अज दिउसो ३ बजे देखि प्रधानमन्त्री  निबाश मा जारी
आठ दल को बैठक भर्खरै सकिएको छ,

अपडेट राती १२.१० मा
बिगत १ महिना देखि जारी तराई को आन्दोलन लाई सम्बोधन गर्दै प्रधानमन्त्री श्री गिरीजा प्रसाद कोईराला द्वारा अहिले भर्खेर पत्रकार सम्मेलन मार्फत राष्ट्र्को नाममा सम्बोधन गरीएको छ । सो सम्बोधन् का मुख्य बुदा हरु निम्न छन
१. जनसंख्या को आधारमा तराइ मा निर्बाचन क्षेत्र बढाउने सहमति
२.राज्य संरचनामा मदेशी, जनजाति, आदिबाशी, महिला लगायत् सम्पुर्ण बर्ग को प्रतिनिधित्व गराउने।
३. सो प्रयोजनका लागि अन्तरिम सम्बिधान संसोधन गर्ने

साथै प्रधानमन्त्रीले सबै आन्दोलनरत् पक्षसङ आन्दोलन् फिर्ता लिइ बार्ता र संबादको माध्यम द्वारा समस्याको समाधान खोज्न र आगामी संबिधान् सभा को निर्बाचन लाइ सफल बनाउन आग्रह गर्नु भएकोछ । साथै आन्दोलनका क्रमामा मृत्यु भएका हरु प्रती समबेदना तथा घाइते हरुको उपचार तथा उचित क्षतीपुर्तिको ब्यबस्था गर्ने तथा नस्ट भएका भौतिक संरचनाको उचित क्षतीपुर्तिको ब्यबस्था गरीने   बताउनु भएको छ