चुनाब को नाटक गर्न तयार नभएको चेतावनी-निर्वाचन आयोग


शन्ति सुरक्षाको स्थिति राम्रो नभए सम्म र सम्बिधान सभाको लागि आवश्यक कानुन समयमै परित नभए जेठ सम्ममा निर्वाचन हुननसक्ने प्रमुख निर्वाचन आयुक्त भोजराज् पोखरेल् ले बताउनु भएको छ ।निर्वाचन आयोग ले आयोजना गरेको छलफल कार्यक्रममा उहाले निर्बाचनको मीती तोक्न र तत्काल तिन वटा कानुन पारीत गर्न समेत आग्रह गर्नु भएको छ ।

यदी सर्कार् र दल हरु समयमै सजग भै शान्ती सुरक्षाको स्थिति सुढृण गर्न र आबस्यक कानुन पारीत गर्न अग्रसर नभएमा चुनाब को नाटक गर्न आफु र आयोग तयार् नभएको हुदा सरकार र दल हरु स्पस्ट हुन आग्रह् गर्नु भयो ।
केन्द्र मा भएको सहमति स्थानिय स्तरमा पुर्याउन, निर्बाचन पद्ध्तीको ’bout मा समयमै स्पस्ट हुन र निर्बाचन् बिथोल्ने तत्वहरु लाइ चिनेर समयमै तिन को कृयाकलाप रोक्न दल हरु र सरकार तयार नभए शाही सरकार को झै चुनाब को नाटक गर्न आफु हरु तयार नभएको चेतावनी दिनुभएको हो ।
स्मरण रहोस निर्वाचन आयोग ले निर्बाचन आयोग ऐन, निर्बाचन सजाय र कसुर ऐन , संबिधान सभा अदालत ऐन तत्काल लागु गर्न सरकार लाइ आग्रह गरेको छ । निर्वाचन आयोग ले आयोजना गरेको सो छलफल कार्यक्रममा गिरिजा प्रसाद कोइराला र प्रचन्ड बाहेक अन्य सबै दल को प्रमुख नेता हरुको उपस्थिती रहेको थियो ।

निर्बाचन आयोग ले गरेको प्रराम्भिक अनुमान अनुसार आगामी संबिधान सभा को निर्बाचन का लागी करीब २ अर्ब ७८ करोड खर्च हुने छ ।
सो छलफल कार्यक्रम मा प्रमुख निर्बाचन आउक्त पोखरेल ले माओबादीले मतदाता नामावली संकलन मा रोक लगाएको तथा नामाबली खोसेर लगेको सम्बन्धमा समेत माओबादी नेत्तृत्वको ध्यानाकर्षण गराउनु भयो

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w