होलीका थप फोटो हरु !
Photo Blog
March 8, 2012
होलिकाफोटो हरु -फोटो फिचर !
Posted by nepaldiary under कला र शैली, तस्बिर, नेपाल डायरी, होली, Blog, nepaldiary, Photo Blog, Photo of the Day | Tags: नेपाल, नेपालडायरी, फगुवा, फागु, फागु पुर्णिमा, फोटो, फोटो ब्लग, रङ, होली |[2] Comments
December 5, 2011
सुन्दर नेपाल । सुन्दर सुदुर पश्चिम ।। फोटो ब्लग ।
Posted by nepaldiary under तस्बिर, नेपाल डायरी, फोटो ब्लग, मेरो देश, यात्रा, BBC, Blog, Fursad, Nepal, nepaldiary, Photo Blog, Photo of the Day, tourism, tours, Travel | Tags: blog, Nepal, tourism |1 Comment
गत हप्ता भाई पियुश ले नेपालगन्ज देखी सुदुर पश्चिम चादनी – दोधारा सम्मको यात्रा मा खिचेका फोटोहरु आज को फोटो ब्लग मा । नेपाल सुन्दर देश त हुँदै हो । अझ सुदर देखिएको छ , फोटो मा । सुदुर पश्चिम को रामारोसन को फोटो बिबिध कारणबस आज राख्न सकिएन । अर्को पटक राख्बे कोसिस गर्ने छु ।
(more…)
July 13, 2011
तन्नेरिको हाइकिङ मस्ती
Posted by nepaldiary under तस्बिर, नेपाल डायरी, फोटो ब्लग, यात्रा, Fursad, Hiking, Photo Blog, Travel | Tags: घुम्फिर, फोटो, ब्लग, यात्रा, हाइकिङ |[3] Comments
सातदोबाटोको अमृत भोजन अगाडि उभिएर काकाबा ले “हाइकिमा स्वागत छ ” भनिरहदा घण्टाघर को घडी शायद सात बजेको घन्टी हानी सकेको हुनुपर्छ , साथ मा तन्नेरी हरु को हाइकिङ मस्तीनि सुरु भै सकेको थियो । उनै काका बा , सुमन मन्जरी , नारायण अमृत , सुदिपसान ,पुजारी, राहुल भाई , बसन्ती र म भेला भैसकेका थिऔ – उमेश श्रेष्ठको प्रकृतिप्रेमी समुह ले आयोजना गरेको काठमाडौं -भिमडुङगा को हाइकिङ मस्ती का लागि ।
हुन त त्यो पदयात्रा मा कारीब १५० जना जती समाबेश थिए तर पनि मस्ती र हाइकिङ को रौनक भने करिब पन्द्र बिस तन्नेरी लाई लागेको थियो राम्रै सँग । सातदोबाटो बाट करिब आठ बजे छुटेको बस मा सितापाइला पुगे पछी थपिए – प्रमोद न्यौपाने , दिपक भट्टराई , कमल कुमार , सरोस , के पि शर्मा र मेडिकल् अफिसर सुदिप आचार्य । बस के चाहियो तन्नेरै को मस्ती सुरु हुन । पछाडी We Tweet for cause र TFC Nepal को लेखेको टि सर्ट लगाएका यो झुन्ड् ले “म आउँदा चै ओईे भन है झम्के गुलेली” सुरु गरे पछी भने त्यो हाइकिङ मात्र हाइकिङ रहेन , मस्ती , सास्ती, पूजारी र बिहाको रेखीका गफ सम्म पुग्यो ।टुइटरमा हासो ठट्टा गर्ने सुदिप आचार्य र सुमन मन्जरिलाई पूजारिले म पात्रो सम्म बोकेर आएको छु , लगन जुराउन भनेर ठट्टा गर्दा सिङै बसमा लामो हासोको फोहोरा होस् वा , बिहेमा रेखी हाल्ने कुरा आउँदा होस , तन्नेरी को हासो लगातार बर्सिरह्यो । करिब करीब आधा घण्टा बस यात्रा पछी अब सुर भो – हाइकिङ को असली हाइक अर्थात हिडाइ – तन्नेरी जोस कहाँ कम थियो र – हासो ठटटा , पूजारी र किस्सा को बर्षात जारी थियो – तर जब अलिक उकालो बाटो आयो अनी अस्लाई रुप देखायो हाइकिङ ले ।अली ठुला ज्यान भएका प्रमोद न्यौपाने र पत्रकार दिपक भट्टराई असिन पसिन देखिन्थे र बेला बेला मा बिच बाटो मै सुस्ताउथे ।
बाटो मा एक घण्टा हिंडेपछी भने अली राहत पाइयो – आप खान पाइयो , । बिच बिचमा हिडाइले थकेर चुर हुँदा पनि नारायण अमृत का जोक्स ले पनि अली उर्जा दिन्थ्यो भने – अर्का घुमन्ते सुदिप आचार्य को हिडाइको टिप्स ले । बाटभरी हरिया फाट । जुङा लाग्दै गरेका मैका का बोटहरु , हरिया डाँडाहरु – मनै रमाउने बन , कन्ला , खेत , गराहरु ।
रमाइलो सँग हिडियो कारीब ४ घण्टा । बाटोमा बेला बेला आप खान पाइन्थ्यो , या त नारायण अमृत को कृपा ले आरुबखडा । नारायण आँफैले रुख छाडेर आरुबखडा झारेर समेत खुवाउन भ्याए
नेपाल संसारका धेरै ठाउँ भन्दा धेरै गुना सुन्दर छ – वास्तवमै सुन्दर छ – अझ गाउघर को सुन्दरता शहरमा बस्ने लाई के थाहा ? नारायण अमृत को भाषामा शहरको ध्वनी प्रदुसन ले र फेसन प्रदुसण ले बिग्रीएका कान र आखा हरुलाई सितलता दिन केही बाँकी राखेनन सुन्दर फाट् , खेत बारी हरुले । बाटको छेउमा फुलेका फुलहरु , आरु र नस्पातिका बोटहरु , आलुबखडाहरु ले । अहा कती सुन्दर मेरो देश । आहा कती रमाइलो बाताबरण , अती रमाइलो परिबेस ।।
चाहे हिउद होस् वा बर्सात को मौसम – कहिल्यै भुल्दैनन फुलहरु फुल्न । राता निला , पहेला फुल हरु । तर दुर्भाग्य – हामी तथाकथित शहरीया मान्छेले फुल लाई कहिल्यै माया गर्न जानेनौ , फुलाउन जानेनौ । आँखाभरी भरी हेर्न पाइयो सुन्दर फुल हरु – यात्रामा
आधिखोला उर्लेर आयो , आउने थिन मायाले बोलायो – फेरी पनि नारायण अमृतका लोक भाका सँङै करिब चार घण्टा को लखतरान यात्राा पछी हामी आइपुग्यौ भिमढुङगा । मकैको च्याखाको ढिडो स्वागत गर्न तम्तयार थियो । भोक र थकाईले चुर भएका हामीले सास रोकेर ढिडो खायौ – आलु र सिमिको तर्कारी र टमाटर को अचार सँगै ।
अब यात्रा करिब करिब् समाप्त भए सकेको थियो । नजिकै को मन्दिर भेला भए हाइके हरु । थकेर चुर कोही हाइके निदाउन समेत भ्यए केहीबेर । एकछिन पत्रकार दिपक भट्टराइ र काका बा को भाषाण समेत सुन्न पाइयो । मलाई चै खुट्टा दुखेर हैरान भएकोले दिक्दार लाग्यो भाषान सुन्न । भए नभरेका फुल बुट्टा भरेर गफ दिए बुढाहरुले । थाकेर लमतन्न परेका हाइके तन्नेरी हरुले अरुका कुरा त सुने सुनेनन तर दिपक दाई र काका बा को भाषण मा भने जमेर ताली बजाए । के के न दिब्य ज्ञान पाए जस्तो :)
करिब एक घण्टा भाषाण बाजी पछी हामी फर्कियौ हाइकिङ बाट , गाडी चड्ने ठाउँ आइपुग्न अझ एक घण्टा थियो – सुस्केरा हाल्दै , थकाई मार्दै जसो तसो बाटो काटियो । गाडीमा आउँदै गर्दा मैले भने हाइकिङ र थकाई लगभग बिर्सें तर आँखा चिम्म गरेर बसेका बेला कुनै प्रक्रिती प्रेमी ले अगी मन्दिर मा भाषन गर्दा भनेको एउटा आवाज भने कानमा गुन्जिरहेको थियो – द सुप्रिम पावोर अफ द वोर्ल्ड इज द पावर अफ नेचर – अग्रिड महासय । धन्यवाद ! प्रक्रितीप्रेमी समुह । धन्यवाद काका बा । अनी धन्यबाद हाइके ।
May 22, 2011
शिरिष को फूल
Posted by nepaldiary under तस्बिर, नेपाल डायरी, फोटो ब्लग, मेरो देश, Fursad, Photo Blog | Tags: घुमफिर, फोटो ब्लग, शिरिष को फूल |[3] Comments
क्षत्री समाज (तात्तो न छारो ) ले गरेको आज को बन्द मा काम बिशेष ले भक्तपुर देखी कपन सम्म को हिडाइमा परियो । यही मौका मा बाटोमा खिचेका केही फोटो हरु । बिशेष गरे मलाई शिरिष को फूल को फोटो खिच्न झक्झकाउने साथी आकार पोस्ट लाई धेरै धन्यवाद । मैले यि फोटा हरु सिनमंगल र एयर्पोर्र को वरिपरि खिचेको हो । क्यामरा चै क्यानन को एच एफ एम ३० ह्यान्डिक्याम हो ।
May 3, 2010
फोटो ब्लग
Posted by nepaldiary under तस्बिर, नागरिक सर्बोच्चता, नेपाल डायरी, प्रजातन्त्र, फोटो ब्लग, Photo Blog | Tags: आन्दोलन, तस्बिर, पोखरा, फोटो ब्लग |Leave a Comment
May 2, 2010
आम हडताल -अपडेट
Posted by nepaldiary under नागरिक सर्बोच्चता, नेपाल डायरी, प्रजातन्त्र, फोटो ब्लग, माओवादी, Nepal, nepaldiary, Photo Blog | Tags: अपडेट, आन्दोलन, जुलुस, माओवादी, समाचार, हडताल |Leave a Comment
माओवादी को आमहडताल जारी , चाबहिल, सुन्धारा, कलंकी, मा सयौ माओवादी कार्यकर्ता सडकमा , चबेलामा माओवादी कार्यकार्ता को नाचगान ,
October 27, 2009
फुल किन फुल्छ दाजै फुल किन फुल्छ ?
Posted by nepaldiary under नेपाल, नेपाल डायरी, फोटो ब्लग, nepaldiary, Photo Blog | Tags: फूल, फूलबारी, फोटो, फोटो ब्लग, ब्लग |[4] Comments
फूलका फोटो हरु -under my camera

(more…)
October 25, 2009
फोटो अफ द डे
Posted by nepaldiary under जिबन, तस्बिर, नेपाल, नेपाल डायरी, फोटो ब्लग, nepaldiary, Photo Blog, Photo of the Day | Tags: छैठ, फोटो, फोटोब्लग |[4] Comments
रानीपोखरी मा छैठ पूजाको दिन अस्ताउदो सुर्य को पूजा गर्दै एक महिला ।

October 25, 2009
छैठ एट रानीपोखरी
Posted by nepaldiary under तस्बिर, नेपाल, नेपाल डायरी, फोटो ब्लग, Nepal, nepaldiary, Photo Blog | Tags: छैठ, नेपाली पर्ब, रानीपोखरी |Leave a Comment
October 18, 2009
तिहार को झिलिमिली
Posted by nepaldiary under कला र शैली, तस्बिर, नेपाल डायरी, फोटो ब्लग, Photo Blog | Tags: झिलिमिली, तिहार, दिपावली, फोटोग्राफी |Leave a Comment
फेस बुक मा फोटोग्राफी को अनेक रुप देखी पछी मैले पनि मेरो क्यामरा मा पहिलो पटक बिभिन्न प्रयोग गरे हेरेको छु तलका फोटो हरुमा ।

छत् बाट देखिएको दीपावलीको बत्ती । (more…)
October 16, 2009
तिहार को शुभकामना !!
Posted by nepaldiary under तस्बिर, नेपाल डायरी, nepaldiary, Photo Blog | Tags: तिहार, नेपाल, पर्ब, पूजा, फोटो, Nepal, photo |1 Comment
October 3, 2009
फोटो ब्लग -Under my camera
Posted by nepaldiary under नेपाल, नेपाल डायरी, फोटो ब्लग, nepaldiary, Photo Blog | Tags: जिबन, नेपाल, फोटो, मेरो देश, यात्रा |Leave a Comment
October 2, 2009
नेपालि सुन्दरता -Under my camera
Posted by nepaldiary under नेपाल डायरी, फोटो ब्लग, Nepal, nepaldiary, Photo Blog | Tags: जिबन, तस्बिर, नेपाल, मेरो देश, यात्रा |1 Comment
धेरै दिन पछी मेरो ब्लग अप-डेट गर्दै छु .
केही नयाँ र केही पुराना तस्बिर हरु ।


पहरामा जन्मे , पखेरा मा हुर्के ………
(more…)
July 5, 2009
फोटो अफ द डे
Posted by nepaldiary under नागरीक, नेपाल डायरी, फोटो ब्लग, Photo Blog, Photo of the Day | Tags: फोटो ब्लग, बागमती |[3] Comments

फोटो ब्लग (more…)
July 5, 2009
उर्लेर आउँदा
Posted by nepaldiary under नागरीक, नेपाल डायरी, फोटो ब्लग, Photo Blog | Tags: घुमफिर, फोटो ब्लग, बढी, बागमती |Leave a Comment
























































