78.gif

गृहमन्त्री लाई माफी माग्न लगाइयो , किन?
गृहमन्त्री कृष्ण प्रसाद सिटौला आज आफुले गृहमन्त्रालय सम्हाले पछी आफु र आफ्नो तर्फ बाट भएको गल्ती कमजोरी को लागी माफी माग्नु भएको छ । सिटौला ले म सानो मान्छे ले ठुलो जिम्मेवारी पाएकोछु, सानो मान्छेले ठुलो जिम्मावारी पाउदा गल्ती कमजोरी हुन सक्छ भन्दै संसद र नेपाली जनता समक्ष माफी माग्नु भएको हो ।
ब्यबस्थापीका संसद मा उहा लाइ माफी माग्न लगाइएको हो मधेसी जन अधिकार फोरमबाट सिटौलाको राजीनामाको मांग भैरहेको र केहि दिन आगाडी देखि पार्टी भीत्र बाट पनी राजनामा मागीएका सिटौला लाइ बलीको बोको बनाउने प्रयास समेत नभएको होइन
तर आज किन उन्लाइ अचानक माफी माग्न लगाइयो?
सिटौलाको राजीनामा वा माफी नै यतिबेला नेपालको मूल कुरा होइन । माओबादी हरुलाइ शान्तिबार्तामा ल्याउन र् शान्ती बार्ता सफल पार्न सिटौलाको भूमिका निकै महत्वपुर्ण छ
शान्ती बार्ता र माओबादी लाई मुलधार मा ल्याउन ठुलो भूमिका खेलेर नेपाली कांग्रेस मा आफ्नो अलग्गै पहिचान बनाएका सिटौला बिरुध्ध कोइराला पुत्री सुजाता मार्का का कांग्रेस हरु लागी परेको यतार्थ कसै बाट लुकेको छैन
सरल र भद्र स्वभाबका सिटौला लाइ पार्टी भित्रै का अनुदारबादी हरुको दबाबमा प्रधानमन्त्री कोइरालाले माफी माग्न लगाएको हुन सक्छ ,
माओवादी लाई समेत संलग्न गराएर अन्तरिम सरकार बनाउनु पर्ने बेलामा
के सिटौला ले माफी माग्दै मा वा राजीनामा दिदैमा यो देश का सम्पुर्ण समस्या समाधान होलान त?

यस अगि नै प्रधानमन्त्री ले राजीनामा मागेमा आफुले राजीनामा दिने सिटौला ले बताइ सकेका छन् ।