण सोध्नु अघी सैनिक कु नै होला भन्ने अनुमान गर्न नसकेको माओवादी अब सैनिक कु भएमा चाल्ने रणनितीमा लागेको छ । जसका लागि समय चाहिने भएको ले मात्रा एक पाइला पछी सरेको हो माओवादी । दुई तीन दिन यो मामाला लाई लम्याउदा आफु अनुकुल परिस्थिती निर्माण गर्न सकिन र जन सेनालाई तयारी अबस्थामा राख्न सकिने र सेनाको आगामी कदम बुझ्न सकिने बिस्लेसण गरेर नै माओबादिले स्पस्टिकरणमा थप अध्ध्य्यन गर्नु पर्ने भनेको हो । नत्र सेना पती हटाउने बसयमा सुरु देखी नै माओवादी नेत्रित्व स्पस्ट छ ।

सेना भने यो मामाला मा त्यसरी नै कमजोर देखियो , जसरी जनयुद्ध ताका माओवादी सँग लड्दा सैनिक को कमजोरी देखिन्थ्यो । सेनाले कु गर्ने संकेत दिएपछी माओवादीलाई आफ्नो रणनिती तयार पर्न अझ सजिलो भएको छ ।

राष्ट्रपती के गर्लान ?
(more…)

अन्तत सरकार “प्रधानसेनापति”मामलामा एक पाइला पछि सरेको छ । तत्काल् सेनापतिले दिएको स्पस्टिकरण अध्धययन गर्ने भनेर एमाले अध्यक्ष खनाल चाइना भ्रमण छोट्टयाएर भोलि दिउसो फर्कनु अगि सम्म सरकारले कारबाहि प्रकृया लम्याएको छ
सतहमा जे जस्ता खबर र अफबाह आए पनि रुक्माङगद कटवाल को पछि काङ्रेस देउबा, खड्ग ओलि मात्र होइन , संसारकै सक्तिसालि रास्ट्र अमेरिका र भारत समेत लागेको स्पस्ट भै सकेको छ । भारतिय राजदुतले त अझ कुटनितिक मर्यादा समेत नाघेर पटक पटक प्रचण्ड लाइ भेटेको मात्र होइन, स्पस्ट रुपमै चेतावनि दिएको बालुवाटार श्रोतको दाबि छ ।
(more…)

सेना भर्ति,जर्नेल को अबकास हुदै अब माओबादी सेना र सरकारी( सरकार कै निर्देशन नमान्ने खै कसरी सरकारी सेना?) सेना बिबाद ले खेलकुदमा पनि प्रबेस पाएको छ । माओबादी सेनाले पनि पाचौ राष्ट्रीय खेलकुद मा भाग लिने भएपछि उसले भाग लिने ६वटा खेल बहिस्कार गरेर नेपाले सेनाले सरकार लाइ स्पस्ट रुपमा आफु माओबादि सेनालाइ सेना को रुपमा ( सकभर माओबादी सेना को अस्तित्ब लाइ नमान्ने कोशिस सेनाका बिभिन्न गतिबिधिहरुके देखाएका हुन कि भन्ने भान त यस अगि नै देखिएको हो ) नै नमान्ने र सरकार को निर्देसन पनि नमान्ने संकेत दिएको छ ।
gurkha_action1
त्रीभुबन क्लब का खेलाडि ले खेल बहिस्कार गरेको भनेर स्पस्टिकरण दिय पनि बास्तबमा सेना ले सम्पुर्ण खर्च ब्योहरने र सेनाकै खेलाडि ले सैनिक मुख्यालयको आदेस बेगर खेल्दा खेल्दै को ठाउबाट त्यसै आफु खुसि फिर्ता आएको होइन भान्ने त अब स्पस्ट नै छ । यस प्रसग मा पहिलो गल्ति भने राखेपकै देखिन्छ,किनभने माओबादीको सेनाले पाचौ रास्ट्रीय खेलकुदमा भाग लिन पाउ भनी चैत्र २ गते नै निबेदन दिइसके पछि समयमै की त उसलाइ खेलकुद मा भाग लिन दिइनु पर्थ्यो,कि त त्यै बेला स्पस्ट रुपमा तपाइहरुलाइ यो खेलमा भागलिन बाट यो यति कारण ले बन्चित गरीएको छ भनेर जानकारि दिनु पर्थ्यो । तर अन्तिम अबस्थामा आएर प्रधानमन्त्री को पत्र भन्दै राखेपले लाचारीपन देखाउनु हुदैनथ्यो। (more…)

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers