4444.JPG

UNMIN ले माओबादीले को पहिलो चरणको हतियार र छापामार दर्ता प्रक्रिया सक्दा सबै शिविरमा गरी ३० हजार ८ सय ५२ छापामार र ३ हजार ४ सय २८ हतियार पाइएको जनाएको छ ।
UNMIN द्वारा उपलब्ध गराइएको सो तथ्यांकअनुसार माओवादीका हतियार दर्ता मा ९१ वटा मोर्टार् , ६१ वटा मेसिन गन, २ हजार ४ सय ३ राइफल, ६१ स्वचालित हतियार, १ सय १४ साइड आर्म, २ सय १२ सटगन्, २ सय ५३ विविध र २ सय ३३ घरेलु हतियार छन् । सरकारले भने छापामारको तुलनामा हतियार कम दर्ता भएको मा आशंका प्रकट गरेको छ । UNMIN ले माओवादीका ३० हजारभन्दा बढी लडाकु दर्ता भएकामा हतियार भने ३ हजार ४ सय २८ वटामात्र दर्ता भएको र्सार्वजनिक गरेपछि सरकारले आशंका व्यक्त गरेको हो । उता माओबादी ले भने आफु सङ भएको सम्पुर्ण हतियार् भण्डारण गरेको बताएको छ ,
के यही हो त माओबादी को सहि हतियार को संख्या? आम मानिसको आसंका मा पनी माओबादीको यो तथ्यांक गलत हुनसक्छ ।करिब ५० हज्जार नेपाल् प्रहरी, ९० हज्जारको हारहारीमा रहेको सेना र १5 ससस्त्र प्रहरी सङ कति हतियार होलान?

माओवादीले सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट ३ हजार ४ सय ३० हतियार लुटेको तथ्यांक नेपाली सेनाले अनमिनलाई बताएको भएपनि माओवादीका तर्फ बाट भने ३ हजार ४ सय २८ हतियार दर्ता गरिएको छ । यता माओबादी संग भने करिब ३० हजार को सेना र करिब ३ हजार हतियार रहेको अबस्था मा पनि बिगत मा नेपाल् प्रहरी र सेना लाइ आच्छु आच्छु पार्न पर्याप्त थियो त यही हतियार । एक तथ्यांक अनुसार नेपाल प्रहरी संग करिब २०००० नेपालि सेना संग करिब ६० हजार र ससत्र प्रहरी संग करिब १२ हजार हतियार रहेका छन।

यदि यतीनै हतीयारको भरमा मओबादीले १० बर्षे जनयुध्ध चलाएका हुन र करिब एक लाख हतियार् रहेको सेना र प्रहरी पटक पटक माओबादी संग को भिडन्त मा कमजोर देखिएका हुन भने नेपाली सेनाको युध्ध कौसल र रणनैतिक कमजोरी प्रस्ट देखिदैन र? के यो सेना ले यती नै हतियार को भरमा ससत्र संघर्श चलाउने माओबादी संग त हार खायो भने देश को रक्षा गर्न सक्ला? अर्का तिर यो तथ्यांक ले के पनि देखाउछ भने युध्ध मा हतियार भन्दा रणनिति र युद्ध कला कौशल ले महत्वपुर्ण भुमिका खेल्छ । अब नेपालि सेना ले पनि यो तथ्य आत्मसात गर्ने हो कि?