मन्त्री मन्डल बिस्तार हुन सकेन, सत्ता सझेदार दल भित्रै बिबाद
एमालेको नेत्रित्वमा २२ दल मिलेर सरकार बनाउने भने पनि आज भने १६ दल मात्र उपस्थित बैठक ले माओवादीलाई बाइपास गरेर सत्ता चलाऊने निर्णय गरेको छ । सत्ता सझेदार १६ दल को बैठक ले राष्ट्रपती रामबरण यादव ले कटवाल लाई पदमै बहाल रहन दिएको आदेस को समर्थन गर्ने र ततकालिन सरकार ले कटवाल लाई अबकास दिन गरेको निर्णय उल्टाउन सरकार लाई निर्देस गर्ने निर्णय गरेको छ । त्यसइगरी माओवादी द्वारा सदनमा दर्ता गर्ने संकल्प प्रस्ताब लाई संसदमा छलफल को लागि लान नदिने बरु सभामुखलाई प्रयोग गरेर हतार हतार जारी संसद अधिबेसन भोली वा पर्सी सम्ममा टुङाउने निर्णय गरेर जारी गतिरोध लाई मुठभेड मा परिणत गर्ने कोशीस गरेका छन ।
(more…)
May 27, 2009
“थुतुनु र …तुन जोगाउनु “
Posted by nepaldiary under नागरीक, नेपाल डायरी | Tags: माओवादी, सरकार, Nepal, nepaldiary |1 Comment
April 28, 2009
क्या फसाद !!
Posted by nepaldiary under झटारो, नेपाल डायरी | Tags: र ........... यो पनि, nepaldiary, Prachanda, suda |1 Comment
झटारो
बिहानको आठ पनि बजेको थिएन, एकजन जबान हस्याङ्फस्याग गर्दै आए र ढोका ढक-ढक गरे -पुष्पकमल प्र।म. यानी प्रचन्ड सुकुला भैबक्सेको थियो । कती राम्रो सपना दिखिरहनु भएको थियो,बित्थामा ब्युझाइदियो……….
उहाँ आउनु भएको छ ।जवान ले कुरा सक्न नपाउदै प्रचन्ड ले सोध्नुभो -को उहाँ ?
उहाँ, अर्थात उहाँ सर ……. अ …… ढोकै मा राजदुत सुद देखा पर्नुभो ।
ल परेन फसाद ! प्रचन्ड ले हत्तपत्त पाइन्ट लागाउनुभो, छोरालाई बोलाउनु भो, कपाल कोर्नुभो, कुर्शी तान्नुभो र निन्याउरो अनुहार लगाएर सुदलाई हेर्नुभो ।
के शोच्नु भो? सुदले सोध्नुभो ।
“केही सोचीन ” प्रचन्ड ।
“हटाउने हो सेनापती कटवाललाई ” सुदले सोध्नुभो ।
‘कटवाललाई नहटाउने हो भने आँफैलाई हटाउने भए ‘ प्रचन्डले गुनासो गर्नु भो।
त्यो त स्पस्टै छ नि -सुदले घुमाउरो पाराले ब्यङ्ग गर्नु भो र खल्ती मा हात हाल्नुभो।
सुदले खल्ती बाट सेतो कागज निकाल्नु भो – प्रचन्ड प्र म को सातो गयो,कतै बर्खास्ती को चिठ्ठी को हो कि ?
के हो यो – प्रचन्ड ले सोध्नुभो ।
स्पष्टिकरण- सुद को छोटो उत्तर ।
के को स्पष्टिकरण ? प्रचन्ड
‘तपाइले कटवाल लाई स्पष्टिकरण सोध्नुको कारण के हो-त्यस्को स्पष्टिकरण २४ घण्टा भित्र दिनुहोस -सुद । (more…)
April 26, 2009
के कारबाही होला त कटवाल लाई ?
Posted by nepaldiary under नागरीक, नेपाल डायरी, प्रजातन्त्र | Tags: democracy, Nepal, nepaldiary |Leave a Comment
माओवादी ले कटवाल लाई कारबाही गर्नु अगाडी स्थिती को अंकलन गरीरहेको छ । सैनिक कु हुन सक्ने र भए मा कसरी समान गन्रे , क-कस्ले गिरफ्तारी दिने, को को भूमिगत हुने र जनसेनाले कस्तो एक्सन लिने भन्ने रणनितीमा माओवादी लागिरहेको छ ।स्पष्टिकरण सोध्नु अघी सैनिक कु नै होला भन्ने अनुमान गर्न नसकेको माओवादी अब सैनिक कु भएमा चाल्ने रणनितीमा लागेको छ । जसका लागि समय चाहिने भएको ले मात्रा एक पाइला पछी सरेको हो माओवादी । दुई तीन दिन यो मामाला लाई लम्याउदा आफु अनुकुल परिस्थिती निर्माण गर्न सकिन र जन सेनालाई तयारी अबस्थामा राख्न सकिने र सेनाको आगामी कदम बुझ्न सकिने बिस्लेसण गरेर नै माओबादिले स्पस्टिकरणमा थप अध्ध्य्यन गर्नु पर्ने भनेको हो । नत्र सेना पती हटाउने बसयमा सुरु देखी नै माओवादी नेत्रित्व स्पस्ट छ ।
सेना भने यो मामाला मा त्यसरी नै कमजोर देखियो , जसरी जनयुद्ध ताका माओवादी सँग लड्दा सैनिक को कमजोरी देखिन्थ्यो । सेनाले कु गर्ने संकेत दिएपछी माओवादीलाई आफ्नो रणनिती तयार पर्न अझ सजिलो भएको छ ।
राष्ट्रपती के गर्लान ?
(more…)
April 24, 2009
सैनिक कु- खतरा टरेको छैन ।
Posted by nepaldiary under नागरीक, नेपाल डायरी | Tags: nagarik, Nepal, nepaldiary |Leave a Comment
पुर्ब राजाले “जनताको नासो”जनतामा फिर्ता गरेको ठिक तिन बर्ष पुग्न लाग्दा नेपाली आकाश मा देखिएका अनिश्चयताका बादलहरु अझ सघन हुदै गहिरहेका छन्। दुर दुर सम्म पनि यो बादल फाट्ने लक्षण देखिएको छैन ।
देसले तेस्रो लोकतन्त्र दिबस मनाइरहदा एउटा अर्को सैनिक “कु” को निकट संभाबना देखिएको छ । सरकारले सोधेको स्पस्टिकरण लाइ चुनौति दिदै सेनापतिले सरकारले हटाए सैनिक कु गर्न खोजेको बिषय अब नया भएन ।२०६२/०६३ को जन आन्दोलन र संबिधान सभाको निर्बचन पछि बिस्तारै सामान्य बन्दै गएको नेपालको अबस्था, २४० बर्षदेखि एकछत्र शासन गर्दै आएको राजतन्त्र को अबसान पछि सबैले सोचेका थिए-अब देखि सायद प्रजातन्त्रका लागि अर्को लडाइ लड्नु पर्ने छैन। कम्तिमा युवाले देशका लागी पटक पटक रगत बगाउनु, बलि बेदिमा होमिनु पर्ने छैन । तर बिडम्बना नेपालको अर्को एउटा दुर्भाग्य बाकिँ नै रहेछ , नेपालि जनताले अर्को एउटा लडाइ लड्न बाकि नै रहेछ । (more…)
April 12, 2009
नयाँ बर्षको सुभकामना ।
Posted by nepaldiary under नेपाल डायरी | Tags: Nepal, nepaldiary, New year |[21] Comments

धारामा “ध्वाररर…” पानी आओस ।
घरको बत्ति कहिल्यै नजाओस ।
नो कनेक्सन /इरर सुन्न नपरोस ।
केटा सांसद सुत्केरी भन्न नपरोस ।
पुष्पकमल प्र म को सतबुध्धि आओस
प्रकास दाहाले धेरै रक्सि नखाओस ।
(more…)
March 26, 2009
नेपाल भ्रमण बर्ष २०११ / कुरा बढी, काम सिन्को भाँचेको होइन
Posted by nepaldiary under नेपाल डायरी | Tags: Nepal, Nepal visit Year, nepaldiary, Nepalnews, tourism |[5] Comments
नेपाल सरकार ले सन २०११ लाइ नेपाल भ्रमण बर्स घोसणा गरेको छ र नेपाल टुरिजम बोर्ड ले पनि भ्रमण बर्ष को तयारी गरिरहेको जनाएको छ ।
नेपाल आफै मा एउटा सुन्दर देश त हुदै हो । तर देशै सुन्दर छ भनेर हल्ला गरेको भर मा करिब १० लाख पर्यटक भित्राउन सकीएला त? अह् पटक्कै सकिदैन । आजको २१ शदि मा पर्यटक लाइ हाम्रो हिमाल राम्रो , हाम्रो पहाड राम्रो, तरै रामो, हामि राम्रा भनेकै भरमा फकाउने,फुल्याउने दिन गए।
के पुर्बाधार तयार गरेका छौ हामिले पर्यटकका लागि? फोहोरै फोहोर, धुवा धुलो ले भरीएको काठमान्डौ ,
सागुरा र हिलाम्ये, धुल्यामे सडक ,फेवातालको फोहोर र अफ्ठयारा डुङा हरु, बिमानस्थल देखि नै पर्यटक लाइ होटल वाला को तानातान ले कस्तो सन्देश जाला बिदेशमा? हामीले कहिल्यै सोचेनौ।सरकारले
लाखौ, करोडौ खर्च गरेर गरेको बिज्ञापन भन्दा एउटा बिदेसि ले आफ्नो साथिलाइ गरेको बर्ढन र सिफारिस धरै महत्वपुर्ण हुन्छ । (more…)


