तर्राईमा सेना परिचालित हुनसक्छ
पृतनापतिद्वारा राजनीतिक वक्तव्य

  कास्की, माघ २२               

                    तर्राईको हिंसात्मक गतिविधि नियन्त्रणमा सेना परिचालन हुन सक्ने राजनीतिक वक्तव्य दिदै नेपाली सेनाको पश्चिम पृतनाका कायममुकायम पृतनापति दिलीपशमशेर जबराले मातहतका फौजहरूलाई उच्च तयारीमा रहन निर्देशन दिएका छन् ।सरकार, राष्ट्रसंघ र माओवादी बीच सीमित अवधिका लागि सेना परिचालन गराउने समझदारी भएको उल्लेख गर्दै उनले अग्रगामी कदमका लागि आफूले सैनिक मुख्यालयलाई अनुरोध गरेको जानकारीसमेत दिएका छन् ।पश्चिम पृतना सम्मेलन- २०६३ लाई सोमबार सम्बोधन गर्दै उनले भने-२२ बाहिनी अड्डाले एड टु सिभिल अथोरिटीअवधारणा अनुरूप सञ्चालित हुन मानसिक एवं भौतिक रूपमा तयार भएर बस्न निर्देशन दिन्छु । मधेसी जनतान्त्रिक मुक्ति मोर्चा, तर्राई मुक्तिमोर्चा तथा मधेसी जनअधिकार फोरमका नामबाट तर्राईमा जारी हिंसात्मक तथा ध्वंसात्मकगतिविधिले देश पुनः द्वन्द्वमा फस्न लागेको विश्लेषण गर्दै उनले भने- यो विषम परिस्थितिको पर्ूवानुमानसहित योजना, तयारी र कार्यान्वयनका लागि आवश्यक र्सतर्कता अपनाउन मातहतका फौजहरूलाई निर्देशन दिन्छु ।कार्यक्रममा राजनीतिक दलका स्थानीय नेता, पश्चिम पृतना मातहतका तीन बाहिनी र पृतनाअर्न्तर्गतका गणपति तथा उच्च अधिकृतको उपस्थिति रहेको थियो । अन्तरिम संसद्मा प्रवेश गरेका माओवादी शान्ति सम्झौता तोडी पुनः जंगल पस्न सक्ने सम्भावन कम भए पनिघटनाक्रमले अझै विश्वस्त हुने स्थिति नरहेको जबराको भनाइ थियो ।
             
समयमै संविधानसभा चुनाव भएन भने वा पर सरे वा निर्वाचन परिणामबाट चित्त नबुझे कुनै पनि बहानाबाजीमा माओवादीले हिंसात्मक गतिविधिको पुनरावृत्ति गर्न सक्छन्,’ उनले भने- भविष्यमा हुन सक्ने कुनै पनि असहज परिस्थितिविरुद्ध आवश्यक तयारी र कार्यान्वयनका निमित्त तयारी रहनसमेत म आग्रह गर्छर्ुुपन्ध्र पृष्ठ लामो लिखित मन्तव्यमा जबराले ०४६ सालपछि राजनीतिक क्ष्ँेत्रमा आएको अस्थिरता, भ्रष्टाचार, सुशासन अभावले माओवादी हिंसाको जन्म भएको बताउदै दोषी तत्कालीन राजनीतिक पार्टर्ीी रहेको आरोप लगाए । नेपाली सेनाले राष्ट्रका लागि चढाएको बलिदानकै कारण हिंसाबाट राज्यसत्ता प्राप्त गर्ने अठोट छाडेर माओवादी शान्तिवार्तामा आउन बाध्य भएको उनको दाबी थियो ।०४६ सालपछि ६/६ महिनामा नयासरकार बन्ने र छोटो अवधिमै १३ पटक सरकारको गठन र ढाल्ने प्रवृत्तिले जनताले सुशासन महसुस गर्न नपाएको जबराले आरोप लगाए । दलहरूको आपसी स्वार्थकै कारण माओवादीले जंगलमा फस्टाउने मौका पाएको समेत उनको विश्लेषण थियो । राजनीतिक अस्थिरताले माओवादीलाई आफ्ना क्रियाकलाप बढाउन थप ऊर्जा मिल्नुका साथै प्रभाव बढाउन ठूलो मद्दत पुगेको स्वीकार्नुपर्छ,’ उनले भने ।उनले राष्ट्रिय अनुसन्धान विभागमा समेत राजनीतिक छाया परेकाले विगतमा माओवादी व्रि्रोहीसगको कारबाहीमा आवश्यक सूचना अभाव एवं अन्य सञ्चार संस्थाको सहयोगका कारण प्रभावकारी कार्यदिशा दिन नसकेको बताए । अनुसन्धान विभागलाई दलहरूले भर्तीकेन्द्र बनाएको आरोप लगाउदै जबराले भने- अनुसन्धान विभागमा भर्ना गरिएकाहरूलाई प्रहरीतर्फमापदण्ड बेगरै स्थानान्तरण गर्राई पार्टर्ीी स्वार्थ पूरा गर्न उद्यत भए  जबरा तीन महिनाअघि काठमाडौंस्थित १० नम्बर बाहिनीबाट पृतनामा आएका हुन् । उक्त बाहिनीअर्न्तर्गत भैरवनाथ, युद्ध भैरव, रेञ्जरसहितका गणहरू छन् । उनी त्यसका प्रमुख थिए । उनको उपरथीमा बढुवाका लागि सिफारिस भइसकेका छन्।

ँसेनाले राजनीतिक कुरा गर्ने होइन            

कार्यक्रममा उपस्थित स्थानीय राजनीतिक दलका नेताहरूले पृतनापतिको मन्तव्य अहिलेको नयापरिवर्तनलाई आत्मसात गर्न नसकेको टिप्पणी गरेका छन् । सेनाले राजनीतिक कुरा गरेर दलहरूलाई कमजोर पार्ने काम गरेको टिप्पणी गर्दै उनीहरूले यसलाई अर्थपर्ूण्ा रूपमा लिइनुपर्ने प्रतिक्रिया दिए । यो निर्देशन र भनाइबाट नयापरिवर्तनलाई आत्मसात गर्न नसकेको प्रस्ट हुन्छ,’ एमालेका जिल्ला सचिव रवीन्द्र अधिकारीले भने- सेनाले दलहरूलाई आक्षेप र आरोपको शैलीमा बोल्न पाइदैन ।कांग्रेसका जिल्ला सभापति यज्ञबहादुर थापाले मर्यादामा रहनुपर्ने सेनाले पार्टर्ीीई आक्ष्ँेप लगाएर राजनीति गर्न खोजेको बताए । सेनाले राजनीतिक कुरा गर्ने होइन, राष्ट्र सुरक्षाको कुरा गर्ने हो,’ उनले भने- यो भनाइले दलहरूलाई कमजोर पार्ने मनसाय देखिएको छ ।कांग्रेस -प्रजातान्त्रिक) का जिल्ला सभापति सोभियतबहादुर अधिकारीले भने यो मन्तव्य देशका लागि राम्रो संकेत नभएको बताए । यो मन्तव्य राम्रो संकेत होइन,’ अधिकारीले भने- यसबाट फेरि विभिन्न आशंका उब्जिएका छन् ।सम्मेलनको उद्घाटनपछि बन्दसत्र चलेको थियो । सम्मेलन मंगलबार सम्पन्न हुनेछ ।राजधानीमा सैनिक प्रवक्ता अनन्त थेवेले सेना सरकारको निर्देशनमा चल्ने हुदा कोही एक व्यक्तिले बोलेको कुरा संस्थाको नहुने बताए । उहाले केन्द्रमा अनुमति लिएर बोलेको होइन, त्यसैले यसको जवाफदेही उहानै व्यक्तिगत रूपमा हुनुहुन्छ,’ उनले भने- हामीले पर्ूण्ा पाठ हर्ेन पाएका छैनौं, कुनै आपत्तिजनक कुरा बोलेको भए त्यसैअनुरूप कारबाहीको प्रक्रिया हुन्छ