अपडेट राती ८ बजे:-

[बिराटनगर मा भड्किएको हिंसामा घाइते हरुको संख्या ४६ पुगेको छ  र ६ जना को अवस्था चिन्ताजनक रहको छ  ।  करिब तिन घन्टा सम्म प्रहरी र प्रदर्शनकारी बिच झडप भए पछि कटहरी गा बि स तर्फ लागेको उक्त समुहले कटहरी गा बि स का   घर तथा पसल हरुमा ब्यापक तोडफोड गरेको छ । कटहरी गा बि सा बाट करब् १० घर बिस्थापित भएका छन । ]

अपडेट दिउसो ५ बजे:-

भर्खर प्राप्त समाचार का अनुसार प्रहरी र प्रदर्शनकारी बिचको झडप मा परी दुइ जना प्रदर्शनकारी को मृत्यु भएको छ  भने तिन् दर्जन् बढि घाइते भ्एका छन्
बिराटनगरको सिङिया खोला पारी बाट प्रदर्शनकारीले प्रहरी लाई लक्षित गरी तिर प्रहार गरेपछी भएको झडपमा परि नौ जना प्रहरी र सत्ताइस जना प्रदर्शन कारी  घाइते भए का छन् , जस मध्ये गम्भिर तिन जना को धरान स्थित बी पी कोइराला स्वास्थ्य बिज्ञान  प्रतिष्ठानमा उपचार् भइरहेको छ ।सिङिया खोलामा हाल सम्म पनि प्रदर्शन जारी छ भने स्थानिय प्रसाशन ले बिहान एघार बजे देखि अनिस्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।