बिगत एक महिना देखि तराई/मदेश जागेको जग्यै छ । बर्षौ देखि अन्याय , चरम दमन र शोषणमा पिल्सीएका मदेशीहरु बल्ल जुर्मुराउन थालेका छन , एउटा समग्र र सबल आन्दोलनको अजेन्डा लिएर,
निरंकुश तिस् बर्से पञ्चायती शासन देखि हाल सम्म तिनै मदेशि हरु को नाम बचेँरे यो देश का  साशकहरुले राज्य गरे तर मदेश जैहिले पनि त्यही रोग्, भोक र दमनमा पिल्सीएर बाचिरह्यो,  आज आएर आफ्नो अधिकार को लागि पनि मदेश
तातो गोलीको शिकार भइरहेको छ , यहाँ यो समस्या समाधान गर्नु भन्दा पनि साशकहरु कसरी आफ्नो कुर्सी जोगाउने भन्ने ध्याउनमा मस्त छन । 
यहाँ प्रतिकृयाबादी र राजाको नाम जोडेर यो आन्दोलनलाई कम्जोर बनाउने कुचेस्टा प्रसस्त भहिरेहेको छ । बिश्वकै उतम मानिएको प्रजातान्त्रिक ब्यबस्थामा पनि आफ्नो अधिकार्को लागि गोली थाप्नु पर्ने यो भन्दा बिडम्बनको स्थिती अरु के हुन सक्छ ?
अर्को तिर आठ दल र सरकार कानमा तेल हालेर बसेको छ   । समयमै मदेशी हरुको जायज माग समानपतिक निर्वाचन प्राणाली र संघिय शासन प्रणाली तर्फ अघी नवड्नेहो भने मदेश को आगोले कसैलाई पनि छोड्ने छैन समग्र शासन प्रणाली र आमुल परिवर्तन मदेश को माग हो, यस लाई नजरअन्दाज गरेर देश प्रगती तर्फ लम्कन सक्दैन सबै लाई चेतना भया

Nepaldiary.com