king-gyanendra.jpg
के राजा नजरबन्द मा परेका हुन्?

। नागरिक समाज र संसद को चर्को दबाब पछि अन्तत सरकार ले पनि राजाको अभिब्यक्ति असंबैधानिक , अनाधिकृत र जनाअन्दोलन को मर्म र भावनाबिपरित भएको ठहर गरेको छ । सरकार को पनि बल्ल बुद्धि पलाएको जस्तो छ । नत्र संसद ले राजालाइ कारबाही गर्न निर्देशन दिएको दिन बितिसक्दा पनि सरकार के हेरेर बसेको थियो ?
आज मन्त्रीपरिसदे ले गरेको निर्णय अनुसार राजालाइ अब राजनितिक सहमतिको आधारमा कारबाही गरिने छ, तर राजालाइ कहिले सम्म र कस्तो कार्बाहि गरिने हो स्पस्ट नखुलाइएकोले कार्बाहि को प्रकृया शंकाको घेरामा परेको छ ।
तथापि मन्त्री परिशद ले आज गरेका केहि महत्वप्रुण निर्णय ले भने केहि आशा को संकेत दिएको छ । आज मन्त्रीपरिशद ले यस्तो निर्णय गरेछ ।
# राजाले अबदेखि कुनै बक्तब्य वा सन्देश दिनु पर्दा सरकारको पुर्ब स्विकृति लिनु पर्नेछ ।# राजा ले अब देखि दरबार बाट बाहिर निस्कदा समेत सरकार को पुर्ब स्विकृती लिनु पर्नेछ ।

यो निर्णय अनुसार एक प्रकारले राजा ज्ञानेन्द्र अब दरबार मा नजरबन्द को रुप मा रहनेछन , न त आफु खुसि बोल्न पाउने छन न त आफु खुसि हिंड्न नै पाउने छन ।

त्यसै गरि सरकार ले स्वर्गीय राजा बिरेन्द्र रानी ऐश्वर्य र निजहरुको परिवार को मातहतमा रहेको सम्पती र राजा ज्ञानेन्द्र लाइ राजाको रुपमा प्राप्त भएको सबै सम्पती राष्ट्रीयकरण गरी ट्रस्ट बनाइराख्ने घोसणा गरेको छ

हाल सम्म राजा बिरेन्द्र र रानी ऐश्वर्य को नाम मा के कति सम्पती छ भन्ने पुर्ण यकिन नभएपनि करिब ५० हज्जार रोपनि जग्गा र करोडौ को सम्पती रहेको अनुमान् गरिएको छ । तर ज्ञानेन्द्र ले सो सम्पती मध्ये अधिकांस आफु र आफन्त को नाम मा नामसारी गरे सकेको ले पनि कति सम्पती सरकार ले राष्ट्रीयकरण गर्ने हो , हेर्न बाकी नै छ । सरकारले आजै सो सम्पती राष्ट्रीयकरण गर्ने एक समिती पनि बनाएछ, साच्चै सरकार ले राजाको सम्पती राष्ट्रीयकरण गर्यो र राजालाइ दरबार मै नजरबन्द मा राख्न सक्यो भने चाही एउटा कुरा पक्का छ , नेपाल मा गणतन्त्र आउन बेर लाग्दैन , नत्र उहि हात्ति आयो हात्ति आयो फुस्सा ………… हुन बेर छैन ।