bn1.jpg

लोकतन्त्र स्थापना भएको करिब ११ महिना बितिसक्दा पनि र माओबादी सेना हतियार बिसाएर ब्यारेक मा बसीसक्दा पनि देश मा दिगो शान्ति स्थापना हुने कुनै लक्षण छैन । दिनहु मदेश जलिरहेछ , पहाड अशान्त छ , मात्र काठमाण्डौ मस्त निन्द्रा मा छ , मानौ भाङ खाएर सुतेको छ काठमाण्डौ ।

कहिले स्वायत्त मदेश को नाममा, कहिले स्वायत्त पहाड को नाममा, कहिले राजाको ब्यक्तब्य त कहिले लोग्ने स्वास्नि को झगडा, देश बन्द छ, अस्तब्यस्त छ । सडक हरु बन्द, पसल हरु बन्द, बिद्यालय बन्द, कलकारखाना बन्द, सबै बन्द छ काठमाण्डौ बाहेक ।
मानौ ताला लागिको छ पुरा देश मा , तालाको साँचो भने भने काठमाण्डौ संग छ । तर काठमाण्डौ ताला खुलाउने तिर गम्भिर पटक्कै देखिदैन । मान्छे मर्ने र मार्ने काम अझ रोकिएको छैन , रोटी महङगो भएको यो देश मा गोलि सार्‍है सस्तो छ , आयातित छ, अनुदान मा पाइन्छ गोलि यहा ।

करिब तिन दर्जन को त ज्यान गइसक्यो , मदेशि फोरम र माओबादीको अर्को रौद्द्र रुप देख्न सकिन्छ मदेश मा आज भोकि, कहिले मदेशे पहाडे द्वन्द, मदेशि फोरम र माओबादी झडप , माओबादी द्वारा मदेशि फोरम का कार्यकर्ता अपहरण वा मदेशि फोरम ले माओबादी को कार्यालय मा आगजनी दिनहु अखबार का पानामा देख्न सकिन्छ ।

के यतिका लागी हो लोकतन्त्र, सधै को बन्द, तोडफोड , आगजनी र ध्वंश को यही शृखला ले मुलको गणतन्त्रमा पुग्न सक्ला? जेठ मा संबिधान सभा को निर्बाचन हुन नसक्ने ठहर गरीसकेको छ अनमिन ले, यता चुनाब गराउने भनेर एक रट लगाइरहेका छन सरकार चलाउने हरु । मुख ले बोलेर मात्र हुने भए ………….

जलेको देश, बिक्षिप्त मदेश, र अयोग्य नेता को कारणले यस्तो लाग्न थालेको छ , मुलुक गणतन्त्र होइन , “रणतन्त्र” को दिशा मा गइरहेछ । यो कु-बेग लाइ समय मै नरोक्ने हो भने यो “रणतन्त्र” भन्दा दुर्दिन हाम्रा लागी अरु केही हुन सक्दैन । आगे आ-आफ्नो मर्जी ।