nagarik-samaj.jpg

निरंकुश राजा लाइ कार्बाही गर – नगरिक समाज

आफ्नो निरंकुश कदम ढाकछोप गर्नेगरी फागुन ७ मा बक्तब्य दिएपछि राजा बिरुध्ध शुरु भएको आन्दोलन आज पनि उपत्यका लगायत देशब्यापी रुपमा छाएको छ । माघ १९ को कदम जनचाहना बमोजीम भएको भनेर आफ्नो महत्वाकांक्षी कदम को बचाउ गर्ने गरी राजा को धारणा आए पछि तातेको आन्दोलन रोकिने कुनै छाट देखिएको छैन । उक्त कदम को बिरोध मा बिभिन्न संघ सस्था तथा नागरिक समाज ले प्रतिकृया दिने काम आज पनि जारी रह्यो ।
राजाधानीमा आज आयोजीत बिरोध कार्यक्रम को भिडियो केही बेरमा अपलोड हुनेछ ।

नेपाल बार एसोसिएसन ले आज एक बक्तब्य जारी गरी राजा को बक्तब्य अन्तरिम संबिधान बिपरित र असंबैधानिक रहेको भन्दै भर्त्सना गरेको छ । यसै गरी सभामुख सुबाश नेम्बाङ ले संबिधान बिपरित अनाधिकृत र असम्बैधानिक बक्तब्य दिने अधिकार राजा लाइ छैन भन्दै राजाको कदम को बिरोध गर्नु भयो भने उप प्र म आमिक शेरचन ले राज ले परीबर्तन लाइ आत्मसात गर्न नसकेको र आफ्नो औचित्य राजा स्वयम ले समाप्त गरेको दाबि गर्दै अन्ततिम बिधायिका बाटै तत्काल गणतन्त्र को दिशा मा जानु पर्ने बताउनुभयो । उता नेपाली काङ्रेस ले आज एक बिज्ञप्ती नेकाली राजा को कदम को तिब्र बिरोध गरेको छ ।
raja-ko-kadam-ko-birodh.jpg
राजा बिरुद्ध चर्का नारा लगाउदै प्रदर्शनकारीहरु

नागरीक समाज ले भने गणतन्त्रको घोषणा तुरुन्त गर्नु पर्ने र दल हरुको कमजोरीको कारण राजा को बक्तब्य आएको भन्दै बिरोध स्वरुप सिङदरबार अगाडि २ घण्टा धर्ना दिएका छन। नागरीक समाजका अगुवा हरु देवेन्द्र राज पाण्डे , कृष्ण पहाडी , चरण प्रसाइ, लगाएत सहभगि धर्ना मा पत्रकार महासंघ का बिष्णु निष्ठुरी, रंगकर्मी सुनिल पोखरेल लागायतको सहभागीता रेहेको थियो । कार्याक्रम मा बोल्दै अधिकारबादीहरुले राजनैतिक र मानबता बिरोधि अपराध मा राजालाइ कार्बाहि गर्नु पर्ने बताएका थिए भने रंगकर्मी हरुले सडक नाटक प्रस्तुत गरेका थिए ।

अखिल एकिकृत ले भने परेड सहित को बिरोध कार्यक्रम गरी राजाको बक्तब्यको चर्को आलोचना गरेको छ , र्‍याली ले राजा बिरुद्ध चर्का नारा लगाउदै सहर् परीक्रमा गरेको थियो ।

उपत्यका बहिर पनी आज राजाको सन्देश बिरुद्द प्रदर्शन जारी रहयो । आठ दल संबद्ध युवा तथा बिध्याथ्री संगठन हरुले आज बनेपा , बिराटनगर मा प्रदर्शन गरे । प्रदर्शनकारी हरुले बनेपा चोक मा बिरोध सभा सम्पन्न गरे पछि अखिल क्रान्तिकारी का कार्यकर्ता हरुले बनेपा ४ दोबाटो मा रहएको राजा त्रीभुवन को सालिक तोड फोड गरि ध्वस्त पारेका छन् , यसै गरी बिराटनगर मा भएको प्रदर्शन मा रोड्षेस चोक मा रहेको राजा महेन्द्रको सलिक तोड फोड गरी आन्दोलन कारी ले ध्वस्त पारीदिएका छन ।