main072171.jpg

र्‍याली मा सहभागी हरु
फोटो :-ekantipur.com

बिश्व हिन्दू महसंघ र शिव सेना नेपाल को आयोजना मा आज काठमाडौं मा नेपाल लाइ पुन हिन्दू राष्ट्र घोषणा गर्नु पर्ने माग राख्दै रत्नपार्क देखि गौशाला सम्म र्‍याली गरीएको छ ।
हात मा त्रीशुल बोकेका हिन्दु साधु हरु , शिव सेना का कार्यकर्ता र धर्मभिरु हिन्दु हरु गरी करीब् २०० जनाको सहभागिता रहेको उक्त र्‍याली मा सहभागी हरुले प्रतिनिधि शभा को जेठ ४ गते को ऐतिहासिक घोषणाको बिरुद्ध चर्का नारा लगाएका थिए ।

यस अघि नै शिवरात्रीको अबसर मा हिन्दु अतिबादी हरुले दङा गर्न सक्ने आसंकामा सरकार ले काठामण्डौ को सुरक्षा ब्यबस्था कडा पारेको छ ।

राजा का पुर्ब शाही पार्शवति भरत केशर् सिङ् को बिश्व हिन्दू महाशघ ले नेपाल लाइ पुन हिन्दू राष्ट्र घोषणा गर्नु पर्ने माग राखी भोलि देखि सिंहदरबार अगाडी धर्ना दिने कार्याक्रम यस अगि नै सार्बजनिक गरि सकेको छ ।
शिव रात्री मा तराई तथा भारत बाट कारीब ३०००० साधु ल्याएर काठमाडौं मा दङा गर्ने बिश्व हिन्दू महसंघ को यश अगि को योजना भने अलपत्र परेको छ्, शिबारात्री अगाडी को लगातार बन्द र काठमाडौं मा बढेको जाडो को कारण सोचे जती मान्छे काठमाडौं उतार्न नसके पछि नेपाल् इनडिपेन्डेन्ट युथ सोसाइटि को सहयोग मा आजको र्‍याली गरिएको हो ।
राजाको माघ १९ को कट्टर समर्थक भरत केशर सिंह को बिश्व हिन्दू महासंघ ले यस अघी पनि नेपाल लाई पुन हिन्दू राज्य घोषणा गर्नु पर्ने माग गर्दै काठमाडौं तथा बिरगंज मा प्रदर्शन गरेको थियो । हालै मधेशमा भएको आन्दोलनमा पनि घुसपैठ गरी दङा फैलाएको आरोप समेत बिश्व हिन्दु महासंघ लाई लाग्दै अएको छ ।