राश्ट्रपतिको असंबैधानिक कु बिरुद्ध नागरिक समाजको धर्ना


| View Show | Create Your Own

nagarika-samaaja

nagarik-samaaja-2

धर्नामा बसेका कृष्ण पहाडी , देबेन्द्र राज पांडे लागायत करीब ५ दर्जन लाइ प्रहरीले गिरफ्तार गरेको छ। अन्य फोटोहरु हेर्न भित्र आउनुहोस् । (more…)

सेनापती बिबादले ९ महिना देखी सरकार चलाऊदै आएका पुष्पकमल दाहाल प्रचन्ड को कुर्सी त गुम्यो,तर के यो प्रकारणमा मुछिएका रुक्माङद कटवाल र “कानुन जान्ने “रास्ट्रपती रामबरण यादवको कुर्सी चै बच्ला ? अब कदाचित भोली अदालत ले राष्ट्रपतिको कदम् लाई पनि असंबैधानिक घोषणा गर्‍यो भने राष्ट्रपती के गर्लान ? प्रचन्ड ले झै सजिलै सँग राजिनामा देलान वा सेनाको आडमा पुन घुर्की देखएर कुर्सिमा टासिएर रहलान ? अनी कटवाल के गर्लान ? कि मलाई बाचाइदेउ भनेर अदालत गुहार्लान ?

(more…)

एमाले ले माओवादी नेत्रित्वको सरकारबाट हट्ने निर्णय गरेको छ । एकलौटी तर्फबाट सेनापतिलाई अबकास दिने निर्णय गरेको गरेको भन्दै आजैका मिती देखी सरकार बाट अलग्गिएको घोषणा गरेको हो । साथै एमाले ले आफ्नो नेत्रित्व मा सरकार गठन गर्ने तयारी स्वरुप छलफल सुरु गरेको छ ।यस निर्णय सँगै माओवादी को नेत्रित्व मा बनेको पाँच दलको सरकार संकटमा परेको छ । काङ्रेस् ले भने उचित कदम चाल्न राष्ट्रपती लाई आग्रह गरेको छ ।

पुर्ब राजाले “जनताको नासो”जनतामा फिर्ता गरेको ठिक तिन बर्ष पुग्न लाग्दा नेपाली आकाश मा देखिएका अनिश्चयताका बादलहरु अझ सघन हुदै गहिरहेका छन्। दुर दुर सम्म पनि यो बादल फाट्ने लक्षण देखिएको छैन ।

देसले तेस्रो लोकतन्त्र दिबस मनाइरहदा एउटा अर्को सैनिक “कु” को निकट संभाबना देखिएको छ । सरकारले सोधेको स्पस्टिकरण लाइ चुनौति दिदै सेनापतिले सरकारले हटाए सैनिक कु गर्न खोजेको बिषय अब नया भएन ।२०६२/०६३ को जन आन्दोलन र संबिधान सभाको निर्बचन पछि बिस्तारै सामान्य बन्दै गएको नेपालको अबस्था, २४० बर्षदेखि एकछत्र शासन गर्दै आएको राजतन्त्र को अबसान पछि सबैले सोचेका थिए-अब देखि सायद प्रजातन्त्रका लागि अर्को लडाइ लड्नु पर्ने छैन। कम्तिमा युवाले देशका लागी पटक पटक रगत बगाउनु, बलि बेदिमा होमिनु पर्ने छैन । तर बिडम्बना नेपालको अर्को एउटा दुर्भाग्य बाकिँ नै रहेछ , नेपालि जनताले अर्को एउटा लडाइ लड्न बाकि नै रहेछ । (more…)

Follow

Get every new post delivered to your Inbox.

Join 41 other followers