अपडेट बिहान ११.०० बजे
सैनीक मुख्यालयले आज जनाए अनुसार निजलाइ थप कारबाहीको लागी रक्षा मन्त्रालय लाइ पत्राचार गरिएको छ । सेनाको सहायक रथीलाइ पदमुक्त गर्ने अधिकार प्रधानसेनापतीलाइ भए पनी थप कारबाही गर्ने अधिकार प्रधानसेनापतिलाइ नभएकोले थप कारबाहीको लागी रक्षा मन्त्रालय लाइ पत्राचार गरिएको
सैनिक प्रबक्ता अनन्त थेबे ले बताउनु भएको छ ।
अपडेट बिहान १०.३० बजे 

 सेनाको निती बिपरित राजनीतीक भाषण दिएका पश्चिम प्रितना को प्रितनापति दिलीप शम्सेर राणालाइ कार्बाही गरीएको छ । नीज लाई सेनाको पश्चिम प्रितना पति बाट हटाइयो । थप कार्बाहीको लागी सीफारीस् गरीने भएको छ । सरकारले केही दिन आगाडी पोखरा मा राजनैतीक दल बिरुध्द र सेनाको नीती बिपरीत बोलेको आरोपमा निज माथी कार्बाही गरेको हो । सेनाको अनुसाशन बिपरीत घोर आपत्तीजनक अभिब्यक्ती दिएको आरोप मा सेनाको उच्च तहको अधिकारीलाइ यसरी कारबाही गरीएको यो पहिलो पटक हो । नीज लाइ अस्तीनै काठमाण्डौ फिर्ता बोलाइसकीएको छ ।