बुधबार टुडालदेवी मा भएको गोली काण्डमा नाम् मुछिएका दिपक मनांङे को प्रस्टिकरण आएछ आजको कन्तिपुर मा । वा दिपक जी क्या स्पस्टीकरण , तपाइ र तपाइ को “गुण्डागर्दी” को बारेमा कसै लाइ थाहा नभएझै? राजा र पारसको कारण तपाइ गुण्डा भएको?

अनि अरु झै अब तपाइ पनी अब चै “लोकतन्त्रबादी “?
मैले बुझ्न नसकेको अर्को कुरा चै दीपक मनाङे ले स्पस्टिकरण मा चै आफु चितवन र वीरगन्ज मा ब्यापारको सिलसिला मा रहेको र काठमाण्डौ मा नरहेको बताएपनि स्पस्टिकरण दिन चै काठमाण्डौ को पकनाजोल? दिपक दादा प्रस्टिकरण दिन काठमाण्डौ आएको हो?
आजको कान्तिपुर बाट साभार

मलाई नबिथोलियोस्
राजधानीबाट प्रकाशित हुने विभिन्न अखबारहरूमा काठमाडौं महानगरपालिका-४ टुडालदेवीमा बुधबार भएको गोलीकाण्डमा मेरो नाम मुछिएकोप्रति मेरो ध्यानाकर्षण भएको छ । टुडालदेवीमा गोली प्रहारबाट घाइते भएका भनिएका आङकाजी सेर्पा मेरो कुनै व्यक्तिगत रिसइबी छैन । बरु कुनै बेला सेर्पा लाई केही व्यापारिक कारोबारमा मैले हरसम्भव सहयोग गरेको थिए“ । उनलाई गोली हान्ने र भौतिक रूपमा मैले आक्रमण गर्नुपर्ने आधार र अवस्था छैन । जसरी उनको परिवारले ममाथि शंका गरेका छन्, त्यो अत्यन्तै काल्पनिक र तथ्यहीन आरोप हो । म एक हप्ताअघि जेलमुक्त भएलगत्तै आफ्नो व्यापार-व्यवसायमा सरिक रहदै आएको छु । त्यसै सिलसिलामा वीरगन्ज र चितवनमा खाद्यँन्न ढुवानीसम्बन्धी मेरो व्यापारलाई सुचारु पार्ने सिलसिलामा म वीरगन्ज र चितवनमै रहदै आएको छु । प्रशासनसमक्ष म प्रश्न गर्छु काठमाडौंमा नभएको मान्छेलाई के आधारमा गोली हानेको आरोप लगाइयो – अपराधहरूको अनुसन्धान गर्नलाई जनताले कर तिरेको राज्यकोषबाट तलब खाने अधिकृतहरूले त्यसरी बिनाअनुसन्धान, अनुमानको भरमा र कसैले चुक्ली लगाएको भरमा आरोप लगाएर एउटा स्वतन्त्र नागरिकको व्यक्तिगत जीवनलाई किन खल्बल्याइरहेका छन्, मैले बुझ्न सकेको छैन । अनुसन्धानबाट म दोषी प्रमाणित भए कारबाही भोग्न तयार छु, तर बिनाआधार मलाई दोषी देखाउन खोज्ने प्रशासनको प्रपञ्चविपरीत म निर्दोष ठहरिए भने मेरो नाम मुछ्नेहरूमाथि कारबाही हुनु पर्छ कि पर्दैन –
त्यो गोलीकाण्डमा मेरो वा मसग सम्बन्धित कुनै व्यक्तिको संलग्नता भए त्यसलाई प्रमाणित गर्न म चुनौती दिन्छु । यदि प्रशासनले मेरो संलग्नतालाई प्रमाणित गर्छ भने जस्तोसुकै सजायको भागिदार बन्न पनि म र मेरा सहयोगीहरू तयार रहेको स्पष्ट पार्छु ।

हिजो राजा ज्ञानेन्द्र र पारसको उत्छृङ्खल तथा तानाशाही व्यवहारले मलाई गुण्डाजस्तो तुच्छ संज्ञामा बाध्यो, आज त्यो तत्वले धूलो चाटिसकेर लोकतान्त्रिक परिपाटीमा मुलुकले प्रवेश पाएको बेला फेरि मलाई त्यस्तै व्यवहार गर्न कुन तत्व लागिपरेको छ, मैले बुझ्न सकिन“ । विगतमा मबाट भएका गल्तीहरूलाई दुइ वर्ष को जेल सजायपछि सच्याएर शुद्ध व्यापारिक तथा सामाजिक क्षेत्रमा आफूलाई संलग्न गराउने मेरो सत्कार्यलाई बिथोलेर अझै पनि मलाई ‘गुन्डा’ जस्तो निकृष्ट संज्ञा दिई मेरो मानसिकतालाई नबिथलिदिन सञ्चारक्षेत्र, प्रशासन, शुभचिन्तक तथा सहयोगीहरूमा हार्दिक अपिल गर्दछु ।
दीपक गुरुङ -मनाङ्गे

पकनाजोल

काठमाडौं