आज को कान्तिपुर दैनिक बाट सभार गरिएको झन चरित्रहिन चेली हरुको घोसणा हो यो । यस को जवाफ मा चरीत्रवान चेला को घोसणा पढ्न यहा क्लिक्क् गर्नुहोस् ।

यस अगि २२ फागुन २०६० मा कन्तिपुर मा नै चरित्रहिन चेली हरुको घोसणा आएको थियो ।

चरित्रहीन चेलीहरूको नया अवतार

हामी भूमिगत चरित्रहीन चेलीहरूबाट विभाजित भई बनेको कट्टरपन्थी समूह हौं र हामी नेपाली महिलाको स्वायत्तता घोषणा गर्र्छौं ।
हाम्रो विभाजित समूह- झन् चरित्रहीन चेली, मूल चरित्रहीन चेलीको स्पष्ट विरोध गर्छ ।

‘हाम्रो माउ समूहका चेलीहरूले पर्याप्त मात्रामा खराब कार्य गरेनन्’, झन् चरित्रहीन चेली समूहकी एक सदस्य भन्छिन् । ‘अधिकांशको हुर्केका छोराछोरीसहितको सुखी दाम्पत्य जीवन छ । दुइटी चेलीका ब्वाइफ्रेन्ड छन्- भन्नाले प्रत्येकको एउटा, दुवैको एउटै होइन र अर्की एउटीले ता पुरुषलाई मनैपराउदिनन्, नत महिलालाई नै’ उनको गुनासो छ । ‘उदाहरणका लागि २००५ को ‘कू’पछि प्रजातन्त्र पुनःस्थापना नभएसम्मका लागि ‘सेक्स’ बहिष्कारको आह्वान गरिएको थियो, तर उनीहरूले अप्रिल २००६ पछि पनि बहिष्कार फिर्ता लिन बिर्सिए । हामी यसलाई गम्भीर षडयन्त्रका रूपमा लिन्छौं’, उनले थप व्याख्या गर्दै भनिन्- ‘त्यसकारण हामी विभाजित भई आफ्नै भूमिगत समूह सञ्चालन गर्नुपरेको हो ।’

झन् चरित्रहीन चेलीहरूको पहिलो बैठक काठमाडौंको एउटा भट्टीमा मध्य फेबु्रअरीमा सम्पन्न भएको थियो ।

हाम्रो माउ समूहले मार्च ४, २००५ मा उनीहरूको आधिकारिक मुखपत्र ‘नेपाली टाइम्स’ र ‘कान्तिपुर’ जुन आकर्षक पुरुषहरूले सम्पादन गर्दै आएका छन्, मार्फत र्सार्वजनिक ४० बुदे घोषणापत्रको पुनरावलोकन -हेरौं, कान्तिपुर २२ फागुन २०६०) गरेका छौं । हामीले ४० बुदालाई एकदमै राम्रो पाएका छौं, विशेषगरी बुदा नं १, जसले हाम्रो चाहना र आवश्यकताका आधारमा आफैंले एजेन्डाहरूलाई अघि सार्ने हाम्रो अधिकारलाई प्रत्याभूत गरेको छ ।

‘माउ समूह पूरै खराब थिएन’, एक सदस्यले स्वीकार गरेको सुनियो ।

हाम्रो माउ समूहका ४० बुदे घोषणालाई पुनः स्वीकार गर्दै हामी अन्य समसामयिक विषयहरू लिएर अघि बढेका छौं । हाम्रा १२ बु“दे घोषणाहरू निम्नअनुसार छन्

१. प्रेम गर, प्रतिगमन होइन † हामी माउ समूहले सन् २००५ मा गरेको सेक्स बहिष्कार आमरूपमा समाप्त भएको घोषणा गर्र्छौं । यो सन् २००६ अप्रिलदेखि नै लागू भएको छ, तर यो लोकतन्त्रको पक्षमा भएकाहरूका लागिमात्र हो ।

२. भिजन ५०/५० -: संसद् लिङ्ग -पुरुष) को अन्त्य † विविध पृष्ठभूमिका ५० प्रतिशत महिलाका लागि संसद् मा स्थान सुरक्षित नगरिएसम्म विविध पृष्ठभूमिका महिलाले संसद्को शतप्रतिशत स्थान लिने घोषणा गर्र्छौं । यो सबै सरकारी निकायमा लागू हुनेछ र ५० प्रतिशत र नभए † पूरै उरोज †

३. विदेशी ज्वाइलाई अंगीकृत नागरिकता र हाम्री एक वीरांगना चेलीले एउटा विदेशी पुरुषसग विवाह गरेर आफ्नो स्वतन्त्रतालाई -छोटो समयका लागि) बलिदान गर्न तत्पर भएकी छिन्, केवल विदेशी ज्वाइ“का लागि पर्ण् अंगीकृत र नागरिक अधिकारका लागि । कृपया योग्य उम्मेदवारहरूले आफ्नो वैयक्तिक विवरण, तस्वीर र तथ्यांकसहित आवेदन गर्नुहोला ।

४. ४० निश्चय नै ३३ भन्दा उत्तम हो † हामी आफ्नो संसदीय स्थानमा ४० प्रतिशत महिलाद्वारा पुर्ती गरेकोमा नेकपा -माओवादी) को प्रशंसा गर्र्छौं । तर किन ५० प्रतिशत नगर्ने –

५. खैरो कोटसग के – हामीले के पाएका छौं भने माओवादी महिलाहरूले पार्टीले रटाएका लाइनलाई मात्र दोहोर्‍याउन मुख खोल्ने गरेका छन् । भद्र महिलाहरू, हामी तिमीहरूलाई आफ्नो व्यक्तित्वलाई पार्टी कमाण्डबाट मुक्त गर्न आह्वान गर्र्छौं । आफूलाई लागेको कुरा स्वतन्त्र भएर बोल । अन्यथा तिमीहरूले सुगारटाइमात्र गरिरहनेछौ । त्यस्तो घिनलाग्दो कोटबाट मुक्त हुन थालिहाल ।

६. कोर्राह्वीप) हिंसामार्गी अभद्र पुरुषहरूलाई † सबै राजनीतिक पार्टी महिलाहरू, महिलालाई अधिकार नदिने तिम्रो पार्टी लगाएको ह्वीपलाई अस्वीकार गर । तिम्रो पार्टी पुरुषहरूले निर्धारण गरेका ‘बढी महत्वपुर्ण एजेन्डाका निम्ति हाम्रो अधिकारको बलिदान नगर । तिमीलाई थाहा हुनर्पर्छ, फेरि पनि उनीहरूले हामीमाथि विश्वासघातमात्र गर्छन् ।

७. नया नेपालका लागि नया नेतृत्व र हामी रामकुमारी झाक्रीलाई नेपालको पहिलो राष्ट्रपतिमा मनोनयन गर्र्छौं ।

८. राष्ट्रिय महिला आयोगलाई संवैधानिक अंगमा परिणत गर । तर पहिले संवैधानिक परिषद् -जसले सबै संवैधानिक अंगहरू निर्माण गर्छ) का ५० प्रतिशत स्थान महिलाद्वारापुर्ती गर । होइन भने शतप्रतिशत स्थान पुर्ती गर । ५० प्रतिशत † नभए पूरै उरोज †

९. हेल्लो – ओएचसीएचआर – कति वर्षछि एउटा मुद्दामा पर्पक्ष हुन्छ – मैना सुनुवारको सैन्य हिरासतमा भएको यातना र मृत्युको मुद्दालाई उपयुक्त किसिमले हर्न माग गर्र्छौं । मुद्दा प्रहरीमा दायर गरिएको छ र उनीहरूले सेनालाई अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेका छन्, तर १६ वटा पत्रको पनि कुनै जवाफ छैन । राजदूत मोरिआर्टरटी ले हालैमात्र मैनाको लास राखेको ब्यारेकको भ्रमण गरेका छन्, सम्भवतः सैन्य ब्यारेकको भ्रमणका आधारमा उनलाई गुह्य थाहा हुनसक्छ । उनले सेनालाई जवाफदेही बनाउन सक्छन् कि –

१०. नबिर्र्सौं, संसारको चक्र कसरी चल्छ र हामी ब्लु डाइमन्ड सोसाइटीका सुनीलबाबु पन्तलाई निर्विरोध नेपालको सबैभन्दा सेक्सी पुरुष घोषणा गर्र्छौं ।

११. दाताहरू र्फक † हाम्रा योग्य महिलाहरूलाई महिला आन्दोलनको नेतृत्व गर्नबाट तिम्रो परियोजना, सञ्जाल र गठबन्धनहरूले व्यस्त तुल्याएका छन् । र्फक † तिम्रो देशलाई प्रतिवेदनका निम्तिभन्दा बढ्ता उनीहरूको देशका लागि उनीहरूको आवश्यकता छ ।

१२. छोड, छोड, छोड † हाम्रा सबै माग मार्च ८, अन्तराष्ट्रीय नारी दिवससम्ममा पूरा गर्न माग गर्र्छौं, अन्यथा हामी राष्ट्रव्यापी चुल्हो र चोलो बन्दको घोषणा गर्र्छौं । ठीक छ, ठिटा हो :- तिमीहरूलाई खाना बन्द, सेक्स बन्द । केही खुल्दैन । केही पनि । माग पूरा नभएसम्म कुनै आनन्द पाउने छैनौ †

निष्कर्षा, हामीभन्दा अघिका सफल बिद्रोही समूहहरूले देखाएको दृष्टान्त अनुरूप, सरकारले हामीलाई वार्ताका लागि आमन्त्रण गरे र्सार्वजनिक हुने घोषणा गर्र्छौं ।

जय नारी †

झन् चरित्रहीन चेलीहरू

Advertisements