यात्रा


गत हप्ता भाई पियुश ले नेपालगन्ज देखी सुदुर पश्चिम चादनी – दोधारा सम्मको यात्रा मा खिचेका फोटोहरु आज को फोटो ब्लग मा । नेपाल सुन्दर देश त हुँदै हो । अझ सुदर देखिएको छ , फोटो मा । सुदुर पश्चिम को रामारोसन को फोटो बिबिध कारणबस आज राख्न सकिएन । अर्को पटक राख्बे कोसिस गर्ने छु ।

बागेश्वरी मन्दिर परिसर

बागेश्वरी मन्दिर परिसर - नेपालगन्ज

खप्तड नेसनल पार्क जादा बाटोमा भेटिएको पोखरी

खप्तड नेसनल पार्क बाट देखिएको सुन्दर हिमाल । हिमाल को नाम खोजी जारी छ :)


(धेरै…)

सातदोबाटोको अमृत भोजन अगाडि उभिएर काकाबा ले “हाइकिमा स्वागत छ ” भनिरहदा घण्टाघर को घडी शायद सात बजेको घन्टी हानी सकेको हुनुपर्छ , साथ मा तन्नेरी हरु को हाइकिङ मस्तीनि सुरु भै सकेको थियो । उनै काका बा , सुमन मन्जरी , नारायण अमृत , सुदिपसान ,पुजारी, राहुल भाई , बसन्ती र म भेला भैसकेका थिऔ – उमेश श्रेष्ठको प्रकृतिप्रेमी समुह ले आयोजना गरेको काठमाडौं -भिमडुङगा को हाइकिङ मस्ती का लागि । हुन त त्यो पदयात्रा मा कारीब १५० जना जती समाबेश थिए तर पनि मस्ती र हाइकिङ को रौनक भने करिब पन्द्र बिस तन्नेरी लाई लागेको थियो राम्रै सँग । सातदोबाटो बाट करिब आठ बजे छुटेको बस मा सितापाइला पुगे पछी थपिए – प्रमोद न्यौपाने , दिपक भट्टराई , कमल कुमार , सरोस , के पि शर्मा र मेडिकल् अफिसर सुदिप आचार्य । बस के चाहियो तन्नेरै को मस्ती सुरु हुन । पछाडी We Tweet for cause र TFC Nepal को लेखेको टि सर्ट लगाएका यो झुन्ड् ले “म आउँदा चै ओईे भन है झम्के गुलेली” सुरु गरे पछी भने त्यो हाइकिङ मात्र हाइकिङ रहेन , मस्ती , सास्ती, पूजारी र बिहाको रेखीका गफ सम्म पुग्यो ।टुइटरमा हासो ठट्टा गर्ने सुदिप आचार्य र सुमन मन्जरिलाई पूजारिले म पात्रो सम्म बोकेर आएको छु , लगन जुराउन भनेर ठट्टा गर्दा सिङै बसमा लामो हासोको फोहोरा होस् वा , बिहेमा रेखी हाल्ने कुरा आउँदा होस , तन्नेरी को हासो लगातार बर्सिरह्यो । करिब करीब आधा घण्टा बस यात्रा पछी अब सुर भो – हाइकिङ को असली हाइक अर्थात हिडाइ – तन्नेरी जोस कहाँ कम थियो र – हासो ठटटा , पूजारी र किस्सा को बर्षात जारी थियो – तर जब अलिक उकालो बाटो आयो अनी अस्लाई रुप देखायो हाइकिङ ले ।अली ठुला ज्यान भएका प्रमोद न्यौपाने र पत्रकार दिपक भट्टराई असिन पसिन देखिन्थे र बेला बेला मा बिच बाटो मै सुस्ताउथे ।

तन्नेरिको हाइकिङ मस्ती

तन्नेरिको हाइकिङ मस्ती

बाटो मा एक घण्टा हिंडेपछी भने अली राहत पाइयो – आप खान पाइयो , । बिच बिचमा हिडाइले थकेर चुर हुँदा पनि नारायण अमृत का जोक्स ले पनि अली उर्जा दिन्थ्यो भने – अर्का घुमन्ते सुदिप आचार्य को हिडाइको टिप्स ले । बाटभरी हरिया फाट । जुङा लाग्दै गरेका मैका का बोटहरु , हरिया डाँडाहरु – मनै रमाउने बन , कन्ला , खेत , गराहरु ।

प्राकितिक सुन्दरता !


प्राकृतिक सुन्दरता

रमाइलो सँग हिडियो कारीब ४ घण्टा । बाटोमा बेला बेला आप खान पाइन्थ्यो , या त नारायण अमृत को कृपा ले आरुबखडा । नारायण आँफैले रुख छाडेर आरुबखडा झारेर समेत खुवाउन भ्याए

नारायण अमृत आरुबखडा टिप्दै :)

नेपाल संसारका धेरै ठाउँ भन्दा धेरै गुना सुन्दर छ – वास्तवमै सुन्दर छ – अझ गाउघर को सुन्दरता शहरमा बस्ने लाई के थाहा ? नारायण अमृत को भाषामा शहरको ध्वनी प्रदुसन ले र फेसन प्रदुसण ले बिग्रीएका कान र आखा हरुलाई सितलता दिन केही बाँकी राखेनन सुन्दर फाट् , खेत बारी हरुले । बाटको छेउमा फुलेका फुलहरु , आरु र नस्पातिका बोटहरु , आलुबखडाहरु ले । अहा कती सुन्दर मेरो देश । आहा कती रमाइलो बाताबरण , अती रमाइलो परिबेस ।।

आरुको बोट

ल हेर केटा हो , हिंड्ने यसरी हो :P

बाटामा फलेको नास्पातीको बोट

चाहे हिउद होस् वा बर्सात को मौसम – कहिल्यै भुल्दैनन फुलहरु फुल्न । राता निला , पहेला फुल हरु । तर दुर्भाग्य – हामी तथाकथित शहरीया मान्छेले फुल लाई कहिल्यै माया गर्न जानेनौ , फुलाउन जानेनौ । आँखाभरी भरी हेर्न पाइयो सुन्दर फुल हरु – यात्रामा

फुल - इश्वोरको सुन्दर रचना !

फुल - इश्वोरको सुन्दर रचना !

फुल - इश्वोरको सुन्दर रचना !

फुल - इश्वोरको सुन्दर रचना !


आधिखोला उर्लेर आयो , आउने थिन मायाले बोलायो – फेरी पनि नारायण अमृतका लोक भाका सँङै करिब चार घण्टा को लखतरान यात्राा पछी हामी आइपुग्यौ भिमढुङगा । मकैको च्याखाको ढिडो स्वागत गर्न तम्तयार थियो । भोक र थकाईले चुर भएका हामीले सास रोकेर ढिडो खायौ – आलु र सिमिको तर्कारी र टमाटर को अचार सँगै ।

अब यात्रा करिब करिब् समाप्त भए सकेको थियो । नजिकै को मन्दिर भेला भए हाइके हरु । थकेर चुर कोही हाइके निदाउन समेत भ्यए केहीबेर । एकछिन पत्रकार दिपक भट्टराइ र काका बा को भाषाण समेत सुन्न पाइयो । मलाई चै खुट्टा दुखेर हैरान भएकोले दिक्दार लाग्यो भाषान सुन्न । भए नभरेका फुल बुट्टा भरेर गफ दिए बुढाहरुले । थाकेर लमतन्न परेका हाइके तन्नेरी हरुले अरुका कुरा त सुने सुनेनन तर दिपक दाई र काका बा को भाषण मा भने जमेर ताली बजाए । के के न दिब्य ज्ञान पाए जस्तो :)

हाइकेको हिडाइ

करिब एक घण्टा भाषाण बाजी पछी हामी फर्कियौ हाइकिङ बाट , गाडी चड्ने ठाउँ आइपुग्न अझ एक घण्टा थियो – सुस्केरा हाल्दै , थकाई मार्दै जसो तसो बाटो काटियो । गाडीमा आउँदै गर्दा मैले भने हाइकिङ र थकाई लगभग बिर्सें तर आँखा चिम्म गरेर बसेका बेला कुनै प्रक्रिती प्रेमी ले अगी मन्दिर मा भाषन गर्दा भनेको एउटा आवाज भने कानमा गुन्जिरहेको थियो – द सुप्रिम पावोर अफ द वोर्ल्ड इज द पावर अफ नेचर – अग्रिड महासय । धन्यवाद ! प्रक्रितीप्रेमी समुह । धन्यवाद काका बा । अनी धन्यबाद हाइके ।

This slideshow requires JavaScript.

Follow

Get every new post delivered to your Inbox.

Join 60 other followers