मन्त्री परिषदको बिहीबार को बैठक ले गरेको सिफारीस अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रायामाझि आयोगका दोषि हरु माथिको कार्बाही लाइ तिब्र पार्ने भएको छ।
आज सनिबार बिदाको दिन भए पछि अनुसन्धान आयोगको बैठक बसि कार्बाही अगाडी बढाउने समबन्धमा छलफल भएको अनुसन्धान आयोग स्रोतले बताएको छ।
अख्तियार स्रोत का अनुसार सो कारबाहिको सुचिमा तत्कालिन शाही मन्त्री परिशद का उपाध्यक्ष , सबै मन्त्री हरु , राज्य मन्त्री हरु तथा त्यतीबेला को सरकार ले राजनितिक नियुक्ति गरेका ब्यक्ति हरु समेत करिब ५० जना को नाम समाबेश रहेको छ । राजाको साशन काल मा राज्यकोश को ब्यापक दुरुपयोग गरी सरकारी धन सम्पती हिनामीना गरेको आरोप मा अख्तियार ले सो कार्बाही सुरु गर्न लागेको हो । जनआन्दोलन दबाउन समेत उक्त समय मा दैनिक लाखौ खर्च गरीएको थियो ।

मन्त्री परिशद को अस्तीको बैठक ले निज हरु माथि भस्ट्राचारको अभियोगमा कार्बाहि गर्न थप अनुसन्धान गर्नु पर्ने भयेमा थप अनुसन्धान गरी कार्बाही प्रकृया अगाडी बढाउन समेत निर्देशन दिएको छ । अब अख्तियार ले निर्धक्क भएर कार्बाही गरे त यो देश मा फेरी फेरी प्रतिकृयाबादी र राजाका मतियार हरु ले मुन्टो उठाउन सक्ने थिएनन् की?

०४६ साल मा पनी मल्लिक आयोग को प्रतिबेदन लाइ रद्दिको टोकरी मा मिल्काउनाले दोशि हरुले मुन्टो उठाउन पाए, र नेपालि जनताले १० बर्सै मै अर्को आन्दोलन गर्नु पर्यो येस् पटक् पनि सरकार ले झारा टार्न मात्र यो नाटक रचेको हो भने जनता आफैले दोशिहरु लाइ कार्बाही गर्ने छ्न् ।