होली र जीवनका रंगहरु , जोगिरा सररर……..
होली एक सामाजिक पर्व हो । यो रंगले भरिएको रंगीलो चाड के बच्चा के बृद् के तरुण सबैले उत्तीकै उल्लासपुर्ण रुपमा मनाउछ्न । रंग हरुको पर्ब फागु अर्थात होली आज काठमाण्डौ मा धुमधाम संग मनइयो । तराईमा भने होली भोली मनाउने चलन छ, तराइमा अझ धुम धाम संग मनाइन्छ होली ।
काठमाण्डौ मा आज हात हात मा लोला बोकेर हिड्ने हरुको हुल चोक चोक र गल्ली हरुमा देख्न सकिन्थ्यो, तल भिडियो मा पनि तपाईं केही दृस्य देख्न सक्नुहुनेछ । काठमाडौं मा भने एक हप्ता देखि नै बाटो बाटो मा लोला हान्ने र पानि छ्याप्न सुरु भै सकेको थियो।

होली र संगीत संगसंगै आउछ मदेश तिर भने
जोगीरा सररर….. संगै भाङ र मदीराको नशा मा लठ्ठ पर्दै रग खेल्ने हरु मस्त हुन्छन होलिमा तराई मा। तर तराई मा यस पटक भने बन्द को कारण होली त्यती रमाइलो हुने देखिदैन ।