“मनको कुरालाइ बाँधि नराख गाठो परि जाला चट्टै सुनाइदेउ ”


मन्त्रीपरिशद्ले राजनैतीक सहमतिको आधारमा राजालाइ कार्बाइ गर्ने धारणा सार्बजनिक गरे पछि “माघ १९ ” बाट “देखिने/सुनिने र बोल्ने बनेका राजा ज्ञानेन्द्र यति बेला दरबारमा बसेर के गर्दै होलान? आम चासो को बिषय बनेको छ ।
हुन त जनाअन्दोलन -२ पछि पुन: “नदेखिने र नसुनेने” बनेका राजा फाल्गुण ७ मा आएर एकाएक बोल्ने/भाषण गर्ने सक्ने बनेका छन । “माघ १९ जनचाहना अनुसार ” भन्ने उदगार(???) लिएर पुन: राजनैतिक फाटमा आएका राजा दरबारमा बसेर अर्को “कु-देता” को तयारी त गरि रहेका छैनन?
केहि नेपाली छापा हरुमा भने राजा दरबार मा बसेर “बिलियार्ड” र “वाइन” मा मस्त रहेको / आसेपासे हरु भेला गरेर बैठक गरेको / राती राती शाही नातेदार र कुख्यात मण्डलेहरुलाइ भेट्न आफै उनिहरुको घर घरमा जाने गरेको वा चुपचाप दरबारमा बसेर गंभिर चिन्तनमा लागेको जस्ता समाचार आइरहेका छन । केहि अघि जनाआस्था ले राती राती शाही नातेदार, आफन्त र कुख्यात मण्डलेहरुलाइ भेट्न आफै उनिहरुको घर घरमा जाने गरेको खबर छापेको थियो । जन आन्दोलन पछि को लामो”गुप्तबास ” पछि बसन्त श्रवण गर्न बसन्तपुर दरबारमा जुङा सहितको नया गेटअप मा देखिएको थिए राजा । निरंकुश राजा चाहिदैन भन्नेमा त कसैको दुइ मत नहोला(ब्लगरको पनी सहमती छ है) तर “खोपा” मा बसेर २३८ बर्षे शाही साशन का सबभन्दा कुख्यात “खलनायक ” ज्ञानेन्द्र के गर्दै होलान , चासो भने सबैलाइ हुन सक्छ

“बिहान उठेर पत्रपत्रीका पढ्ने र सम-सामायीक राजनितिक अबस्था ’bout बुझ्ने बानी छ राजाको ” माघ १९ पछि एकजना राजाबादीले भनेका थिए । अब देश को बर्तमान अबस्था, नागरीक समाजको चर्को दवाब (राजालाइ कारबाही गर्न) र मन्त्रीपरिशदको आफुलाइ कारबाही गने निर्णय त राजाले पक्कै पनी थाहा पाएको हुनु पर्छ । के गर्छन होला त राजा दरबारमा बसेर? मैले सुने अनुसार औपचारीक बाहेक कहिले पनि राजा हरु अरुसङ बसेर ब्याक्तिगत र घरायसी कुरा गर्दैनन रे । गरुन पनि को सित? औपचारिक बाहेक छोरा र श्रीमती सङ् त भेट हुदैन भन्छन ।हुन त एक प्रकारले काल कोठरी नै हो दरबार , औपचारिक बाहेक न त कोही सङ बोल्न पाइन्छ न त मन का कुरा हृदय खोलेर गर्न नै पाइन्छ । तपाइ हामीलाइ आफ्ना कुरा एकछिन सुनाउन नपाउदा त छटपटी हुन्छ , सधै एक्लै , गुमसुम बस्नुपर्दा औडाहा नै हुदो हो राजालाइ। स्वतन्त्र र ब्याक्तीगत जिवन नहुदा कस्तो हुदो हो? त्यही भएर होला (कुण्ठा) बेला न कुबेला बोलेका राजाले ।
राजाले कुरा पनी को सित के गर्ने? “भात खायौ? सन्चै छ? वा जाउन यार यसो बानेश्वर वा खसि बजार तिर म:म: खान / कुमारीमा त सलामे-इश्क चल्दैछ रे, जाउन हेर्न ” भन्न मिलेन । अनि बिचरा राजा बोल्न नपाउदा को पिडा र औडाहा उनलाइ जती अरु कस्लाइ थाहा होला? त्यै भएर मलाइ भने राजालाइ एउटा सल्लाह दिन मन लाग्यो ।” ब्लग लेख्ने सल्लाह ” खोइ राजालाइ यो ब्लग वा ब्लगिङ को ’boutमा त्यत्ती थाहा छ कि छैन? तर थाहा नभए पनि केहि छैन , UWB का उज्जल जी हुनुहुन्छ सहयोग गर्न तयार । आखिर मा ब्लग /ब्लगिङ को ’boutमा उहालाइ जती कसलाइ थाहा होला (मख्ख चै नपर्नुहोस् है उज्जल जी !!!) नेपाली ब्लग संसारमा (अरु पनि होलान , तर मलाइ थाहा भएको चै उहा नै हो है ) (राजालाइ ब्लग लेख्न सहयोग गर्ने होइन त उज्जल जी !)
मन का कुरा लेख्न पाएपछि राजालाइ पनी”हल्का” महसुस हुने, आउ राजा ज्ञानेन्द्र ब्लगिङ सुरु गरौ । नेपाली / अंग्रेजी जे मा सुरु गरे पनि हुन्छ । नेपाली मा टाइप गर्न आउदैन भने अंग्रेजी मा लेखे पनी हुन्छ , नेपाली हरु पनी मज्जा संग अंग्रेजी बुझ्ने र लेख्ने भइसकिका छन् । नत्र हेर्नुहोस् कति धेरै नेपाली ब्लग अंग्रेजी भाषामा नेपाली मा लेख्ने हो भने युनिकोड छदैछ , लेखे हुन्छ मज्जाले मन का कुरा

“मनको कुरालाइ बाँधि नराख गाठो परि जाला चट्टै सुनाइदेउ ” भन्ने नेपाली गीतै छ क्यारे । गाठो पार्नु हुदैन मनका कुरा । लेख्न , बोल्न , सुन्न पाउनु पनि मानबअधिकार नै हो भन्छन बुझरुक हरु
प्याच्च (फागुण ७) जस्तो जे पायो त्यही पो बोल्न पाइदैन त ! मनका कुरा त भन्न पाइन्छ नि गाठे !! आखिर ब्लग के का लागी?अब राजालाइ ब्लग लेख्न के को आइतबार नि फेरि? दरबारमा अरुको जस्तो लोडसेडिङ हुदैन होला? भएपनि जेनेरेटर हुदै होला । नेटको समस्या पनि छैन् होला? भएपनि आजकल नेपालमा नेट सजिलै पाइन्छ । बरु ल्यापटप मा टाइप गर्ने के डेस्कटपमा, त्रिभुवन सदनमा बसेर गर्ने कि महेन्द्र सदन (दरबारमा यस्ता सदन छन रे भनेको सुनेको खोइ? ) अथवा नागार्जुन डाडाको एकान्तमा बसेर गर्ने हो की? वर्ड प्रेस मा सुरु गर्ने कि ब्लगस्पटमा , वा नेपाली मा लेख्ने कि अंग्रेजी मा आगे आफ्नै मर्जी !

तर ब्लग चै सुरु गरौ है , सार्‍है मजापो आउछ् हौ लेख्न् ! नसै हो यो पनि एक प्रकारको …… अझ ब्लगमाथि को कमेन्ट पढ्दा आउने मज्जा ……….(कमेन्ट पढ्दा कति मज्जा आउछ भन्ने त मेरो संसारका उमेश लाइ थाहा छ । लेख भन्दा लामा कमेन्ट आउछन , सबै कमेट त पढ्न भ्याउनु हुन्छ उमेश जी ) के थाहा राजा तिमि लाइ , एक पटक सुरु गरेर त हेर , सब थाहा पाइन्छ , बरु एक पटक उज्जल लाइ सम्पर्क गरेर कुरा बुझ्ने हो की?(ब्यस्तै मान्छे हो उज्जल पनि , समय लिन पर्यो नि?)(नाक कत्रो भो उज्जल जी? )नाम जुराउने , डिजायन गर्ने, होस्टिङ गर्ने सबै आउछ उज्जल लाइ । कसो?

तपाईं लाइ चै हाम्रो सुझाब कस्तो लाग्यो ? कि राजाले कसो गरे बेश होला ?

Advertisements

4 thoughts on ““मनको कुरालाइ बाँधि नराख गाठो परि जाला चट्टै सुनाइदेउ ”

  1. ल कुरो चाँही गज्जब को छ है
    मैले सुनेको ईरान को राष्ट्रपतिले त ब्लगगिङ गर्छ रे
    ज्ञाने चोर ले पनि गरे भैइ हालो नि
    अब लेख्न पो के लेख्ने हो । । । । ।हामी बाट जन्चाहना को कदर गरी बक्सी
    ब्लग सुरु गरी बक्सेका छौ भन्ने होला तर मोरा को बुद्दी यती चाडओ पलौला जस्तो चाँही मलाई लाग्दैन
    नाम नखुलेको कालो पदार्थ खाँदै फुर्सद छैन होला बौ छोरा लाई क लेख्न सक्ने तकत होस् ?

  2. डियर १ हु क्यान डाइ ,
    ईरान का राष्ट्रपती ले पनि ब्लग लेख्छन । उनको ब्लग हेर्न यहा क्लिक गर्नुहोस अथवा यहाँ क्लिक गर्नुहोस
    यस सम्बन्धि अन्य कुरा पढ्न news.bbc.co.uk/2/hi/middle_east/4790005.stm मा क्लिक्क् गर्नुहोस्

    धन्यबाद
    नेपाल डायरी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w