संबिधान सभा


अन्तत चार बर्षको अन्योल , अस्थिरता र संबिधान जारी हुदैन , ६०१ नालायक हुन केही गर्न सक्दैनन भन्ने आशंका र भ्रम लाई चिर्दै “गणतन्त्र नेपालको संबिधान २०६९” जारी भएको छ । भाग र धारा नखुलाइको भए पनि गत राती १२ बजे रेडियो नेपालको रात्रीकालिन सेवाबाट इतिहासका सर्बोच्च नायक प्रधानमन्त्री ले संबिधान जारी गरेका हुन ।
नयाँ संबिधान हेर्न यहाँ क्लिक गर्नुस् ।
माओवादी , मदेशी मोर्चा , एमाले , काङेस , जातीजनजाती, ब्रहमाण , क्षेत्री आदिका टाउकेहरु दिनभर बालुवाटारमा बसेर अत्यन्तै सौहाद्र बाताबरणमा बसेर दिन भर बार्ता गरे पछी संबिधान जारी हुने माहोल बनेको रेडियो नेपाल का क्याम्पाहरी राइ ले रासस लाई जानकारी दिएका छन ।

संबिधान यसरी अचानक जारी भएको र संबिधान ले सबै नेपाली जनतालाई एक ढिक्कामा बाधेर शान्ती र समुन्न्नतीको सन्देश दिएपछी एक हुल युवा “नया संबिधानलाई स्वागत गरौ ” भन्दै दरबारमार्गमा यसरी नाच्दै थिए ।

नयाँ संबिधानलाई स्वागत गरौ ।

इमेज च्यानलले जनाए अनुसार पछी ति युवाहरु बानेश्वोरको पानी ट्यांकी पछाडी कुनामा बसेर क्वा क्वा रोए रे । किन रोए भन्ने बारेमा सो च्यानलले “कुरा भित्रका कुरा ” कार्यकर्ममा बताउने समाचार छ ।

संबिधान जारी भएपछी नेक्पा एमाले , कङ्ग्रेज , माओवादी , मदेशी , जनजाती , बर्मान , छेत्री , सबै मिलेर एउटा नयाँ “काट्टो” नामको स्वादिस्ट परिकारको भोज खाए, रातभरी “ए सब संबिधान , तेरे लिए ” नामको गीत मा नाचे । यता फेसबुक , टुइटर , ब्लग जस्ता सामाजिक संजाल मार्फत नेपालमा रहेका र देश बाहिर रहेका नेपालीहरुले एकोहोरो संख बजाए, संबिधान दिन सफल भएको मा संबिधान सभालाई फूल माला , अबिर चढाए र खुशीयालीमा आँखा ओभाना बनाए ।

यसरी आफ्नो संबिधान आफै लेख्ने करिब ६० बर्ष देखीको नेपाली जनताको सपना पुरा भएको मा कस्ले के भने तल हेर्नुस् –

एमाले – गजब भो । क्या संबिधान बनाइयो ।

काङेस- सबैलाई बधाई छ । यो संबिधान हामीले पो बनाएको हो त । अरुले त सहिछाप् मात्र गरेका हुन ।

माओवादी – हाम्रो पाट्टिले महान जनयुध्द गरेर ल्याएको संबिधान हाइ हाइ ।।

मदेशबादी दल :_ हमार संबिधान के स्वागत करु । सम्पुन मदेश , नया प्रदेस ।

राष्ट्रपती :- म दुखी छु देश दुखी छ । ( बज्जे , सब खुशी मा को बेला दुखी हुदो रहेछ , महाअभोयोग सामना गर्नु पर्ला )

अन्य – लै बरी लै । लै बरि लै ।। नयाँ संबिधान लै बरि लै ।।

यसरी चार बर्स को अथक प्रयास , नेताहरुको संबिधान प्रतीको मोह , गम्भिरता ले संबिधान आएको देखेर कमल थापाले थपडी बजाएर स्वागत गरे भने निर्मल निवासले एकाइस तोप को सलामी दिएको भनेर राजु भन्ने एक संबाददाताले फेस्बुकमा शेयर गरेका छन ।

सबैले संबिधान जारी भएको खुशीयालीमा ताली बजाए । देशीले बजाए , बिदेशीले बजाए , सब सब्ब्ले । तर यो देशको दुर्भाग्य !! तीन करोड नेपाली जनताले न ताली बजाए न संबिधान जारी को “काट्टो ” भोज खाए । किन्न हो कुन्नी जनताले दु:ख पो माने ।

जय देश । जय नेपाल ,

[मैले यो अत्यन्तै होसहवास मा लेखेको हो । मेरो मानसिक सन्तुलनमा कुनै गडबडी नभएको सहर्ष जानकारी गराउछु ]

भट्टराई को सम्बोधन

काठमाडौँवासी नेवार समुदाय हरु तपाईं हरु सबी सदकमा आउनुपर्क्छ तपाईं हरु छितओ सडकमा उत्रनुपर्छ। छिटो उत्रनुभयो भने हामीले आन्दोलन लम्ब्याउनु पर्दैन ।

हामी जबसम्म हाम्रा माग पूरा हुँदैनन हामी सडक मै बस्नेछौँ, सडक मै खानेछौँ, सडक मै सुत्‍नेछौँ
नेपाली जनता लाई स्वाधिन बनाउन का लागि हो यो लडाईं
यो लडाईं सत्ता को लागि नै हो , जनताको सत्ता प्रप्ती को लागि लडाईं

थिम्पु बाट फर्क पछी आएको आकाशबाणी पछी राजिनामा नदिने र सेना लगाएर माओवादीलाई सिध्याउने माधव कुमार को ध्वास
काङ्र्स र एमाले राष्ट्रिय सहमति मा आउन चाहेनन ।


५० दिन अगाडि समय मै संबिधान बनाउ भन्दा , जनताले रोइ कराइ गर्दा नेता हरु कानमा तेल हालेर बसे , अहिले जनता ले ए बाबा ! समयमा संबिधान बनाउनत सकेनौ , कम्तिमा म्याद त थपिदेउ भनेर रोइ कराइ गर्ने बेला आएको छ ।

हाम्रा सभासद को नाउमा आज भन्दा ५० दिन अगी लेखिएको पर्त्र समयसान्दर्भिक भएको ले एक पटक पुन प्रकाशित गरिएको छ ।
मानानीय सभासद महोदयहरु,
आजका मितिले कारीब पचास दिन जती बाँकी छ – नयाँ संबिधान जारी गर्न । सबको चासो छ , पचास दिन मा संबिधान बन्ला कि नबन्ला भनेर । सर्बसाधारण ( म जस्ता ) मा आसा भन्दा धेरै आसंका छ- बाइस महिना मा माखो मार्न नसकेका हाम्रा मानानीयहरुले कसरी नयाँ संबिधान बनाउलान ? कदचित बनाए भने पनि कसरी जनता को संबिधान बनाउलान भन्ने । जनताले चोक चोक मा नारा जुलुश गर्नु परेको छ , धरना दिनु परेको छ, रिले अनसन गर्नु परेको छ ।

आदरणिय प्रधानमन्त्री, मन्त्री , सभामुख, र मानानीय सभासद ज्यु हरु,
तपाईंहरुलाई संबिधान बनाउन , संबिधान सभामा जान भन्दा पनि भाषण गर्न, उध्घाटन गर्न, रिबन काट्न , आइसक्रिम खान र ब्युटि पार्लर जान नै भ्याइ नभ्याइ छ, कती बेला बनाउनु खै हाम्रो संबिधान ?
आफ्ना हकहित का लागि, स्वाष्थ्य्, रोजगारी र सुरक्षा को प्रत्याभुती होला भनेर ज्ञानेन्द्र शाह को कालो दिन बिरुध्द युध्मोर्चा मा लडेका यो देश का नागरिक हरु आज आतंकित छन, ससंकित छन र हतास छन । हिजो टाउकोमा कात्रो बाधेर २०६२/ ०६३ को जन आन्दोलन लड्दा हामीले अब त देशमा प्रजातन्त्र, सुसासन, शान्ती सुरक्षा र स्थाईत्व होला , पटक पटक हामीले प्रजातन्त्र, सुसासन, शान्ती सुरक्षा र स्थाईत्व का लागि लडाइ लड्न नपर्ला , कम्तिमा पनि नागरिक ले रगत बगाउनु नपर्ला भनेरै १९/ १९ दिन “भात न पानी ” भएर लडेका थियौ तर आज आएर तपाईं हरुले नेपाली जनताको त्यत्रो त्याग लाई “बालुवा मा पानी ” सरह बनाइ दिनु भयो – तपाईंहरुलाई अलिकती पानी लाज लाग्दैन । अग्रज सि के लाल को भाषामा ‘के तपाईंहरु छौडा छोडे झै ‘ हुनु भा हो ? (more…)

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers