maheswore.jpg

“६ बर्ष भयो , यो बलेको लालटिन बोकेर हिंडेको” , सिंहडरबार अगाडि टक्क रोकिएर उनले भने- “बाबु, यो देश मा कानुन छैन, जसले जे गरे पनी हुन्छ, त्यसैले सबैलाइ कानुन सम्झाउन यो लालटिन बालेर हिडेको हु ” दिउसै लालटिन बालेर सिंहदरबार आइपुगेका – महेश्वोर सिवाकोटि ले भने ।
टाउकोमा क्रेजी हयाट लगाएका , मैलो कपडा र काध मा त्रीशुल बोकेका दोलखा ढुङाखानी का महेश्वोर को उमेर ले डांडा काटे पनि जोश भने युवा नै रहेछ । अस्ति को नागरिक धर्ना कार्यक्रम को नजिकै उभिएर उनले सुनाए “”रायमाझि आयोगका दोषि हरुलाइ कार्बाहि नगरेकोले हत्यारा राजाले यस्तो बोलेका हुन ।”

maheshore-2.jpg

शुरुमा त मैले उनलाइ कुनै जोगी(माफ गर्नु होला ) वा कुनै अर्ध पागल सम्झेको थिए( झट्ट हेर्दा सबैले गर्ने अनुमान त्यहि हुन सक्छ, कृपया तस्बिर मा हेर्नुहोस् )तर नागरीक धर्ना नजिक उभिएर “राजाको बक्तब्य र कानुन” बिषय को उनको ‘लेक्चरर’ सुनेपछि म एकाएक उनितर्फ गए ।

maheshore-3.jpg

“बिरेन्द्र राजाको हत्या भएपछि राजतन्त्र समाप्त भैसक्यो ने ” उनले थपे”अब यो ज्ञानेन्द्र लाइ पनि हत्याको अभियोग मा कारबाही गर्नुपर्छ” ।”तर यो देश मा कानुन नै छैन, भए पनी कस्ले मान्ने कानुन?” उनलाइ कानुन पालना नभएको मा नै चिन्ता थियो ।

हेर्दा सामान्य देखिए पनि उनको राजनैतीक चेतना भने अब्बल को रहेछ “पहिले मल्लिक आयोग का दोषि लाइ कार्बहि गरेनन, हिले पनि रायमाझि आयोग लाइ रद्दी को टोकरी मा हाले ” रोषपुर्ण स्वर मा महेश्वोर ले भने ।

मैले उनको फोटो खिचे र उनलाइ पुन सोधे ” यो काध मा बोकेको त्रीशुल र त्यस मा झुन्डिएका जुत्ता किन बोक्नुभएको नी? उत्तर सरल थियो ” यो राजा लाइ जुत्ता को माला लगाउनु पर्छ र त्रिशुल -रोचक पारामा बुढाले सुनाए ” यो राक्षस लाइ त त्रिशुल घोपेर मारेको कथा बाबुलाइ थाहा छैन……….
केही बेर मा बुढा भिडमा कता बिलाए , म भने नागरिक समाज को धर्नामा उनलाइ खोजी रहे ।