unmin-foto.jpg
इयान मार्टिन :- शिबिर निरीक्षणको क्रममा

सरकार माओबादी र संयुक्त राष्ट्र संघ बिच को समझदारी अनुसार को हातियार ब्यबस्थापन को कार्य अन्तिम चरणमा पुगेको आज UNMIN जनाएको छ । सो कार्यलयल् को प्रमुख इयान मार्टिन द्वारा आज जारी प्रेश बिज्ञाप्ती का अनुसार माओबादीका सात शिबीर मध्ये पाच शिबीर को हात हतियार को गणना तथा भन्डारणको कार्य सकीएको हो ।

“अब पुर्बी क्षेत्र को इलाम र सिन्धुली मा मात्र हतियार दर्ता बाकी रहेको छ । ” बिज्ञप्तीमा जनाइएको छ । माओबादीको हातहतियार कार्गो भण्डारन गर्ने कन्टेनेर मा राखि ताला लगाइएको छ सो कन्टेनरको साँचो माअ‍ोवादी कमान्डरको हातमा हुन्छ भने कन्टेनरमा सीसीटीभी तथा सुचना दिनेको लागी साइरन जडान गरिने छ । संयुक्त राष्ट्र संघ का अनुगमन कर्ताले चौबिसै घण्टा अनुमगन गर्ने समेत बिज्ञप्तीमा जनाइएको छ इयान मार्टीन ले सुर्खेत र कैलाली का अस्थायी शिविरको समेत निरीक्षण गर्नु भयो । ” शिविर व्यवस्थापन सन्तोषजनक नभएको र आफुले यस बारेमा सरकारसित कुरा गर्ने” पनी उहाले बताउनु भएको छ।