ram-cha.jpg
राजालाइ कारबाही गर्नु पर्ने प्रस्ताब संसद मा प्रस्तुत गर्दै नेपाली काङ्रेश का राम चन्द्र पौडेल

राजाले फागुन ७ मा माघ १९ को निरंकुश कदम को बचाउ गर्दै बिज्ञप्ती जारी गरे पछि नेपाली राजनैतिक सरगर्मि एकाएक तात्न पुगेको छ । आज पनि युवा बिधार्थी हरुले प्रधानमन्त्री लाइ ज्ञापन पत्र बुझाउदै लोकतन्त्र बिरुद्ध ‘बिष बमन गर्ने’ राजा लाइ कारबाही गर्नु पर्ने माग गरेका छन
अन्तरिम संबिधान ले निलम्बित अबस्था मा राखेका राजाले सरकार को बिना स्विकृति बिना लामो ‘महाबाणी’युक्त सन्देश दिए पछि माओबादी मात्र होइन, अन्य राजनितिक दल हरु समेत राजाले भाबी कदम चाल्न सक्ने भन्दै आशंकीत भएका छन ।
हुन त राजनितिक दल हरु को अकर्मण्यताको कारण राजाले चलखेल गर्ने मौका पाएका हुन भन्ने हरु को पनि कमि छैन , तर राजा ले तराइ को आन्दोलन मा घुसपैठ गरी उत्पात मच्चाएका राजाबादी हरुको आड भोरोषामा राजा ले ‘ट्रायल ‘ गरेका पनि हुन सक्छन् । निरंकुश शासक हरु कुनि कदम उठाउनु पुर्ब राजनैतिक चाल चल्ने गर्छन्, यो रजाको त्यस्तै एउटा चाल पनि हुन सक्छ।
अन्तरिम संबिधान जारी भएको महिना दिन भन्दा बढी बितिसक्दा र संसोधन प्रस्ताब संसद मा पेश भैसक्दा पनि आफ्नो अफिसियल वेभ साइट मा नेपाल अधिराज्यको संबिधान २०४७ लेख्ने राजा ‘तिमिहरु जे भन , मैले मान्नै पर्छ भन्ने छैन । मा यो देश को राजा हु, तिमिहरुको घोषणा इस्……… भन्ने मनस्थितिमा रहेका देखिन्छन ,
22222222222222222.JPG

रायमाझी आयोग लाइ मल्लिक आयोग बनाइनु र राजाका अधिकार कटौती भए भनेर तिन भित्ता उफ्रेर कराए पनि नेपाल का नेता हरुमा राजाको सामना गर्ने आट भने देखिएन। बाहिर चर्का चर्का स्वर मा राजाको बिरोध गर्ने र ठुल ठुलो अ गणतन्त्रको डिङ हाक्ने नेताहरु गणतन्त्र घोषणा गर्ने सवालमा भने कहिल्यै गम्भिर भएनन।
कृष्ण पहाडि र देबेन्द्र राज पाण्डे हरु,बिष्णु निश्ठुरी र सुनिल पोख्रेल हरु कराँउदा कराँउदै थाकीसके होलान,राजाले षडयन्त्र गर्छन,सम्बिधन सभाको निर्वाचन हुन दिदैनन त्यसैले मुलुक लाइ तत्काल गणतन्त्र को दिशा मा लैजाउ भनेर , तर नेता हरु (आठ दल } मौन छन, चुपचाप छन , सुनेको नसुन्यै गर्छन । भनिन्छ , निदाएको मानिश लाइ उठाउन सजिलो हुन्छ, तर निदाएको अभिनय गर्ने लाइ ब्युझाउन मुस्किल पर्छ , अब निदाएको अभिनय गर्ने सरकार र दल हरुलाइ ब्युझाउने कस्ले?

सरकार का जिम्मेवार उपप्रधानमन्त्री तथा मन्त्री हरु समेत मन्च मा चाहि गणतन्त्रको चर्का कुरा गर्छन्, माओबादि त गणतन्त्रबादी नै भयो तर पनि कस्ले रोकेको छ गणतन्त्रको घोषणा गर्न?

नेपाल को संसद ले भने आज अबेर बिषेस प्रस्ताब पारित गरी राजाको अभिब्यक्ती असंबैधानिक, अनाधिकृत र लोकतन्त्र को बिरुद्ध रहेको भन्दै राजालाइ कारबाही गर्ने सरकार लाइ निर्देशन दिएको छ । उक्त प्रस्ताब संसद मा प्रस्तुत गर्दै नेपाली काङ्रेश का राम चन्द्र पौडेल ले राजा संबिधानको दायरा मा बस्न् नचाहाएको ले तत्काल गणतन्त्रको घोषणा गर्नु पर्ने बताउनु भएको छ ।
अब हेरौ , सरकार ले राजा लाइ कस्को कार्बाही गर्छ? आम नेपाली जनता भने तत्काल नेपाल लाइ गणतान्त्रीक राज्य घोषणा गरी राजा लाइ सामान्य नागरीक बनाउनु नै सरकार को उचित कार्बाही हो भन्ने ठान्छन ।