राजा को सम्बोधन को चौतर्फी बिरोध: माओबादी र बिद्यार्थीद्वारा सडक मै प्रदर्शन


111.jpg

प्रदर्शनकारी हरु रत्नपार्कमा नारा लगाउदै

राजाको प्रजातन्त्र दिवस को उपलक्ष्यमा राजनितीक नेताले झै लामो राजनैतिक शन्देस लाइ लीएर राजनितीक पार्टीहरुले बिरोध गरेक छन भने माओवदि तथा आठ पार्टी सम्बध्ध बिध्यार्थी संगठनहरुले आज सडकमै उत्रेर प्रदर्शन गरेका छन । फागुन ७ गतेलाइ प्रजातन्त्र दिवस मनाउने वा नमनाउने बहस चलिरहेको बेला आफ्नो २०६१ माघ १९ को कदम लाइ प्रतिरक्षा गर्ने किसिमले लामो राजनैतिक शन्देस दिएपछि राजा बिरुध्ध प्रसर्शन् भएको हो।
अन्तरीम सम्बिधान जारी भएपछि पहिलो पटक आएको राजाको सन्देशमा तत्कालीन परिस्थितिको बाध्यता एवम् जनचाहना बमोजिम आफुले माघ १९ को कदम चलेको उल्लेख गरेका थिए।उक्त परिस्थिति निर्माण गर्न राजनैतीक दलहरु लाइ जिम्मेवार रहेको दोष लगाएक थिए।

2222.jpg

भोटाहिटी मा राजाको पुत्ला जलाइदै
राजाको शन्देस लाइ लीएर आज उज्यालो नहुदै राजनितिक पार्टि , नेता, भातृ संगठन तथा संघ सस्था ले बिरोध मा आफ्नो प्रतिकृया दिन थालिसकेका थिए । आज बिहानै गृहमन्त्री कृष्ण प्रसाद सिटौला को “राजा को सन्देश असंबैधानिक तथा राजनितिक रुप मा समेत अनुचित रहेको र सरकार को स्विकृती बिना निरंकुश कदम लाइ ढाक छोप गर्ने किसिम ले आउनु दुर्भाग्यपुर्ण रहेको टिप्प्णी ” नेपाली छापा हरुमा आएको थियो भने उता आज प्रजातन्त्र दिवश् को उपलक्षमा सितल निवासमा आयोजित चियापान कार्याक्रम् बोल्दै उप प्रधानमन्त्री के पि ओलि ले राजा को सन्देश लाइ सरकार र नेपाली जन्ता ले स्विकार गर्न नसक्ने प्रतिकृया दिए भने गृहमन्त्री कृष्ण सिटौला ले जनाअन्दोलन को भावना बिपरित र माघ १९ को तानाशाहि कदम को ढाक छोप गर्ने चाल भने प्रतिकृया दिएका छन ।
उता माओबादी अध्यक्ष प्रचण्ड ले निलम्बित अबस्था मा रहेका राजा ले आफ्नो निरंकुश कदम को रक्षा गर्ने किसिम ले सन्देश आउनु ले आगामी संबिधान सभा को निर्बाचन को बिरुद्ध मा प्रतिकृयाबादी ले गरेको षडयन्त्र को रुपमा आएको प्रतिकृया दिनु भएको छ । प्रचण्ड ले राजा को सन्देश ले संबिधान सभा को निर्बाचन अगाबै गणतन्त्रमा जानु पर्ने आफ्नो भनाइ मा बल मिलेको बताउनु भयो भने इन्सेक को कार्यक्रम मा ए मा ले महासचिब माधब कुमार नेपाल ले राजाको आफुखुसी आएको बक्तब्य ले प्रतिगामी शक्ति हरु चलखेल मा लागेको प्रमाणित भएको बताउनु भएको छ ।

माओबादी तथा युवा तथा बिद्यार्थी संगठन हरुले भने सडक मै उत्रेर बिरोध प्रदर्शन गरेका छन । माओबादी भ्याली कमाण्ड ले रत्नपार्क मा बिरोध शभा को आयोजना गर्यो , सभाका बक्ता हरु ले संबिधान सभाको निर्बाचन हुन नदिन भुमिका खेलेको आरोप मा राजा लाइ कार्बाही गर्न माग गरेका थिए । , त्यस अगि बिरोध प्रदर्शन दिउसो २ बजे जमल बाट सुरु भै सहर का बिभिन्न भाग मा जुलुश तथा र्‍यली प्रदर्शन गरेको थियो। त्यस्तै आठ दलका भातृ संगठन द्वारा प्रदर्शनि मार्गबाट जुलुस निकाली पुतलीसडक मा पुगी कोणा सभाको आयोजना गरेका थिए

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w