फोटो ब्लग


 

म करिब आठ बर्षको हुदो हुँ,नारायण गोपालको अबसान हुँदा ,त्यो उमेरमा नारायण गोपालको गीत त के मैले नाम पनि सुनेको थिएन । चासो पनि त थिएन ,तर जब अली बुझ्ने उमेरको भइयो ,मैले अली अली उनका गीत सुने । २०५३ साल तिर हुनु पर्छ , नारायण गोपाल को एउटा एल्बम मेरो हात मा पर्‍यो , म्युजिक नेपालले निकालेको ।

नारायण गोपाल को चक्रपथमा रहेको सालीक ।।

तिमी छौ र म छु- सब थोक छ यहाँ , जस्तो छ माटो त्यस्तै छ गीत यहा – हरिशरण लामिछानेको उद्घोषण रहेको त्यो

एल्बममा बिच बिचमा नारायण गोपालको स्वर (गित बाहेक ) पनी समाबेश थियो । नारायण गोपालको त्यो आवाज आज करिब पन्द्र बर्ष पछी पनि मेरो मस्तिस्कमा ताजै छ – -एउटा असाध्यै राम्रो प्रतिभा निर शाह ले लेखेको, र अर्को त्यस्तै प्रतिभा सम्भुजित बास्कोटा ले संगित गरेको एउटा गीत होस् वा अर्को एउटा पुरानो गीत – तिमीले पनि म जस्तै होस् । अनी के चाहियो र हामीलाई , फुर्सद मात्र चाहिन्थो , उनै नारायण गोपालका कालजयी गीत हाम्रो दिन काट्ने ,गफ गर्ने र रमाइलो गर्ने अबसर बन्यो । घरमा एउटा पुरानो टाइप को थोत्रो टेप रीकर्डर थियो , र क्यासेटको नाम मा उही नारायण गोपाल को गीत ।

खोला,बगर ,मेला पात ,जमघट कही छोडनौ हामीले त्यो गीत सुन्न , मेरा दुई जान साथी थिए , गीत संगितका असाध्य पारखी , नबिन थापा र सन्तोष श्रेस्ठ । सन्तोश गीत पनि गाउथे – पर्खि बसे आउँला भनी….. , हामी मक्ख परेर सुन्थ्यौ । स्कुलमा टिफिन होस् वा खाली कक्षा , सन्तोष सुरु गरी हाल्थ्यो ।। हामी धोद्रे स्वोर मा साथ दिन्थ्यौ – बगेको पात झै भयो …….

स्वर सम्राट नारायण गोपाल

मेरो पुस्ता त्यही गीत सुनेर हुर्कियो । अली पछी सन्तोष ले खै कता बाट एउटा अर्को एल्बम लिएर आयो नारायन गोपाल कै । अनी त झन के चहियो हामीलाई । खुप सुनियो ।
(more…)

गत हप्ता भाई पियुश ले नेपालगन्ज देखी सुदुर पश्चिम चादनी – दोधारा सम्मको यात्रा मा खिचेका फोटोहरु आज को फोटो ब्लग मा । नेपाल सुन्दर देश त हुँदै हो । अझ सुदर देखिएको छ , फोटो मा । सुदुर पश्चिम को रामारोसन को फोटो बिबिध कारणबस आज राख्न सकिएन । अर्को पटक राख्बे कोसिस गर्ने छु ।

बागेश्वरी मन्दिर परिसर

बागेश्वरी मन्दिर परिसर - नेपालगन्ज

खप्तड नेसनल पार्क जादा बाटोमा भेटिएको पोखरी

खप्तड नेसनल पार्क बाट देखिएको सुन्दर हिमाल । हिमाल को नाम खोजी जारी छ :)


(more…)

सातदोबाटोको अमृत भोजन अगाडि उभिएर काकाबा ले “हाइकिमा स्वागत छ ” भनिरहदा घण्टाघर को घडी शायद सात बजेको घन्टी हानी सकेको हुनुपर्छ , साथ मा तन्नेरी हरु को हाइकिङ मस्तीनि सुरु भै सकेको थियो । उनै काका बा , सुमन मन्जरी , नारायण अमृत , सुदिपसान ,पुजारी, राहुल भाई , बसन्ती र म भेला भैसकेका थिऔ – उमेश श्रेष्ठको प्रकृतिप्रेमी समुह ले आयोजना गरेको काठमाडौं -भिमडुङगा को हाइकिङ मस्ती का लागि । हुन त त्यो पदयात्रा मा कारीब १५० जना जती समाबेश थिए तर पनि मस्ती र हाइकिङ को रौनक भने करिब पन्द्र बिस तन्नेरी लाई लागेको थियो राम्रै सँग । सातदोबाटो बाट करिब आठ बजे छुटेको बस मा सितापाइला पुगे पछी थपिए – प्रमोद न्यौपाने , दिपक भट्टराई , कमल कुमार , सरोस , के पि शर्मा र मेडिकल् अफिसर सुदिप आचार्य । बस के चाहियो तन्नेरै को मस्ती सुरु हुन । पछाडी We Tweet for cause र TFC Nepal को लेखेको टि सर्ट लगाएका यो झुन्ड् ले “म आउँदा चै ओईे भन है झम्के गुलेली” सुरु गरे पछी भने त्यो हाइकिङ मात्र हाइकिङ रहेन , मस्ती , सास्ती, पूजारी र बिहाको रेखीका गफ सम्म पुग्यो ।टुइटरमा हासो ठट्टा गर्ने सुदिप आचार्य र सुमन मन्जरिलाई पूजारिले म पात्रो सम्म बोकेर आएको छु , लगन जुराउन भनेर ठट्टा गर्दा सिङै बसमा लामो हासोको फोहोरा होस् वा , बिहेमा रेखी हाल्ने कुरा आउँदा होस , तन्नेरी को हासो लगातार बर्सिरह्यो । करिब करीब आधा घण्टा बस यात्रा पछी अब सुर भो – हाइकिङ को असली हाइक अर्थात हिडाइ – तन्नेरी जोस कहाँ कम थियो र – हासो ठटटा , पूजारी र किस्सा को बर्षात जारी थियो – तर जब अलिक उकालो बाटो आयो अनी अस्लाई रुप देखायो हाइकिङ ले ।अली ठुला ज्यान भएका प्रमोद न्यौपाने र पत्रकार दिपक भट्टराई असिन पसिन देखिन्थे र बेला बेला मा बिच बाटो मै सुस्ताउथे ।

तन्नेरिको हाइकिङ मस्ती

तन्नेरिको हाइकिङ मस्ती

बाटो मा एक घण्टा हिंडेपछी भने अली राहत पाइयो – आप खान पाइयो , । बिच बिचमा हिडाइले थकेर चुर हुँदा पनि नारायण अमृत का जोक्स ले पनि अली उर्जा दिन्थ्यो भने – अर्का घुमन्ते सुदिप आचार्य को हिडाइको टिप्स ले । बाटभरी हरिया फाट । जुङा लाग्दै गरेका मैका का बोटहरु , हरिया डाँडाहरु – मनै रमाउने बन , कन्ला , खेत , गराहरु ।

प्राकितिक सुन्दरता !


प्राकृतिक सुन्दरता

रमाइलो सँग हिडियो कारीब ४ घण्टा । बाटोमा बेला बेला आप खान पाइन्थ्यो , या त नारायण अमृत को कृपा ले आरुबखडा । नारायण आँफैले रुख छाडेर आरुबखडा झारेर समेत खुवाउन भ्याए

नारायण अमृत आरुबखडा टिप्दै :)

नेपाल संसारका धेरै ठाउँ भन्दा धेरै गुना सुन्दर छ – वास्तवमै सुन्दर छ – अझ गाउघर को सुन्दरता शहरमा बस्ने लाई के थाहा ? नारायण अमृत को भाषामा शहरको ध्वनी प्रदुसन ले र फेसन प्रदुसण ले बिग्रीएका कान र आखा हरुलाई सितलता दिन केही बाँकी राखेनन सुन्दर फाट् , खेत बारी हरुले । बाटको छेउमा फुलेका फुलहरु , आरु र नस्पातिका बोटहरु , आलुबखडाहरु ले । अहा कती सुन्दर मेरो देश । आहा कती रमाइलो बाताबरण , अती रमाइलो परिबेस ।।

आरुको बोट

ल हेर केटा हो , हिंड्ने यसरी हो :P

बाटामा फलेको नास्पातीको बोट

चाहे हिउद होस् वा बर्सात को मौसम – कहिल्यै भुल्दैनन फुलहरु फुल्न । राता निला , पहेला फुल हरु । तर दुर्भाग्य – हामी तथाकथित शहरीया मान्छेले फुल लाई कहिल्यै माया गर्न जानेनौ , फुलाउन जानेनौ । आँखाभरी भरी हेर्न पाइयो सुन्दर फुल हरु – यात्रामा

फुल - इश्वोरको सुन्दर रचना !

फुल - इश्वोरको सुन्दर रचना !

फुल - इश्वोरको सुन्दर रचना !

फुल - इश्वोरको सुन्दर रचना !


आधिखोला उर्लेर आयो , आउने थिन मायाले बोलायो – फेरी पनि नारायण अमृतका लोक भाका सँङै करिब चार घण्टा को लखतरान यात्राा पछी हामी आइपुग्यौ भिमढुङगा । मकैको च्याखाको ढिडो स्वागत गर्न तम्तयार थियो । भोक र थकाईले चुर भएका हामीले सास रोकेर ढिडो खायौ – आलु र सिमिको तर्कारी र टमाटर को अचार सँगै ।

अब यात्रा करिब करिब् समाप्त भए सकेको थियो । नजिकै को मन्दिर भेला भए हाइके हरु । थकेर चुर कोही हाइके निदाउन समेत भ्यए केहीबेर । एकछिन पत्रकार दिपक भट्टराइ र काका बा को भाषाण समेत सुन्न पाइयो । मलाई चै खुट्टा दुखेर हैरान भएकोले दिक्दार लाग्यो भाषान सुन्न । भए नभरेका फुल बुट्टा भरेर गफ दिए बुढाहरुले । थाकेर लमतन्न परेका हाइके तन्नेरी हरुले अरुका कुरा त सुने सुनेनन तर दिपक दाई र काका बा को भाषण मा भने जमेर ताली बजाए । के के न दिब्य ज्ञान पाए जस्तो :)

हाइकेको हिडाइ

करिब एक घण्टा भाषाण बाजी पछी हामी फर्कियौ हाइकिङ बाट , गाडी चड्ने ठाउँ आइपुग्न अझ एक घण्टा थियो – सुस्केरा हाल्दै , थकाई मार्दै जसो तसो बाटो काटियो । गाडीमा आउँदै गर्दा मैले भने हाइकिङ र थकाई लगभग बिर्सें तर आँखा चिम्म गरेर बसेका बेला कुनै प्रक्रिती प्रेमी ले अगी मन्दिर मा भाषन गर्दा भनेको एउटा आवाज भने कानमा गुन्जिरहेको थियो – द सुप्रिम पावोर अफ द वोर्ल्ड इज द पावर अफ नेचर – अग्रिड महासय । धन्यवाद ! प्रक्रितीप्रेमी समुह । धन्यवाद काका बा । अनी धन्यबाद हाइके ।

This slideshow requires JavaScript.

क्षत्री समाज (तात्तो न छारो ) ले गरेको आज को बन्द मा काम बिशेष ले भक्तपुर देखी कपन सम्म को हिडाइमा परियो । यही मौका मा बाटोमा खिचेका केही फोटो हरु । बिशेष गरे मलाई शिरिष को फूल को फोटो खिच्न झक्झकाउने साथी आकार पोस्ट लाई धेरै धन्यवाद । मैले यि फोटा हरु सिनमंगल र एयर्पोर्र को वरिपरि खिचेको हो । क्यामरा चै क्यानन को एच एफ एम ३० ह्यान्डिक्याम हो ।

This slideshow requires JavaScript.

अहिले एघार बजे र एघार बजेर ३५ मिनेट जादा । यता तिर अहिले अली लाई बादल र कुहिरो लागेको छ । अघी जस्तो फोटो खिच्न पाइेन ।

थप् फोटो तथा भिडियो केही बेर मा

—५ बजेर २० मिनेट —–माओवादी नेता हरु पनि चक्रपथ घेराउ मा सहभगी छन । हजारौ को सन्ख्या मा माओवादी कार्यकर्ता एक अर्का को हात समातेर चक्रपथ घेराउ गरी रहेका छन , अहिले अली अली पानी पनि पारी रहेको छ ।

चाबहिल मा मानब सङ्लो बनाउदै माओवादी


गोपि कृष्ण हल अगाडी


लौ घेराउ चक्रपथ


सरकार को पुत्ला प्रद्रसन गर्दै आन्दोलन कारी

चाबहिल मा मानब साङ्लो बनाउदै माओवादी कार्यकर्ता

जन आन्दोलन 2062/63 सम्झाउने द्रिश्य

र माओबादी प्रदर्सन हेर्दै सर्बसाधारण

आन्दोलन को दोस्रो दिन पोखरा

फोटो :- कृष्णसेन अन लाइन

– माओवादीले आज साँझ राजाधानीका चावहिल, गोंगवु, कलंकी, नयाँ बानेश्वरलगायतका क्षेत्रबाट एक साथ मसाल जुलुस मसाल जुलुस निकालेको छ ।।

Nagariknews.com


जुलुसमा सरकारविरोधी नारा लगाउदै माधव कुमार लाई प्रधानमन्त्रीबाट राजिनामा नदिए सता बाट उखालेर फ्याक्ने चेतावनी दिएका थिए ।

तस्बिर :- कृष्णसेन अन्लाईन

मसाल जुलुस


माकुने को पुत्ला जलाउदै

(more…)

माओवादी को आमहडताल जारी , चाबहिल, सुन्धारा, कलंकी, मा सयौ माओवादी कार्यकर्ता सडकमा , चबेलामा माओवादी कार्यकार्ता को नाचगान ,

थप फोटो हरु केही छिन् मा

माओवादीले मेइ दिवस मा आयोजना गरेको र्‍याली तथा आमसभा का द्रिस्यहरु

एतिहासिक र्‍याली तथा आमसभा बन्द भाटभटेनी सुपर मार्केट

सुनसान सडक (more…)

फूलका फोटो हरु -under my camera
ful ko foto 5
(more…)

रानीपोखरी मा छैठ पूजाको दिन अस्ताउदो सुर्य को पूजा गर्दै एक महिला ।

छैठ एट रानीपोखरी 11

छैठ एट रानीपोखरी 1
(more…)

फेस बुक मा फोटोग्राफी को अनेक रुप देखी पछी मैले पनि मेरो क्यामरा मा पहिलो पटक बिभिन्न प्रयोग गरे हेरेको छु तलका फोटो हरुमा ।

tihar ko foto
छत् बाट देखिएको दीपावलीको बत्ती । (more…)

दार्जलिङ को फोटो

darjeling
(more…)

Next Page »

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers