यसै बीच अपरान्ह सम्ममा करिब 3 लाख जनाले पशुपतिको दर्शन गरीसकेको पशुपति क्षेत्र बिकास कोशले जनाएको छ

jaya.jpg

sr.jpg
आज पशुपति मा मध्याम्न देखिएको दृस्य


आज शिबारात्री,पशुपतिनाथ मा श्रदालु हरु को घुइचो लागको छ। बिहानै देखि पशुपती दर्शन गर्न लामो लाम लागेको छ , आज पशुपती मा सुरक्षा ब्यबस्था पनी कडा पारिएको छ । हिन्दु अतिबादी हरुले दङगा गर्न सक्ने आसंका मा सरकार ले सुरक्षा ब्यबस्था मा कडाइ गरेको हो । दर्शनार्थी हरुलाइ दक्षिण ढोका बाट मात्र प्रबेश दिइएको छ ।

पशुपती को दर्शन गर्ने बहाना मा रमाइलो गर्न र नङा साधु हेर्न युवा युवती हरुको पनी ठुलै भिड लागेको छ पशुपती मा आज , यसै बिच आज सेना दिवश मा परम्परा तोड्दै सेनाले प्रधनमन्त्री लाइ सलामी चढाउने भएको छ । त्यसै गरी सैनिक मन्च मा हुने सैनिक परेड कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि हुनु हुने भएको छ ।

यस अघि उक्त कर्यक्रममा राजा प्रमुख अतिथि हुने परम्परा रहेको थियो । उता राजा पशुपती दर्शन गर्न जादा सर्बशाधारण ले दर्शन गर्न नपाउने परम्परा लाइ समेत तोडेर यस पटक राजाले पशुपती दर्शन गरेको बेला सर्बशाधारण ले पनी दर्शन गर्न पाउने पशुपती बिकास कोष ले जनाएको छ ।

sr1.jpg

शिवरात्री मा मस्त साधुहरु

dam-maro-dam.jpg
दम मारो दाम्, मिट जाए गम

senako-helokepter.jpg

हैन, बिश्व हिन्दू महासंघ ले पशुपतिमा पुष्प बृस्टी गर्न सेनाको हेलीकप्तर नै किन प्रयोग गरेको होला?

1111.JPG

bagmatee.jpg

र अन्तमा……………..

बाग्मतीको पृस्ठभुमिमा पशुपतिनाथ, बाग्मतिको सुदिन चै कहिले आउला?

सबै फोटो नेपाल डायरी डट कम