हालैको जनाअन्दोलन पछि नेपालमा एक नराम्रो संस्कृतिको बिकास भएको छ। कुनै जनसमुदाय तथा सङ्घ संस्थाले अफ्नो माग पुरा गराउन सिधैं बन्द तथा तोड्फोड मा जाने तथा सरकारले पनि तोड्फोड तथा बन्द नभए कसैको मागको सुनुवाइ नगर्ने परिपाटी विकाश हुँदै गएको छ ।यसै शृंखलाको रुपम आज फेरि नेपाल जनजाति महा सङ्घ ले सम्बिधान सभाको निर्वाचनमा अदिवासि तथा जनजातिको समानुपातिक प्रतिनिधित्व हुनु पर्ने,संबिधान सभाको मिती घोषणा गर्नुपर्ने तथा अन्तरिम सम्बिधानमा सम्शोधनको माग राख्दै उपत्यका बन्द को अव्हान गरेको छ। थारु कल्याण कारी संघ ले आज पुर्बी र मध्य तराई बन्दको आयोजना गरेको छ

काठमाण्डौमा आजको बन्द को अन्शिक प्रभाव परेको छ । स्कुल तथा कलेज म पठन पाठन ठप्प छ भने सडकमा सवारी साधन पनि कम गुडेका छन ।शहर को मुख्य स्थानका पशलहरु बन्द छन भने अन्य स्थान मा आन्शिक खुलेक छन ।कार्यालय तथा आफ्ना दैनिक काम मा जाने मानिसहरु केही गुडेका सवारी साधनम क्षमता भन्दा बढी तथा झुन्डिएर यात्रा गरिरहेका देखिन्छन । सडकमा पैदाल हिन्नेको घुँइचो अरु दिन भन्दा बढी छ ।

के आफ्ना माग पुरा गराउन बन्द तथा तोड्फोड गर्नुनै उत्तम बिकल्प हो ? आफ्ना माग पुरा गराउन अन्य रचनात्मक उपाय अपनाउन सकिन्न ? सकिन्छ भने के गरे राम्रो होला ? तपाईंलाई उत्तम बिकल्प के लाग्छ ? सुझाव पठाउनुहोस् ।