काठमाडौं, वैशाख २० – एमाले बरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीको सडक आन्दोलनबाट सरकार नढल्ने दाबी गरेका छन् । ‘चार हजार केटाकेटी सडकमा उफार्दैमा संवैधानिक बाटोबाट बनेको सरकार ढल्दैन,’ बालुवाटारमा रिपोर्टर्स क्लवले गरेको साक्षात्कारमा सोमबार उनले भने, ‘सरकार ढाल्न संवैधानिक र विधिसम्मत् बाटोमा माओवादी आउनुपर्छ ।’

संवैधानिक बाटोमा आएको माओवादीले सडकबाटै सरकार ढाल्ने योजना बनाउनु अनौठो भएको ओलीले बताए । ‘समस्या समाधानका लागि संसद छ, संविधानसभा छ, यहींबाट उपाय खोज्नुपर्छ,’ उनले भने, ‘सत्ता कब्जा गर्छु भनेर ताउरमाउर गरेर पाइन्न । जनताले दुःख मात्र पाउँछन् ।’

आन्दोलनको सहभागिता घट्दो

ओलीले माओवादीले आइतबारदेखि सुरु गरेको अनिश्चितकालीन आमहड्तालमा सहभागी हुनेहरु घट्दै गएको बताए । ‘आन्दोलनमा घट्दै जानु अनौठो होइन, अस्तिका दिनको रौनक हेरौं, हिजोको हेरौं, प्यारामिटर निकै तल छ, झन् आज त निकै तलै झरेको छ ।’

ओलीले माओवादीले जारी आन्दोलनलाई फिर्ता लिएर सहमतिमा आए जुनसुकै बिषयमा छलफल गर्न सकिने बताए । ‘सहमपतिपछि राष्ट्रिय सहमतिको सरकार बनाउन सकिन्छ,’ उनले भने, ‘माओवादीले आफ्नो काँधमा आएको अभिभारा बुझ्न जरुरी छ । सरकार परिवर्तनको कुरा निरर्थक हो ।’ उनले चितवन र पोखरामा केही अप्रिय अवस्था आए जस्तो भएपनि माओवादीको हड्ताल शान्तिपूर्ण भएकोमा प्रशंसा गरे ।

बिरामीलाई घर पठाऊ

एमाले नेता ओलीले माओवादी आन्दोलनमा आएर बिरामी भएकालाई अबिलम्ब घर पठाऊन सरकारलाई आग्रह गरेका छन् । ‘आन्दोलनमा आएकाहरु धमाधम बिरामी भएर अस्पताल गइरहेका छन् । एकजनालाई प्रधानमन्त्री बनाउन जनतालाई दुःख दिनु हुन्न,’ उनले भने, ‘म सरकारसँग माग गर्छु, बस-ट्रकको व्यवस्था गरेर उनीहरुलाई अबिलम्ब घर पठाउनुपर्छ ।’

बामदेवलाई कारवाही

एमाले बरिष्ठ नेता ओलीले प्रधानमन्त्रीको राजिनामा माग्ने पार्टी उपाध्यक्ष बामदेव गौतमलाई कारवाही गर्ने बताए । तर, राजिनामा माग्ने ६० मध्ये अधिकांश नेता तथा सभासदहरुले त्यसको खण्डन गरिसकेको उनले जिकिर गरे । ‘हावामा फुल पारेको हो कि कसैले फुल पारेका हुन् । जो सुकैले फुल पारे पनि यो एमालेको धारणा र नीति बिपरीत छ,’ उनले भने, ‘ अनुशासन, अराजक किसिमले यस प्रकारका आपत्तिजनक र हानिकारक काम गर्नेलाई कारवाही हुन्छ, कारवाही गर्नैपर्छ ।’

पार्टी नीतिबिपरीत काम गर्नेलाई कारवाही नगरे पार्टीलाई अप्ठ्यारो पर्ने ओलीको भनाइ छ । ‘यो पार्टीका दुई लाख संगठीत सदस्य मध्ये २ जनाको भावना पनि समेट्दैन,’ उनले भने ।

प्रधानमन्त्रीले राजिनामा दिंदैनन्

ओलीले प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा नदिने अडान दोहोर्‍याउँदै आफूले पनि त्यस्तै सल्लाह दिएको बताए । ‘मैले मात्र सल्लाह दिएको होइन, २२ दलले पनि अहिलेसम्म राजिनामा दिनु हुँदैन भनेका छन्,’ उनले भने । ओलीले एमालेले पनि प्रधानमन्त्रीलाई राजिनामा दिन नभनेको बताए ।
(कान्तिपुर )

फेरी सिर्श नेताको बैठक रे ! के गर्नु त बैठक बसेर ? कुनै समाधान निस्कने होइन ! सबै आफ्नै गोरुको बार्है टक्का भन्ने छन , के सहमति होला र खै ?

आजको सभा लाई सुन्धारा मा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराई, लोकेन्द्र बिष्ट लगायतका नेताहरु,ले सम्बोधन गर्ने कार्यकर्मा छ भए ● बानेश्वरमा अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रकाश, अग्निप्रसाद सापकोटा, गोपाल किराँती लगायतका नेताहरु, ● कुपन्डोलमा माओवादी नेता कृष्णबहादुर महरा, वर्षमान पुन (अनन्त) लगायतका नेताहरु, ● गौशालामा माओवादी नेता देव गुरुङ, इन्द्रमोहन सिग्देल, नवराज सुवेदी लगायतका नेताहरु, ● केशरमहलकम माओवादीका केन्द्रीय सचिव पोष्टबहादुर बोगटी, ● पद्मोदय मोडमा माओवादीका स्थाई समिति सदस्य नेत्रबिक्रम चन्द(विप्लव), कुलप्रसाद केसी (सोनाम), शक्ति बस्नेत लगायतका नेताहरु ले सम्बोधन गर्ने कार्यक्रम छ ,

krishnasen online


बिरतनगर मा आन्दोलन कृष्णसेन अन लाइन

सुन्धारा को सभा मा हजारौ माओवादी कार्यकर्ता जम्मा , सभा लाई डा भट्टराइ ले सम्बोधन गर्ने ।

सुन्धारामा माओवादी सभा सुरु हुन लाग्दै

अपडेट :- सुन्धारामा माओवादी सभा सुरु हुन लाग्दै

     सुन्धारामा माओवादी सभा सुरु हुन लाग्दै/foto नागरिक न्युज
    फोटो :- नागरिक न्युज

    अपडेट :- राजधानीका विभिन्न स्थान बाट अहिले माओवादी कार्यकर्ता हरु सुन्धारा तर्फ जादै । आजको माओवादी सभा सुन्धारामा हुने , माओवादी नेता हरु पनी सुन्धारा मा ।

    । माओवादी आमहडतालको ’boutमा छलफल गर्न सरकार सर्मथित दस दलको बैठकमा सहभागी हुन बालुवाटार पुगेका कांगे्रस संसदीय दलका नेता रामचन्द्र पौडेलले पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्रीले राजिनामा नदिने बताएका छन् ।

    बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । उनका प्रतिक्रिया अनुसार सरकार माओवादीको आन्दोलन विरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत दिएको छ । साथै माओवादीको आन्दोलन विषयमा दस दलले कडा निर्णय लिनेसमेत जनाइएको छ । दलका नेताहरुलाई उनीहरुकै घरबाट प्रहरीको भ्यानमा बालुवाटार पुर्‍याइएको छ ।

    साथै बालुवाटारको सुरक्षा कडा पारिएको छ । बैठकका राष्ट्रिय जनशक्ति, राप्रपा, सदभावना लगायतका दलका नेताहरु सहभागीता रहेको छ । श्रोत :- अनलाइन पत्रीका

    अपडेट :- माओवादीको करिब 3० हजार को मास कलकी, कालिमाटी बाट सुन्धारा तर्फ आउँदै , सुन्धारा क्षत्र मा झडप को सम्भाबना ।

    अपडेट :- धनकुट्टा मा अहिले युथ फोर्स र वाइसिएल ले गाउ गाउ बाट आफ्न कार्यकर्ता बोलाएका छन $ ।धनकुट्ट को मदन चोक मा युथफोर्स र भीमनारायणचोक म वाइसीएल का कार्यकर्ता लाठी र रड लिएर बसेका छन ।अहिले त्याह तनाब को स्तिथी छ । त्य हा अहिले ठुलो सन्ख्या मा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिक्षालन गरिएको छ ।

    अपडेट :- पोखरा , बुटवल र धनकुट्टा मा तनाब , धनकुट्टा मा युथ फोर्स र माओवादीको छुट्टा छुट्टै प्रदर्शन

    एमाले अनुशासन कमिटी ले सरकार को बिरुद्ध बक्तब्य दिएको भन्दै पार्टी उपादक्ष्य बामदेव गौतम सँग स्पष्टिकरण सोध्ने निर्णय ।

    बामदेव गौतमले प्रधानमन्त्रीको राजीनामा मागेको बिषय लाई लिएर ज्यान मार्ने धम्की आएको बताए । धम्की युथ फोर्स ले दिएको ।

    नाचगान गरेर प्रदर्सन गर्दै माओवादी कार्यकर्ता

    माओवादी आन्दोलन को दोस्रो दिन, आन्दोलन सान्तिपूर्ण

निलो शिरिस( माथि ) र रातो क्रान्ति (तल )

निलो शिरिस( माथि )


र रातो क्रान्ति (तल )

भोलिको आम हडताल नरोक्ने माओवादी घोषणा

बिलुकी छ बजे देखी आठ बजे सम्म सर्बसाधारण को लागि किन मेल गर्न पसल खोल्न पाइने

प्रेस, दुध को ट्यांकर, पानी को ट्यांकर , एम्बुलेनस, कुतनितिक नियोग, मानबाधिकर को गाडी लाई नरोकिने

आन्दोलन सालीन र शान्तिपूर्ण हुने ,

सरकार ले दमन गर्न खोजे प्रतिकार गरिने , त्यस बाट उत्पन्न हुने परिस्थितीको जिम्मा सरकार ले लिनु पर्ने ।

थप फोटो हरु केही छिन् मा

माओवादीले मेइ दिवस मा आयोजना गरेको र्‍याली तथा आमसभा का द्रिस्यहरु

एतिहासिक र्‍याली तथा आमसभा बन्द भाटभटेनी सुपर मार्केट

सुनसान सडक (धेरै…)

अपडेट: बार्ताका लागि काङ्रेस र एमाले नेताहरु होटल र्‍याडिसन पुगिसके का छन तर प्रधान मन्त्री को सम्बोधन पछी माओवादी बार्ता मा नबस्ने निर्णय मा पुगेको छ । एमाले र कांग्रेसका नेताहरु माओवादी नेता हरुलाई कुरेर बसेका छन

अहिले भर् खर को सम्बोधन मा प्रधानमन्त्री ले रजिनामा नदिने बताएका छन , मुलुक थप अन्योल तर्फ , आम हडताल रोकिने कुनै संकेत पाइएन

राजिनामा नदिने ,

प्रधान मत्री को सम्बोधन

निर्धारित समयमा संविधान निर्माण गर्न नसक्नु हामी सबैको कमजोरी हो । जनतासमक्ष त्यसमा आत्मआलोचना गर्नुपर्छ । संविधानसभाबाटै नयाँ संविधान बनाउनु पर्छ भन्ने मेरो मान्यता छ ।

– दलहरु सहमतिका साथ अघि बढ्ने मार्गचित्र तयार होस् । म सहमतिको लागि त्याग गर्न तयार छु । मुलुकलाई अस्तव्यस्ततामा कुनै पनि सरकारले छाड्न मिल्दैन । त्यसैले शान्ति सुरक्षा र अमचयन पुरा गराउन राज्यका सबै सुरक्षा निकाय अघि बढ्नु पर्छ ।

– तत्काल आम हड्ताल फिर्ता लिएर सहमतिको बाटो खुला गर्न माओवादीलाई आह्वान गर्दछु ।
सरकार का कमी नै छैनन भन्ने होइन तर द्वन्द ले जर जर पारेको देस मा मैले ठोस् काम को सुरु वत गरेको छु

मेरा बिरुध को बिस बमन लाई पनि मैले शहेको छु ,

माओवादी नगरिक पार्टी बन्न तयार हुन्छ भने म सहमति मा आउन तयार छु । तर धाक दम्की को भर मा सडक मा कराउदै मा म सरकार छोड्दिन

प्रमुख प्रतिपक्षबाट नयाँ संविधानको अन्तर्वस्तु र त्यसको सुनिश्चितताको टुङ्गो भएपछि मात्रै समायोजन प्रक्रियालाई अगाडि बढाउन सक्ने र त्यस अघी हामीलाई निशस्त्र बनाएर संविधान निर्माण गर्ने षड्यन्त्र मनगढन्ते आरोप लगाइयो

दलहरुको बीचमा हुने सहमतिबाहेक अर्को बाटो छैन र विधिसम्मत प्रक्रियाबाट बनेको व्यवस्थापिका–संसद्को बहुमत प्राप्त सरकार सहमतिका आधारमा र विधिसम्मत प्रक्रियाबाट मात्र परिवर्तन हुनसक्छ । शान्ति प्रक्रिया कार्यान्वयन अगाडि बढाइयोस्, संविधान निर्माणको सुनिश्चितताको भरपर्दो खाका प्रस्तुत होस् र दलहरुको सहमतिको आधारमा अघि बढ्ने मार्गचित्र तयार गरियोस्। त्यस अनुसार सहमतिका साथ सहकार्य गर्दै अघि बढ्न म सहर्ष तयार हुनेछु। तर, सहमतिलाई लत्याउँदै मुठभेडको मार्गतर्फ अग्रसर हुने हो भने त्यसको परिणाम देश, जनता र हामी सबैको लागि दुःखदायी हुनेछ। यसले देशलाई अन्योल, अस्थिरता र सर्वसत्तावादतर्फ लैजानेछ र लोकतन्त्रमाथि गम्भीर आघात पार्नेछ। त्यसैले मुलुकलाई अस्तव्यस्तमा कुनै पनि सरकारले छोड्न मिल्दैन।

आफूसँग मोटरसाइकल मात्रै भएको र त्यसमा सिंगै शव बोक्न नसकिने भएकाले टुक्राटुक्रा पारेको वीरेनको बयान छ । यसअघि बायोलोजीका शिक्षक रहेका वीरेनले शवको छाला र मासु काटेर जोर्नी खुस्काउँदै अंग छुट्टयाएका थिए । शरीरको बीच भागलाई सबैभन्दा पहिले ललितपुरको सैंबुस्थित बाटामुनि फालेका थिए । शरीरका अरू टुक्राहरू सड्न नदिन ‘पि|mज’ मा राखेका थिए ।

हात र खुट्टालाई माइक्रोको छतमा आफैंले राखी कलंकीबाट चितवनमा लगेर फ्याँकेको उनको बयान छ । उनले ख्यातीका परिवारलाई त्यहींबाट म्यासेज पठाएका थिए

आजको कान्तिपुर बाट

हत्या हिंसाको पराकाष्ठा ले मुलुक शोकमग्न रहेको बेला पनि बौलाहाहरु यो देश मा ‘नागरिक सर्बोच्चता’ को दुहाइ दिएर सडक र सदन तताउन ब्यस्त छन । के यो हो नागरिक सर्बोच्चता भनेको ? एउटा नागरिक ले निर्धक्क भएर बाँच्न पाउनु नागरिक सर्बोच्चता हो कि होइन ? एउटा क्रुर हत्यारोलाई जनचाहना अनुरुप फासिको फन्दामा चढाउनु नागरिक सर्बोचता हो कि होइन ? किन बोल्दैन माओवादीको गुलाम नागरिक समाज? किन बोल्दैनन विद्यार्थी नेता, नेत्री हरु ? शायद यती क्रुर र जघन्य हत्या नेपाली जनताले पहिलो पटक महसुस गर्दैछन ? जनतामा द्वन्दकालमा समेत न्नफैलेको आतंक फैलिरहेको बेला किन चुप नेता कार्यकर्ता, दल, राज्य, सरकार ? (धेरै…)