राजालाइ सन्देश दिएकै भरमा कारबाही गर्न सकिदैन———- —– -कानुन मन्त्री नेम्बाङ
राजालाइ कार्बाही गर्न कुनै पात्रो हेर्नु पर्दैन —- ————————-उप प्र म सेरचन
राजालाइ कारबाहि गरे संसद लाइ जानकारी देउ —- ——————–बिधायीका संसद
संसध् को निर्देशन अनुसार कारबाही हुन्छ —– ———————-गृहमन्त्री सिटौला
राजालाइ कारबाही गर्न कुनै कानुन छैन —— ———————–कानुनबिद हरु
राजा लाइ तत्काल गिरफ्तार गरी कारबाही गर ———- ————नागरिक समाज
राजा लाइ कारबाही गर्न सदन सरकार लाइ जस्तो सुकै सहयोग गर्न तयार छ । —– सभामुख
राजाको सन्देस जनआन्दोलन र संबिधानसभा बिरुद्धको धम्कि हो ———- सरकार
सरकार राजालाइ तुरुन्त गिरफ्तार गरी कारबाही गर्नु पर्छ ———— माओबादी

फागुन ७ को राजाको सन्देश पछि नेपालको राजनितिमा सुनिएका भनाइहरु हुन यि । एक हप्ता देखि नेपलि राजनिती को “हट केक ” बनेको यो सन्देश् र यस प्रतिका मत्/अभिमत को सृंखला अझ सम्म पनि रोकिएको छैन । यता आज आएर सरकारका न्याय तथा कानुन मन्त्री नरेन्द्र नेम्बाङ ले भने बिराटनगर पुगेर राजालाइ सन्देश दिएकै भर मा कारबाही गर्न नसकिने धारणा सार्बजनिक गरेछन
पन्चतन्त्रको एउटा कथा त तपाइ लाइ पनी थाहै होला
“………..अन्तमा मुसा हरुको बैठक बसेछ , र बैठक बाट एउटा निर्णय पारित भएछ । सधै आफु र आफ्ना सन्तान खाने बिरालो लाइ तह लागाउने, तर कसरी? बैठक को निर्णय यस्तो आएछ , बिरालो को घाटीमा एउटा घण्टी बाध्ने,
अब बेला आयो , बिरालोको घाटी मा घण्टी बाध्ने तर ” लास्टाँ मा त्यै हो..” घण्टी बाध्ने पो कस्ले?
अब तपाइ नै भन्नुहोस् , यो देश को ढाडे बिरालोको घाटी मा घण्टी कस्ले बाध्ने?
अनि यो कारबाही गर्ने/गर्नै नसकिने/गरेरै छोड्ने नाटक चै कहिले सम्म?