अपडेट ४ बजे
काठमान्डौ को वारीपारी हिउ परेपछि देखिएको दृश्य

hh.jpg
धेरै बर्ष पछी काठमाडौंको भीत्री शहरी क्षेत्र मा हिउ परे पछि काठमान्डौ को बाताबरण मनमोहक बनेको छ । काठमाण्डौको बरीपरी डाँडामा हिउ परे पनि भित्री भाग मा भने ६२ बर्ष पछि हिउं परेको हो । आज काठ्मण्डौ को गोदावरी, बानेश्वर, तिनकुने, किर्तिपुर्, जोरपाटी आदी ठाउमा हिउ परेको छ । यस अगि २००१ साल पुस २३ गते डील्लिबजार मा हिउ परेको थियो ।
qqq.jpg

बर्सात् तथा हिउ परेका कारण काठमाण्डौको तापक्रम २ डीग्री मा झरेको छ ।
****************************************************************
बर्षातको कारण काठमान्डौको सडकमा पानीको आहाल बनेको छ । अबिरल बर्षाको कारण सडक भरी पानी जमे पछी सडक यातायात प्रभाबित भएको छ साथै पानी जमेको कारन पैदल यात्रु लाइ समेत हिड्न समस्या भएको छ ।
२ दिन देखि को लगातार को बर्षात पछी आज काठमाडौं को बिभिन्न ठाउँ मा हिउ परेको छ ।
अहिले जावलाखेल, पाटन, भक्तपुर, बानेश्वर, तिनकुने आदी ठाउँमा हल्का हिउ परिरहेको छ ।

hh2.jpg

Advertisements